गोसाईकुण्ड मेलाको तयारी तीब्र

रसुवा एफएम १ ०२  MHz
धुन्चे, रसुवा, २६ साउन । जनैपूर्णिमाको अवसरमा गोसाईकुण्डमा लाग्ने मेलाको व्यवस्थापनका लागि तयारी तीब्र गरिएको छ । सञ्जीव डिएमको संयोजकत्वमा ११ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको बताईएको छ । विगतमा मेला व्यवस्थापन गर्दै आएको गोसाईकुण्ड क्षेत्र विकास समिति गत आवदेखि नै नवीकरण नभएकोले अर्को व्यवस्थापन समिति गठन गर्नु परेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । समितिका सचिवमा रमेश बस्नेत, कोषाध्यक्षमा सुन्दर श्रेष्ठ, सदस्यहरू सुकसाङ तामाङ, तेन्जीन दोर्जे तामाङ, दिण्डुप तामाङ, दावा साङ्मो तामाङ, कर्मा देण्डुप तामाङ, छिरिङफिन्जो तामाङ, अशोक तामाङ र सञ्जीव अमात्य रहेका छन् । मेलाको पूर्ण व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू पनि बनाईको बताईको छ । गोसाइँकुण्ड होटल व्यवस्थापन उप समिति संयोजकको संयोजकत्व तथा सूर्यकुण्ड उपभोक्ता समिति, लारानिका, नौकुण्ड उपभोक्ता समिति तथा धुन्चे र भार्कुका आमा समूह सदस्य रहेको सरसफाई उपसमिति गठन गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्व तथा अह्रिदमन गण, जिविस, नेपाल रेडक्रस सोसाईटी तथा हिमालयन उद्धार संघ सदस्य रहेको स्वास्थय उप समिति गठन गरिएको बताईको छ ।

त्यस्तैगरि नेपाल पत्राकार महासंघ रसुवा शाखाको संयोजकत्व तथा रेडियो रसुवा र धुन्चे केबुल सदस्य रहने गरी प्रचारप्रसार उपसमितिको गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्व तथा राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी, लारानिका प्रमुख संरक्षण अधिकृत तथा विभिन्न उपसमितिका संयोजकहरू सदस्य रहेको अनुगमन अनुगमन उपसमिति गठन गरिएको छ । सुरक्षा उपसमितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहेका छन् भने जिल्ला प्रहरी कार्यालय, अह्रिदमन गण्न, शसस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान सदस्य रहेका छन् ।

दररेट उपसमितिमा रसुवा उद्योग वाणिज्य संघले संयोजकको भूमिका निर्वाह गर्ने भएको छ भने उक्त समितिका सदस्यहरूमा जिविस, लारानिका, गोसाइँकुण्ड होटल व्यवस्थापन उप समिति र गोसाईकुण्ड क्षेत्र विकास समिति सदस्य रहेका छन् । स्वयंसेवक उपसमितिको संयोजन नेपाल रेडक्रस सोसाईटीले गर्नेछ भने सदस्यहरूमा नेपाल स्काउट, रसुवा पोर्टर एण्ड गाईड एसोसिएसन र जिल्लाका कृयाशील संघसंस्थाहरू रहेका छन् । यातायात व्यवस्थापन उपसमितिको संयोजकमा नेपाल ट्रापिक प्रहरी रसुवा र सदस्यहरूमा पासाङल्हामु यातायात समिति, गोसाईकुण्ड यातायात समिति सदस्य रहेका छन् भने वातावरण संरक्षण उपसमितिमा लाङटाङ प्रदुषण नियन्त्र समिति र सदस्यहरूमा लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, सुर्यकुण्ड उपभोक्ता समिति, नौकुण्ड उपभोक्ता समिति, लारानिका, इको क्लब सञ्जाल समिति तथा धुन्चे र भार्खुका आमा समूह सदस्य रहेका छन् ।

गोसाईकुण्ड मेलामा आउने तीर्थालुहरूलाई सुरक्षा तथा आवागमनमा सहजता ल्याउन राम्चे मूलखर्क पहिरो तथा गोसाईकुण्ड मार्गमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल तथा स्थानीय स्वयं सेवकहरूले सेवा पु¥याउने बताईको छ भने आजदेखि नै सरसफाई अभियान थालिएको मूल समितिका संयोजक सञ्जीव डिएमले बताए ।