टोरान्टो । क्यानडाको उत्तर पश्चिमस्थीत राज्य युकून टेरिटोरीमा यहि अगष्ट १ तारिखदेखि १ बर्षसम्म त्यहाँको कुनै कम्पनीले कामको लागि बिदेशी नागरिकलाई Job Offer दिएमा Human Resource and Skill Development Canada (HRSDC) बाट Labor Market Opinion (LMO) बिना नै एक बर्षसम्मको कामदार भिसा पाइने भएको छ ।
Citizenship and Immigration Canada को वेभसाइटमा जनाइएअनुसार २०१३ अगष्ट १ तारिखदेखि पाइलट प्रोजेक्टकोरुपमा लागू गरिएको उक्त प्रणालीमार्फत होटल तथा पर्यटन् व्यवशाय, तेल तथा ग्यास उद्योग र खजिन पदार्थ खानीमा काम गर्नको लागि बिदेशी कामदारहरुलाई अवसर प्राप्त हुनेछ ।
उक्त टेरिटोरीमा रहेको माथि उल्लेखित व्यवशायमा कार्यरत कुनैपनि कम्पनीले बिदेशी कामदारलाई कम्तिमा २ महिना देखि १ बर्षसम्मको कामको अफर (Job Offer or Appointment Letter) दिएमा क्यानेडिएन भिसा अफिसले सोही अबधिको लागि कामदार भिसा प्रदान गर्न सक्ने छ ।
सामान्यतयाः क्यानडामा कामदार भिसाको लागि यहाँस्थीत HRSDC बाट प्रमाणित गरिएको LMO को जरुरत हुन्छ भने LMO लिन कै लागि पनि क्यानेडिएन कम्पनीहरुले ठूलो कसरत गर्नुपर्ने हुन्छ ।
एक बर्ष त्यहाँ काम गरिसकेकापश्चात कामको अबधी बढ्न सक्ने प्रवल सम्भावना रहेको देखिन्छ भने दुई बर्ष काम गरेपश्चात क्यानडाको स्थायी बसोवास भिसा (Permanent Residency Visa) लागि पनि योग्य हुनेछ ।
अमेरीकाको अलस्का राज्यसँग सिमा गाँसिएको क्यनडाको यूकुन टेरिटोरीमा करिब ३४,००० जनसंख्या रहेको छ भने त्यहाँको सदरमूकाम Whitehorse हो ।


