'स्वर सग्राम'को उपाधि नुवांकोटका ध्रुवले जिते

१९ साउन, काठमाडौं ।

राष्ट्रियस्तरको गायन प्रतियोगिता स्वर संग्रामको उपाधि नुवाकोट जिल्लाका ध्रुव तामाङले जितेका छन् । तामाङले देशभरका ६० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन ।

रियाक्सन मिडिया प्रालीले आयोजना गरेको कार्यक्रम शनिवार राति साँडे नौ बजे प्रशारण हुन्छ । शनिवार प्रशारण हुने कार्यक्रम शुक्रबार रेकर्ड भएकोमा उपाधि नुवांकोट तुप्चे गाँउ विकास समिति वडा नम्बर ७ महादेवखर्कका धुव्र तामाङले जितेका हुन ।
आयोजकले अन्तिम चरणको प्रतिस्पर्धामा रहेका उत्कृष्ट पाँच जनाबाट नै विजेता घोषणा गरेको छ । जसमा पहिलो उपाधि भने ध्रुवले हात पारेका हुन् ।

प्रतिस्पर्धाको अन्तिम निर्णय एसएमएस भोटिङबाट भएको हो । शुक्रबार १ बजेसम्म आएका भोट गणनाका आधारमा तामाङ बिजयी भएको घोषणा गरिएको हो ।

प्रथम भएसँगै उपाधि सहित तामाङले नगद दुई लाख, ५ लाख मुल्य बराबरको म्युजिक कन्ट्रयाक, आयोजककै खर्चमा एउटा संगितिक एल्बम निकाल्न पाउने भएका छन् । तामाङसँगै अन्तिम पाँचमा झापाका दुई जना, मोरङका र अर्घाखाचीका एक÷एक जना रहेका थिए ।

स्वर संग्रामको उपाधि जितेका तामाङले यसअघि बाल गायन प्रतियोगितामा दोस्रो, कलेजस्तरीय प्रतियोगितामा प्रथम, नुवाकोट जिल्लास्तरीय आधुनिक गित प्रतियोगितामा प्रथम लगायतका दर्जन बढी उपाधि जितिसकेका छन् ।