तेस्रो लिङ्गी समुदायमा राजनीतिक सरगर्मी बढ्यो, सभाषद बन्न कसरत

काठमाडौं, २४ साउन ।। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतका तेस्रो लिङ्गी/समलिङ्गी समुदायमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ । असारको तेस्रो साता आफ्ना ६२ जना उम्मेदवारको नामावली सार्वजनिक गरेर संविधान सभा चुनावका लागि तयार भएका यस समुदायले आफ्ना हक, अधिकारहरु नयाँ संविधानबाट सुनिश्चित गराउने अभियानमा राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् ।
तेस्रोलिङ्गी , समलिङ्गीको हक अधिकारको सवालमा वकालत गर्दै हिड्ने तेस्रोलिङ्गी सुन्दरी सक्रिय राजनितिमा होमिएकी छिन् । नेपालकै ईतिहासमा पहिलोपटक पार्टीको उच्च तहमा पुगेकी महिला तेस्रोलिङ्गी भुमिका श्रेष्ठ दोस्रो संबिधानसभामा आफु र आफ्नो समुदायको उपस्थिति बढाउने अभियानमा जुटेकी छिन् ।
नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि भईसकेकी उनले पार्टी शिर्ष नेतृत्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता बढाउन दवाब दिन थालेकी हुन् । दोस्रो संबिधानसभा निर्बाचनमा आफ्नो समुदायको सहभागिता बढाईदिन माग गर्दै पार्टी नेतृत्वसंगको उनको भेटघाट बाक्लिएको छ ।
कांग्रेस सभापति शुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुन नरसिंह केसी, बालकृष्ण खाड लगायतको भेटबाट हौसिएकी उनले अबको संबिधानसभामा यौनिक तथा लैङगीक अल्पसंख्यकको संख्या बढ्ने अपेक्षा गरेकी छिन् । काँग्रेस सभापति कोइरालाले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मागलाई पार्टीको घोषणापत्रमा समावेश गर्ने बचन दिईसकेका छन् ।
पार्टीलाई समाबेशी बनाउन तेस्रोलिङ्गी समलिङ्गीलाई समेटेर अघि बढ्ने अन्य नेताहरुले पनि प्रतिबद्धता जनाएका छन् । संरचनागत रुपमा तत्लो तहदेखि पार्टीलाई समाबेशी बनाउन समलिङ्गी तेस्रोलिङ्गीको सहभागिता सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ । यौनिक तथा लैङगीक अल्पसंख्यकको संस्था निलहिरा समाजका तर्फबाट कांग्रेस नेताहरुलाई १० बुदे ज्ञापनपत्र समेत बुझाईएको छ ।
ज्ञापनपत्रमा समलिङ्गी तेस्रो लिङ्गीलाई पहिचानको आधारमा सहजरूपमा नागरिकता वितरण गर्न पार्र्टीले सहयोग गर्नुपर्ने, आगामी संविधानसभामा यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि प्रतिनिधित्व गराउनुपर्ने, उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर दिनुपर्नेलगायतका माग समेटिएका छन् ।
श्रेष्ठ बाहेक अन्य यो समुदायका कोहिपनि कुनैपनि पार्टीको यो तहसम्म पुग्न सकेका छैनन् । यसअघि यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको एक मात्र प्रतिनिधिको रुपमा समलिङ्गी पुरुष सुनिलबाबु पन्त सभासद् भएका थिए । एकल सहभागिताले अधिकारका सबाल बलियो नहुने भन्ने श्रेष्ठले दोस्रो संबिधानसभामा सबैपार्टीको तर्फबाट यो समुदायको सहभागिता सुनिश्चित गराउनुपर्ने पक्षमा छिन् ।
‘मैले आफ्नो पार्टी नेतृत्व संग कुरा गरिरहेको छु र सकारात्मक प्रतिक्रिया आएको छ ’ उनले भनिन् ‘ अन्य पार्टीमा आस्था राख्ने साथिहरुलाई आ–आफ्नो पार्टी नेतृत्वसंग कुरा गर्नुहुनेछ । ’
निल हिरा समाजले संबिधानसभा निर्बाचनको मिति घोषणा भए लगतै देशभरबाट सार्बजनिक गरेको ६५ जना तेस्रोलिङ्गी, समलिङ्गी उम्मेदवारको सुचीमा उनि पहिलो नम्बरमा छिन् ।
बि सं २०६५ सालमा कांग्रेसको साधारण सदस्यता लिएकी उनले १२ औं महाधिबेशनमा नेतृत्व चुन्ने अबसर पाईन् । समाबेशीताको आधारमा पनि अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेकी उनलाई साधारण सदस्यतादेखि महाधिबेशन प्रतिनिधि सम्मको यात्रा सहज रहेको अनुभब छ । अबसर पाए पार्टीको नेतृत्व समाल्ने उनको धोको छ ।
‘ नितिगत रुपमा परिबर्तन गर्नुपर्ने कतिपय मुद्धाहरु राजनितिक रुपमा अघि बढ्छन् ’ उनले भनिन् ‘ यौनिक तथा लैगिक अल्पसंख्यकको मुद्धा पनि राजनितिक रुपमा हल गर्नुपर्छ भन्ने ठानेरै सक्रिय राजनितिमा होमिएको हँु । ’
काठमाण्डौ नैकापकी स्थायी बासिन्दा उनको राजनितिक र सामाजिक अभियानमा घरपरिवारको साथ र सहयोग पनि पर्याप्त छ । यौनिक तथा लैङ्गीक तेस्रोलिङ्गीको सावलमा उनले वकालत गर्न थालेको ५ बर्ष भन्दा बढि भयो । यो अबधिमा उनले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरममा समलिङ्गी तेस्रोलिङ्गीको साथै महिला र बालवालिकाको सवाललाई शसक्त रुपमा उठाउने गरेकी छिन् ।