१९ औ विश्व आदिवासी दिवसमा भाग लिन आङकाजी शेर्पा इजरायलमा{भिडियो }


नेपाल आदिवासी जनजाति महासँघ इजरायलद्वारा आयोजित १९ औ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाल आदिवासी जनजाति महासँघका भुपु  महा-सचिव आङ्काजी शेर्पा इजरायल आइपुग्नु भएको छ । 
वुधवार साँझ ९ वजे  इजरायलको वेनगुरियन आईपुग्नु भएका  शेर्पालाई स्वागत  तथा सम्मान गर्न   जनजाति महासँघ इजरायलका अध्यक्ष सुन्दरसिह लामा ,महासचिव  तेज व श्रेश्ट,सचिव डोमा शेर्पा , सदस्य सुनिता मोक्तान तामाङ , दावा छिरिङ शेर्पा , नेपाली संघिय समाज इजरायलका अध्यक्ष युवराज राई , शेर्पा संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा ,छेदावा शेर्पा , तामाङ समाजका कोषाध्यक्ष कल्पना मोक्तान तामाङ , याक्थुङ चुम्लुङ (लिम्वु समाज) इजरायलका रेश्मा लिम्वु ,तमु समाज इजरायलका दिपेन गुरूङ लगायतका व्यक्तिहरू इजरायलको वेनगुरियन  एयरपोर्टमा पुगेका थिए । शेर्पालाई स्वागत गर्न पुगेकाहरूले फूलगुच्छा तथा खादा ओढाएर स्वागत गरेका थिए ।  
शेर्पाले आफुलाई स्वागत गर्न आईपुगेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै १९औ आदिवासी दिवस विशेष कार्यक्रममा उपस्थितीकोलागि सम्पूर्ण इजरायलवासी नेपालीहरुलाई अनुरोध गर्नुभएको थियो ।
शेर्पाले २३ अगस्त शुक्रवार आदिवासी जनजाती महासँघले आयोजना गरेको १९औ आदिवासी दिवस विशेष कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ भने त्यसको भोलिपल्ट नेपाल संघिय समाज इजरायलद्वारा आयोजित राजनितिक अनतरक्रियात्मक कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको नेपाल संघिय समाज इजरायलले जनाएको छ ।

भिडियो रिपोर्ट कार्यक्रम गतिविधी :