काठमाडौं, भदौ १५ - (अपडेट) शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन
75% बिध्यार्थी कलेजमै पहिलो सेक्स
एक अध्ययनले भारतका 75% प्रतिशत सहरिया युवतीले कलेज पढ्दापढ्दै आफ्नो गुमाउने गरेको देखाएको छ। अध्ययनअनुसार कलेज पढ्ने युवतीहरू एकभन्दा बढी युवकसँग यौनसम्बन्ध राख्ने मामिलामा समेत उदार हुँदै गएका छन्।आफ्नो ब्वाइफ्रेन्डले आफूबाहेक अरू के टीसँग सम्बन्ध राख्न हुन्छ भने मैले पनि किन नराख्ने भन्ने धारणा कलेजका केटीहरूमा विकसित हुँदै गएको भन्दै अध्ययन-प्रतिवेदनमा यौ नको मामिलामा नयाँ पुस्ता निकै खुला भैरहेको उल्लेख गरिएको छ।
यो अध्ययन दिल्लीका १३ देखि २० वर्षसम्मका छात्राहरूमा गरिएको हो। उक्त उमेर समूहका लगभग सबैजसो किशोर-किशोरीले एडल्ट चलचित्र हेर्ने गरेका छन्।
उनीहरूले यौनसम्बन्धका बेला बिना संकोच गर्भ निरोधक औषधिसमेत प्रयोग गर्ने गरेको पाइएको छ। समाचारअनुसार भर्खरै कलेज जीवनमा प्रवेश गरेका किशोर-किशोरीहरूमा गोजीमा कन्डम बोकेर हिँड्ने प्रवृत्तिसमेत बढिरहेको छ।
बिहेअघि अनिवार्य एचआइभी परीक्षण गरौ
रुवी र चोकबहादुर कुमाल एचआइभी छ कि छैन भनेर रगत परीक्षण गर्दै।रुवी र चोकबहादुर कुमाल एचआइभी छ कि छैन भनेर रगत परीक्षण गर्दै। तस्बिर : चाँदनी हमाल
चितवन - नवलपरासी गैंडाकोट १ की रुवी कुमाल (२१) र उनका साथी चोकबहादुर कुमाल (२२) चितवन
मेडिकल कलेजको काउण्टरमा टिकट काट्दै थिए। कुनै गम्भीर बिरामी परेर उनीहरुले बिरामीको टिकट काटेका हैनन्। बिहे हुन एकहप्ता अघि एचआईभी/एड्स परीक्षण गरेर ढुक्क हुन अस्पताल उनीहरु आइपुगेका थिए। चोकबहादुर दुईवर्षदेखि कतारमा मजदुरी गर्दै आएका छन्। रुवी गाउँघरमै रोजगारी गर्छिन्। प्लस टु पढेकी रुवीलाई मन पराउँदै चोकबहादुरले मागी विवाहको प्रस्ताव गरे। दुवैका परिवारले बिहेको मन्जुरी दिए।
गहना गुडियाको किनमेल अनि बिहेको तयारीमा आफन्त व्यस्त छन्। 'तर मनमा अझै पनि उ प्रति पुरा विश्वास पलाउन सकेन,' रुवी भन्छिन्, 'विदेश बसेको केटा के थाहा कति सँग पल्क्योहोला।'
त्यही शंकामा फकाईफुल्याई चोकबहादुरसँगै आफ्नो पनि एचआइभी परीक्षण गराउन रुवी अस्पताल पुगेको बताउँछिन्। दिदीको छिमेकमा केटाले केटीलाई बिहे लगत्तै एचआईभी सारेर बालबच्चा समेत बिचल्ली बनाएको घटनाले रुवीलाई यसरी सतर्क बनाएको हो।
'एकछिन् नसोच्दा जीवन बर्बाद हुनसक्छ,' रुवी सुनाउँछिन्,'त्यसैले बिहेअघि ढुक्क हुन दुवेले एचआइभी परीक्षण गरेका हौँ। यही भदौको कृष्ण अष्टमीका दिन उनीहरुको बिहे तय भइसक्यो।' यदि रगत परीक्षण पोजेटिभ आएको भए बिहे रोकिन्थ्यो। तर रगत परीक्षणमा नेगेटिभ नतिजाले दुवै खुशीले गद्गद् छन्।
'कतारमा काम गरेपनि यताउता लागेको थिइनँ,' चोकबहादुर भन्छन्, 'मनको सन्तोकको लागि उसको कुरा मानेर परीक्षण गराए अब ढुक्क छु।' अरु युवायुवतीले पनि बिहेअघि यस्तै परीक्षण गर्न उनी सुझाव दिन्छन्।
उनीहरुले झै पहिल्यै वुद्धि नपुर्यायउँदा धेरै युवती एचआईभी संक्रमणको सिकार बन्न बाध्य भएका छन् । चितवनकी सानु तामाङ (नामपरिवर्तन)लाई त्यसैगरी विदेसिएका श्रीमानले एचआईभी सारिदिए। यसैको कारण उनको मृत्यु भयो। तर सानुलाई भने समाजमा बस्न पनि गाह्रो भएको छ।
सानुलाई झै सुर्तिमा केसी(नामपरिवर्तन)लाई पनि विदेश पुगेका श्रीमानले कलिलै उमेर एचआईभीको शिकार बनाइदिए। भर्खरै बच्चा जन्माएकी सुर्तिमा मृत्युसँग लड्दै छिन्। उनका श्रीमान पनि रोगले थलिएका छन्।
दुवै युवती केही समय जीवन लम्ब्याउन एचआइभीको औषधी एआरभी लिइरहेका छन्।
'कसैको आँखा चिम्लेर भरोसा गर्नु आफ्नै जीवन नष्ट पार्नु हो,' उनीहरु भन्छन्, 'एचआइभी लागेपछि परिवार र समाजको आँखामा कसिंगर बन्नुभन्दा बिहेअघि नै परीक्षण गरेर ढुक्क हुनु राम्रो।'
चितवनमा बिहे गर्ने उमेरका युवायुवती एचआइभी जोखिममा रहेको जिल्ला एड्स समन्वय समिति चितवनका संयोजक रामहरी न्यौपाने बताउँछन्। 'ड्रग्स लिने युवकयुवती उत्तिकै बढ्दो छ,' उनी भन्छन्, 'वेश्यावृतिमा लागेकाले पनि युवायुवतीमा एड्स सार्ने प्रबल सम्भावना छ।' त्यसैले पनि युवकयुवतीहरुले बिहे अघि अनिवार्य एचआइभी परीक्षण गराउन उनी सुझाव दिन्छन्। समाज बढी स्वतन्त्र र स्वच्छन्द हुँदै गएकाले पनि युवकयुवती एचआइभीको उच्च जोखिममा रहेका उनको भनाइ छ। समितिको तथ्याङ्कमा ४२ प्रतिशत संक्रमित महिलालाई विदेसिएका श्रीमानहरुले एचआइभी सार्ने गरेको उल्लेख ख।
चितवनमा बवेश्यावृतीमा संलग्न ९ सय ५१ मा करिव १० एचआइभी संक्रमित छन्। उनीहरुको संसर्गमा जाने युवयुवतीले असुरक्षित यौन सम्बन्ध राखे सिधै एड्सको सिकार हुनेछन्। त्यस्तै ७५ जना तेस्रो लिंगीमा ८ जनामा एड्स छ। तिनीहरु खुलेआम वेश्यावृतिमा संलग्न छन्।
युवायुवतीलाई जोगाउन बिहे अघि तथा पछि पनि समयसमयमा एचआइभी परीक्षण गर्नुपर्ने ज्ञान दिन स्कुलबाटै प्रशिक्षित गराउनुपर्ने न्यौपानेले बताए। 'प्लस टु पढ्दै गरेका युवायुवतीलाई कलेजमै यसबारेको शिक्षा अनिबार्य गर्ने नीति सरकारले ल्याउनुपर्छ,' उनले भने, 'नत्र युवायुवतीको एकछिनको लहडले पुरै जीवन नष्ट हुन्छ।'
चितवनमा गर्भवतीलाई तीनवटा र अन्यका लागि सातसेन्टरमा एचआईभी परीक्षणको व्यवस्था छ। तर यसबारेमा युवायुवती अनविज्ञ छन्। गर्भवतीले जुटपानी, माडीको बगौडा र भरतपुर अस्पतालमा परीक्षण गराउन सक्छन् भने अरुले परिवार नियोजनको कार्यालय भरतपुर, मानव सचेत समाज क्षेत्रपुर, सहभागी संस्था बसपार्क, नमूना एकिकृत विकास परिषद् लीलाचोक र हाकिमचोक, चितवन सक्रिय समूह लाहुरेटोल र भरतपुर अस्पतालमा एचआइभी परीक्षण गर्न सक्छन्।
चितवनमा ९ सय ५ जना एचआइभी संक्रमित रहेका एक तथ्याङ्क छ। जसमा ४५ प्रतिशत महिला छन्। चितवनका ४३ सहित ७२ जना एचआइभी लागेका बालबालिका उपचाररत छन्।
कुवेत फर्वानिया स्थित १३ जना नेपालीलाई पक्राउ
लामा भाई इस्ट मान वाइबा कुवेत
२०१३/८/२० तारिक कुवेत फर्वानिया गत नम्बर १ इसारा १२६ स्थित १३ जना नेपालीलाई कुवेती पुलिसले पक्राउ गरेको छ |
बिल्डिङ् मुनि रहेको पसलका मान्छे संग सोहि बिल्डिङ्का मान्छेहरु बिच सामान्य झगडा हुदा पसलका २ जना बंगालीले सोहि बिल्डिङ्माई कुवेती पुलिस लैदिएको थियो भने कुवेती पुलिसहरुले वरिपरी घेरेर बेलुका ९ बजेको टेममा सोहि बिल्डिङ्मा छापा मर्दा नेपाली केटी केहि इलिगल र केहि २० नम्बरको भिसा गरी ९ जना नेपाली केटीहरुलाई पक्राउ गरेको थियो
भने १८ नम्बर भिसा भाको ३ जना नेपाली केटाहरु र १ वर्ष ४ महिनाको बच्चा गरि १३ जना नेपालीलाई कुवेती पुलिसले पक्राउ गरेको छ |
र अहिले पक्राउ गरेका नेपालीहरु सल्मियाको सफोर जेलमा रहेको कुरा हामीलाई प्राप्त भएको छ | र त्यो बिल्डिङ्मा पटक पटक पुलिसले छापा मार्दै आइरहेको छ भने आज भन्दा ५ दिन अगाडी मात्र फिलिपिनी ५ जना केटीहरुलाई पक्राउ गरेको थियो
१९ औ विश्व आदिवासी दिवसमा भाग लिन आङकाजी शेर्पा इजरायलमा{भिडियो }
नेपाल आदिवासी जनजाति महासँघ इजरायलद्वारा आयोजित १९ औ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाल आदिवासी जनजाति महासँघका भुपु महा-सचिव आङ्काजी शेर्पा इजरायल आइपुग्नु भएको छ ।
वुधवार साँझ ९ वजे इजरायलको वेनगुरियन आईपुग्नु भएका शेर्पालाई स्वागत तथा सम्मान गर्न जनजाति महासँघ इजरायलका अध्यक्ष सुन्दरसिह लामा ,महासचिव तेज व श्रेश्ट,सचिव डोमा शेर्पा , सदस्य सुनिता मोक्तान तामाङ , दावा छिरिङ शेर्पा , नेपाली संघिय समाज इजरायलका अध्यक्ष युवराज राई , शेर्पा संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा ,छेदावा शेर्पा , तामाङ समाजका कोषाध्यक्ष कल्पना मोक्तान तामाङ , याक्थुङ चुम्लुङ (लिम्वु समाज) इजरायलका रेश्मा लिम्वु ,तमु समाज इजरायलका दिपेन गुरूङ लगायतका व्यक्तिहरू इजरायलको वेनगुरियन एयरपोर्टमा पुगेका थिए । शेर्पालाई स्वागत गर्न पुगेकाहरूले फूलगुच्छा तथा खादा ओढाएर स्वागत गरेका थिए ।
शेर्पाले आफुलाई स्वागत गर्न आईपुगेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै १९औ आदिवासी दिवस विशेष कार्यक्रममा उपस्थितीकोलागि सम्पूर्ण इजरायलवासी नेपालीहरुलाई अनुरोध गर्नुभएको थियो ।
शेर्पाले २३ अगस्त शुक्रवार आदिवासी जनजाती महासँघले आयोजना गरेको १९औ आदिवासी दिवस विशेष कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ भने त्यसको भोलिपल्ट नेपाल संघिय समाज इजरायलद्वारा आयोजित राजनितिक अनतरक्रियात्मक कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको नेपाल संघिय समाज इजरायलले जनाएको छ ।
भिडियो रिपोर्ट कार्यक्रम गतिविधी :
पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?
महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख -(multiple orgasms) पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै resolution -सामान्य अवस्थामा फर्किने प्रक्रिया) phaseमा जान्छन्, तर यसमा एक आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू च्भाचबअतयचथ एभचष्यम मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक फरक हुन सक्छ। केही मिनेटदेखि यो कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण त्यही हुन सक्छ। तपाईंले Resolution Phase अर्थात अवधि पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। अर्को कुरा, आफ्नी श्रीमतीको यौन चरमसुखको प्राप्तिप्रति समर्पित यौन क्रियाकलाप त तपाईंले जहिले पनि गर्न सक्नुहुन्छ।
इजरायलका नेपाली कामदारको कमाइमा हुन्डीको रजाइ भिडियो सहित
काठमाडौं, ३० साउन । नेपालको अर्थतन्त्रको ठूलो हिसा बैदेशिक रोजगारीले ओगटेको छ अर्थात विदेशमा काम गर्ने गएको नेपालीहरुले पठाएको रकमबाट देशको सम्पूर्ण अर्थतन्त्र सहज भएको छ । तर विदेशबाट पैसा पठाउने काममा पनि अबैधन्धा मौलाएको छ । त्यसरी नेपालमा रकम भित्रिदा सरकारले उठाउने राजश्व दलालहरुले अर्कै बाटोबाट खाइदिने गरेका छन् र देशलाई करोडौं घाटा लागिरहेका छन् ।
विदेशमा कमाएको पैसालाई आफ्नो देशमा पठाउन अपनाएको गैरकानूनी प्रक्रिया जसलाई बोलिचालीको भाषामा हुन्डी भनिन्छ । बैदेशिक रोजगारीको गन्तव्य मानिने देशहरुबाट धमाधम भइरहेको हुन्डी कारोबारको बारेमा सबैलाई थाहा छ । तर सम्बन्धीत निकायले यसलाई नियन्त्रण गर्ने र पैसा भित्रिने बाटोलाई वैद्य नगर्दा करोडौं रुपैयां दलालहरु र माफियाहरुको हातमा पुगेको छ ।
दक्षिण कोरिया, इजरायल, कतार, दुबई, सिंगापुर, हंकंग, जहां जहां नेपाली कामदारहरु धेरै छन् । ति सबै देशहरुबाट त्यस्तै अबैधबाटो अर्थात हुन्डीको बाटो हुंदै रकम नेपाल भित्रिने गरेका छन् ।
इजरायल मध्येपूर्वको एउटा विकशित राष्ट्र । हुन त नेपालीहरु रोजगारीका विभिन्न देश गएका छन् तर इजरायल एउटा त्यस्तो देश हो जहां नेपाली महिला कामदारहरुको लागि सुरक्षीत मानिन्छ । १० १२ वर्ष अघि १२ हजार मात्रै नेपालीहरु त्यहां थियो । मासिक साढे एक लाखसम्म कमाइहुने इजरायलमा अहिले पनि ७ हजारको संख्यामा नेपाली महिला कामदारहरु छन् । हाम्रो देशको २३ प्रतिशत अर्थतन्त्र विदेशिएका नेपाली कामदारहरुले पठाएको रेमिट्यान्समा भरपर्छ । तर इजरायलबाट त्यो रकम आउंदैन नेपालमा । किन कि इजरायलमा अबैध हुन्डी कारोबार फस्टाएको छ ।
हरेक अंग्रेजी महिनाको ११ तारिक कामदारहरुले तलब पाउछन् र सहरको विभिन्न पार्कहरुमा नेपालीहरुको ठूलै भिड देख्न सकिन्छ । झट यो दृश्य हेर्दा तपाइलाई लाग्ला ?
रामेछापको खिम्तीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनासहित ७ जनाको मृत्यु
रामेछाप, साउन २९ । रामेछापको खिम्तीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनासहित ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने एक वेपत्ता छन् । उता दार्चुला जिल्लामा सोमबार राति बाढीले ४ वटा घर र २० रोपनी खेत बगाएको छ ।
खिम्ती-४ शिवालयमा लगातारको वर्षासँगै आएको पहिरोले भीमबहादुर तामाङको घर बगाउँदा तामाङसँगै उनकी श्रीमती बाटुली र आमाको मृत्यु भएको छ । यस्तै कटुन्जेमा मिठु थापाको घर पहिरोले पुरेको छ । पहिरोमा परि मिठुसँगै उनकी छोरी स्वस्थानी र छोरा केदारको मृत्यु भएको छ भने अर्का एव बेपत्ता छन् ।
खिम्ति ३ मा शेरबहादुर सुनुवारकी ११ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ र हेमबहादुर तामाङको देविटारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीले खिम्तीका ६ घरसमेत बगाएको छ भने बजार पूरै जलमग्न भएको छ ।
रामेछापका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गए पनि स्थानीय खानीखोलामा आएको बाढीका कारण बिहान ७ बजेमात्रै घटनास्थल पुगेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले उद्धार कार्यलाई जारी राखेका छन् भने बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
दार्चुलामा बाढीले ४ घर र २० रोपनी खेत बगायो
यसवीच दार्चुलामा महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार राति होपरीगाढ खोलामा आएको बाढीले दार्चुलाको धुलागाढा र सिप्ती गाविसका ४ घर बगाएका छन् । बाढीका कारण मानवीय क्षति नभए पनि घरमा रहेका गाईवस्तु र खाद्यान्नसमेत सम्पूर्ण सामान बगाएको छ ।
जिल्लाको सिप्ती र धुलीगाढा गाविसमा पर्ने २० रोपनी खेतमा लगाइएको धान र मकैबालीसमेत खोलाले बगाएको छ । बाढीका कारण सिप्ती र धुलीगाढा जोड्ने झोलुङे पुलका साथै धुलीगाढा- गोकुलेश्वर सडक खण्डमा समेत क्षति पुगेको दार्चुलाका डीएसपी टीकाबहादुर केसीले बताउनुभयो ।
घटनास्थल दुर्गममा पर्ने भएकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन । प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको छ ।
खिम्ती-४ शिवालयमा लगातारको वर्षासँगै आएको पहिरोले भीमबहादुर तामाङको घर बगाउँदा तामाङसँगै उनकी श्रीमती बाटुली र आमाको मृत्यु भएको छ । यस्तै कटुन्जेमा मिठु थापाको घर पहिरोले पुरेको छ । पहिरोमा परि मिठुसँगै उनकी छोरी स्वस्थानी र छोरा केदारको मृत्यु भएको छ भने अर्का एव बेपत्ता छन् ।
खिम्ति ३ मा शेरबहादुर सुनुवारकी ११ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ र हेमबहादुर तामाङको देविटारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीले खिम्तीका ६ घरसमेत बगाएको छ भने बजार पूरै जलमग्न भएको छ ।
रामेछापका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गए पनि स्थानीय खानीखोलामा आएको बाढीका कारण बिहान ७ बजेमात्रै घटनास्थल पुगेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले उद्धार कार्यलाई जारी राखेका छन् भने बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
दार्चुलामा बाढीले ४ घर र २० रोपनी खेत बगायो
यसवीच दार्चुलामा महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार राति होपरीगाढ खोलामा आएको बाढीले दार्चुलाको धुलागाढा र सिप्ती गाविसका ४ घर बगाएका छन् । बाढीका कारण मानवीय क्षति नभए पनि घरमा रहेका गाईवस्तु र खाद्यान्नसमेत सम्पूर्ण सामान बगाएको छ ।
जिल्लाको सिप्ती र धुलीगाढा गाविसमा पर्ने २० रोपनी खेतमा लगाइएको धान र मकैबालीसमेत खोलाले बगाएको छ । बाढीका कारण सिप्ती र धुलीगाढा जोड्ने झोलुङे पुलका साथै धुलीगाढा- गोकुलेश्वर सडक खण्डमा समेत क्षति पुगेको दार्चुलाका डीएसपी टीकाबहादुर केसीले बताउनुभयो ।
घटनास्थल दुर्गममा पर्ने भएकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन । प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको छ ।
क्यानडाको युकून टेरिटोरीमा LMO बिना नै कामदार भिसा पाइने
टोरान्टो । क्यानडाको उत्तर पश्चिमस्थीत राज्य युकून टेरिटोरीमा यहि अगष्ट १ तारिखदेखि १ बर्षसम्म त्यहाँको कुनै कम्पनीले कामको लागि बिदेशी नागरिकलाई Job Offer दिएमा Human Resource and Skill Development Canada (HRSDC) बाट Labor Market Opinion (LMO) बिना नै एक बर्षसम्मको कामदार भिसा पाइने भएको छ ।
Citizenship and Immigration Canada को वेभसाइटमा जनाइएअनुसार २०१३ अगष्ट १ तारिखदेखि पाइलट प्रोजेक्टकोरुपमा लागू गरिएको उक्त प्रणालीमार्फत होटल तथा पर्यटन् व्यवशाय, तेल तथा ग्यास उद्योग र खजिन पदार्थ खानीमा काम गर्नको लागि बिदेशी कामदारहरुलाई अवसर प्राप्त हुनेछ ।
उक्त टेरिटोरीमा रहेको माथि उल्लेखित व्यवशायमा कार्यरत कुनैपनि कम्पनीले बिदेशी कामदारलाई कम्तिमा २ महिना देखि १ बर्षसम्मको कामको अफर (Job Offer or Appointment Letter) दिएमा क्यानेडिएन भिसा अफिसले सोही अबधिको लागि कामदार भिसा प्रदान गर्न सक्ने छ ।
सामान्यतयाः क्यानडामा कामदार भिसाको लागि यहाँस्थीत HRSDC बाट प्रमाणित गरिएको LMO को जरुरत हुन्छ भने LMO लिन कै लागि पनि क्यानेडिएन कम्पनीहरुले ठूलो कसरत गर्नुपर्ने हुन्छ ।
एक बर्ष त्यहाँ काम गरिसकेकापश्चात कामको अबधी बढ्न सक्ने प्रवल सम्भावना रहेको देखिन्छ भने दुई बर्ष काम गरेपश्चात क्यानडाको स्थायी बसोवास भिसा (Permanent Residency Visa) लागि पनि योग्य हुनेछ ।
अमेरीकाको अलस्का राज्यसँग सिमा गाँसिएको क्यनडाको यूकुन टेरिटोरीमा करिब ३४,००० जनसंख्या रहेको छ भने त्यहाँको सदरमूकाम Whitehorse हो ।
हत्याको अनुसन्धान अघि नबढाउन प्रचण्डको चेतावनी
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान अघि नबढाउन सरकारलाई चेतावनी दिएका छन् । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले घटनालाई नाटकीय ढंगले उचालेर, पूर्वाग्रही ढंगले कपोलकल्पित ढंगले प्रचारबाजी गरी अगाडी बढाइएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी दम्पत्तिको अनसन प्रकरण अदृश्य शक्तिको गुरुयोजना अनुसार अघि बढेको आरोप लगाए । एमाओवादीले द्वन्द्वकालिन सबै घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गर्न सरकारसामु आग्रह गरेको छ । अनसन प्रकरणमा विभिन्न संघसंस्थाको हात रहेको आरोप लगाउँदै प्रचण्डले यस्तो चलखेले गर्दा समग्र शान्ति प्रक्रियामा नै गम्भीर अवस्थाको सृजना उत्पन्न हुने बताए ।
नेपालीलाई स्पेन आउन घूसै खुवाउनुपर्ने
बार्सिलोना (स्पेन), श्रावण २७ - नेपाल र स्पेनबीचको कुटनीतिक सम्वन्ध प्रत्यक्ष नभएका कारण धेरै समस्या व्यहोर्नु परेको जनाउँदै यहाँका प्रवासी नेपालीहरुले तत्काल राजदूताबास स्थापनाको माग गरेका छन् ।
स्पेन र नेपाल दुवैको राजदूतावास छैन । फ्रान्सस्थित नेपाली राजदूतावासले स्पेनसमेत हेर्ने गर्दछ । राजदूतावास नहुँदा भिषा लगाउन र डकुमेन्ट प्रमाणित गर्न समस्या परेको प्रवासी नेपालीहरुको गुनासो छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव धनञ्जय झाको नेतृत्वमा बनेको आयोगले केही समयअघि स्पेनमा समेत राजदूताबास आवश्यक रहेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा ओमन, बहराइनमा स्थापना भइसकेको छ । तर, स्पेनमा आर्थिक अभाव रहेको कारण जनाउँदै सरकारले स्थापना गरेको छैन ।
गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले राजदूताबास स्थापनाका लागि नेपाल सरकारलाई पटकपटक लबिङ गर्दापनि हुन नसकेको बताउदै यसले धेरै नेपालीले दुःख पाएको बताए ।
उनका अनुसार परिवार ल्याउन चाहने नेपालीहरुलाई भिषा लिन सवैभन्दा बढि समस्या छ । त्यसपछि डकुमेन्ट प्रमाणित गर्न र पुलिस रिर्पोट बनाउन समेत कुटनीतिक सम्वन्ध अभावले पटकपटक समस्या झेल्नु परेको गिरीले बताए ।
'चालिस बर्षकै जनशक्तिको आधारमा फ्रान्समा दुतावास चलेको छ । त्यसले स्पेनलाई हेर्न सक्दैन,' उनले भने, 'भिषा लिनका लागि लाखौ रुपैया घुस दिनुपर्ने अवस्था छ ।'
स्पेनका कानून अनुसार यहाँको नगरपालिकामा दर्ता गराएर बसेको तीन बर्षपछि काम गर्ने कागज पाइन्छ । त्यसको एक बर्षपछि श्रीमती, छोराछोरी झिकाउन पाइन्छ । नेपालमा स्पेनको दूताबास छैन । स्पेन आउने नेपालीले भारतस्थित स्पेनिस दुताबासबाट भिषा लगाउनुपर्छ ।
एनआरएन स्पेनका निवर्तमान महासचिव विष्णु रिजालका अनुसार, भिषाका लागि चार/पाँच लाख रुपैया घुस दिनुपर्ने अवस्था छ । केही समयअघि फ्रान्सको राजदूताबास मार्फत केही कम भएपनि अहिले फेरी व्यूतिन थालेको उनी बताउछन ।
स्पेनको दिल्लीस्थित दूताबासमा भिषाका लागि एप्लाई गर्दा जाँचबुझका लागि शुल्क मात्रै ४० हजार बुझाउनु पर्छ । त्यही शुल्कको आधारमा दिल्लीस्थित स्पेनको दूताबासका भारतीय कर्मचारी नेपालमा आएर बुझ्ने गर्छन् । त्यतिबेला नै उनीहरुले घुस माग्ने गरेको रिजालको भनाई छ । युरोपमा आउन चाहने नेपालीहरुको पहिलो गन्तव्यनै स्पेन र पोर्चुगल हो । यी दुई देश बाहेक सजिलै काम गर्ने कागज अन्य मुलुकले दिदैनन । स्पेन र पोर्चुगलमा एप्लाई गरेको तीन बर्षमा काम पाउने कारणलेपनि नेपालीहरुको संख्या यहा्रँ हृयात्तै बढेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाका अनुसार अहिले स्पेनमा मात्रै आठ हजार नेपालीको संख्या पुगीसकेको छ । अझ एक, दुई बर्षमा यो संख्या बढेर दश हजारको हाराहारीमा पुग्नेछ ।
'नेपालमा स्पेनको दूताबास नहुँदा परिवार ल्याउनकालागि भिषा एप्लाई गर्न भारतमा जानुपर्छ । भारतमा एउटा त भिषा पाउननै झन्डै एक बर्ष लाग्छ । अर्को परिवार बुझ्ने नाममा आउने कर्मचारीलाई घुस नखुवाई काम हुँदैन' हामीलाई सवैभन्दा ठुलो समस्या नै दूताबास नहुदा भएको छ । त्यसैले दूताबास चाँडै खोलिदिएमा यी समस्या हल हुनेछन ।'
पछिल्लोपटक नेपाल सरकारले प्रमाणित गर्ने डकुमेन्टले पनि समस्या पर्ने गरेको गुनासो नेपालीहरुको छ । किताव खानाले गर्ने विवाह दर्ता, चारित्रिक प्रमाणत्रलगायतको प्रमाणित कागजमा नेपाल परराष्ट्र मन्त्रालयले छाप लगाउने गर्छ । अहिले त्यस्तो छाप लगाउँदा नेपाल सरकारले 'यो डकुमेन्टप्रति नेपाल सरकार जिम्मेबार छैन,' भन्ने भाषा अंकित गरिएको छ । जसलाई स्पेन सरकारले समेत यहा्रँ मान्यता दिन छाडेको उनीहरु बताउछन ।
'दुई देशबीचको कुटनीतिक सम्वन्ध नै छैन भनेपनि हुन्छ । काठमाडौंस्थित स्पेनिश काउन्सिलर समेत नेपालमा भेट्टाउन गाह्रो हुन्छ । नेपाल सरकारको स्पेनिश काउन्सिलरले यहाँको कानूनबाहेक दायाँबाँया केही गर्दैन, यसले ठूलो समस्या खडा गरेको छ,' लामो समयदेखि स्पेनमा बस्दै आएका ईन्द्र अधिकारीले भने, 'राजदूत स्थापना भएमा सहजीकरण हुन्थ्यो ।' राजदूताबास नहुँदा नेपालीहरुलाई राहदानी लिन समेत गाह्रो परेको ईश्वरी शर्मा बताउँछन् ।
प्रकाशित मिति: २०७० श्रावण २७ ०६:२६
कोरियाजस्तो छैन इजरायल
काठमाडौ, साउन २६ – कोरियासँग सम्झौता गरेर कामदार पठाउन थालेको ६ बर्षपछि अहिले सरकारले यसरी नै इजरायलमा पनि कामदार पठाउन जाँचोपाँजो मिलाउँदैछ ।
यसअघि इजरायल रोजगारीमा जानेहरु मेनपावर कम्पनीमार्फत र व्यक्तिगत तवरबाट मात्रै जान पाउँथे । जिटुजी भनिने दुई सरकारबीचको सम्झौतापछि अहिले इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सन् २००७ मा नेपालले गणतन्त्र कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली कामदार पठाउन सम्झौता गरेको थियो । त्यसको ६ वर्षपछि इजरायलमा कामदार पठाउन पनि त्यस्तै प्रक्रिया अपनाउन लागिएको हो ।
ब्यवसायीको असन्तुष्टी
सरकारले यसरी आफ्नो कामदार पठाउने देशसँग सम्झौता गरेर कामदार पठाएको वैदेशिक रोजगार व्यवसायीले भने राम्रो मानेका छैनन् । व्यवसायीको तर्क छ, सरकारले कामदार पठाउन मर्यादाले दिँदैन, यो काम ब्यवसायीको हो । बरु सरकारले व्यवसायीलाई वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित गर्न सघाउनुपर्छ ।
तर श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार गन्तव्य मुलुकको चाहनाले देशबीच सम्झौता गरेर कामदार पठाउन थालिएको हो । उहाँ भन्नुहुन्छ ‘ट्रायलका रुपमा जीटुजी सहमति गरेर कामदार पठाउने प्रक्रिया अघि बढाइएको हो । ठगीजस्ता कुरा नियन्त्रण हुँदै वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित हुन सहयोगी भइरहेकाले निजी क्षेत्रले यसबाट पाठ सिक्नुपर्छ ।’
कस्तो छ इजरायलमा काम ?
काम र कमाइको हिसाबले कोरियाको रोजगारी तुलनात्मक रुपमा मलेसिया तथा खाडीका देशहरुभन्दा सुरक्षित र भरपर्दो छ । सरकारबीच सम्झौता गरेर कामदार पठाउने प्रक्रिया दिगो बनाउन राज्यले बलियो सौदाबाजी गर्न सक्यो भने इजरायलमा पनि यस्तै अपेक्षा राख्न सकिन्छ । तर, गणतन्त्र कोरियामा झैं इजरालयमा नेपाली कामदारको धेरै माग हुने सम्भावना छैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीका अनुसार इजरायलले विश्वभरबाट बर्षेनी पाँच हजार जना कामदार मात्रै भित्र्याउने छ । तिनै मध्येबाट भाग पर्न आउने कोटा नेपाली कामदारका लागि हो ।
महानिर्देशक केसीका अनुसार इजरायलका लागि बर्षेनी ३–४ सय जनाको कोटा मात्रै नेपालले पाउनेछ । कोरियामा उत्पादनमुलक र कृषि क्षेत्रमा नेपाली जाने गरेका भएपनि इजरायलमा भने ‘केयर गिभर’का रुपमा मात्रै नेपाली जान पाउनेछन् ।
कोरियामा तीन पटक भएको भाषा परीक्षा पास गरेर १७ हजार भन्दा बढी नेपाली कोरियामा काम गरिरहेका छन् । तर, इजरायलमा यो संख्या निकै कम हुनेछ ।
भर्नामा भएको गल्ती सशस्त्र प्रहरीले स्वीकार्यो
२६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले अघिल्लो वर्षको भर्ना छनौट प्रक्रियामा गल्ती भएको स्वीकार गरेको छ । भर्ना छनौटसम्बन्धी प्रक्रियामा गल्ती हुन गई भर्ना गरिएका ७ जना सशस्त्र प्रहरी उपरीक्षक सहित ६६ जनालाई विभागीय कारवाही गरिएको र १३ जनालाई बर्खास्त गरिएको भन्दै सशस्त्र प्रहरीले भदौमा हुने नयाँ भर्ना परीक्षा निश्पक्ष हुने दाबीसमेत गरेको छ ।
‘तालिमको दौरानमा शारीरिक व्यायामको क्रममा रोगीसमेत भर्ना हुन पुगेको खुल्न आएको थियो । सो कुरा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको जानकारीमा आएपछि सशस्त्र प्रहरी बलले छानविन समिति गठन गरेर जाँच गर्दा कमजोरी खुल्न आएको हो ।’ सशस्त्रको विज्ञप्तिमा भनिएको छ,-’परीक्षामा प्रत्यक्ष खटिएका ७ जना सशस्त्र प्रहरी उपरीक्षकसहित ६६ जनालाई सशस्त्र प्रहरी बलले हालै विभागीय कारवाही समेत गरेको छ ।’
त्यसैगरी स्वास्थ्य परिक्षणमा खटिएका चिकित्सक र प्राविधिकहरु समेतलाई कारवाही भएको र मापदण्ड विपरीत भर्ना भएका १३ जनालाई सशस्त्र प्रहरी नियमावली बमोजिम बर्खास्त समेत गरिएको प्रहरीले जनाएको छ ।
यसवर्ष गल्ती नदोहोरिने दाबी
विगतको छनौट कार्यलाई सुधार गर्दै यसपल्ट परीक्षा प्रणालीमै प्रसस्त सुधार गरिएको सशस्त्र प्रहरीको दाबी छ । लिखित र अन्तर्वार्ता बाहेकका परीक्षामा अनुतिर्ण हुने परिक्षार्थीलाई त्यसै ठाउँमा प्रवेश पत्रमै केमा अनुत्तीर्ण भएको हो, कारण खुलाई प्रवेश पत्र फिर्ता गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । परिक्षार्थीले अनुत्तीर्ण हुनाको कारणप्रति चित्त नबुझेमा त्यसै ठाउँमा सम्बन्धित अधिकृत समक्ष कुरा राख्न सक्ने र त्यसमा पनि चित्त नबुझेमा सम्बन्धित ठाउँको भर्ना छनौट शाखामा निवेदन दिन सक्ने व्यवस्था समेत मिलाइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।
गत वर्षको परीक्षा सञ्चालनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएबाट यस वर्ष त्यस्तो गल्ती नदोहोरिने र परीक्षा उदाहरणीय हुने सशस्त्र प्रहरी बलको दाबी छ । यस वर्ष जवान तहमा लिखितमा भन्दा पनि शारीरिक रुपमा राम्रो हुनु पर्नेतर्फ समेत ध्यान पुर्याइएको बताइएको छ ।
यसपल्टको भर्ना छनौट कार्य काठमाडौंको बलम्बु तथा पाँचै क्षेत्रस्थित सशस्त्र प्रहरी मुख्यालय बाहिनीहरु तथा युक्ति तालिम महाविद्यालय बर्दघाट र तालिम केन्द्र नौवस्ता बाँकेमा संचालन हुने कार्यक्रम रहेको छ । छनोट कार्यमा सशस्त्र प्रहरी उपरीक्षक देखि जवानसम्म प्रत्यक्ष रुपमा संलग्न रहने छन् भने सम्बन्धित बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकले अनुगमन गर्ने छन् ।
परिचर र जवानको परीक्षा भदौमा
सशस्त्र प्रहरी बलमा रिक्त जवान तथा परिचर पदमा हालै दरखास्त आव्हान गरिएको र भदौ महिनाबाट परीक्षा सञ्चालन प्रहरीले जनाएको छ । परीक्षामा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीहरुका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा अनुशिक्षण तालिम सञ्चालन भइरहेको छ । सो तालिममा ८ जना सशस्त्र प्रहरी उपरीक्षकसहित ३९ जना सहभागी छन् ।
पास गराइदिन्छु भन्नेलाई कारवाही गरिने
परीक्षा सञ्चालनको बेला उत्तिर्ण गराइदिने भन्दै कोही कसैले सम्पर्क गर्न आएमा त्यसमा विश्वास नगरी कुनै भ्रममा नपर्न प्रहरी बलले आग्रह गरेको छ । परीक्षाको बेला कसैले उत्तिर्ण गराइदिने भन्दै ठगी गर्न खोजेमा सशस्त्र प्रहरीलाई खबर गर्न तथा बलको हटलाईन सेवा १११४ मा जानकारी गराउन समेत सशस्त्र प्रहरी बलले आग्रह गरेको छ ।
पाठ्यक्रममा परिमार्जन
यसवर्ष नयाँ भर्नाका लागि परीक्षा प्रणाली र पाठ्यक्रममा सुधार गरिएको छ । भर्नामा कसैको भनसुन तथा सिफारीसलाई महत्व नदिईकन स्वच्छ र निष्पक्ष ढंगले काम गर्न वन्तले निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरीका अनुसार भर्ना छनौटमा लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगका सदस्य सशस्त्र प्रहरी सेवा अयोगका अध्यक्ष रहन्छन् ।
त्यसैगरी गृहसचिव, नेपाल सरकारले तोकेको अर्का एक जना विशिष्ट श्रेणीका अधिकृत, नेपाली सेनाका विशिष्ट श्रेणीका अधिकृत सदस्य रहने सेवा आयोगमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था सशस्त्र प्रहरी ऐनमा रहेको छ । त्यसैगरी जवान तहको भर्ना कार्य सशस्त्र प्रहरी क्षेत्रीय सेवा आयोग मार्फत हुने गर्दछ । जसमा सम्बन्धित सशस्त्र प्रहरी बल कार्यालयको प्रमुख संयोजक हुन्छन् भने लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयका अधिकृत प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी/क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र नेपाली सेनाका अधिकृत प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले यसपल्ट पाँचै विकास क्षेत्रमा भर्ना छनोट कार्यमा संलग्न हुने सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा झिकाई कसैको दबाव र कुनै पनि प्रकारको प्रभावमा नपरेर निष्पक्ष ढंगले नयाँ भर्ना कार्यमा संलग्न रहन निर्देशन दिनुभएको सशस्त्र प्रहरीद्वारा शनिबार सशस्त्र प्रहरी नायब निरीक्षक अजय छत्कुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पूनम पाण्डेको सेक्स भिडियो ‘लिक’
चर्चा बटुल्न ‘न्यूड’ फोटोसुट समेत गराईसकेकी भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको एक सेक्स भिडियो इन्टरनेटमा ‘लिक’ भएको छ । आफ्नो पहिलो फिल्म ‘नशा’को ट्रेलर सार्वजनिक हुनुअघि आएको पूनमको उक्त सेक्स भिडियोलाई फिल्मको चर्चा बटुल्न अपनाइएको एक हतकण्डा भनी भारतीय सञ्चारमाध्यमहरुले विश्लेषण गरेका छन्
उक्त भिडियोमा पूनमलाई एक पुरुषसँग अन्र्तरंग दृष्यमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तथापी उक्त भिडियो लिक गराइएको हो कि लिक भएको हो भन्ने विषयमा भने केही खुलिसकेको छैन । यद्यपी उक्त भिडियोलाई फिल्म ‘नशा’कै प्रचार–प्रसार र चर्चा बटुल्ने कायदासँग जोडेर हेरिएको छ ।
ठीक यस्तै किसिमको घटना पछिल्लो पटक पाकिस्तानी हट अभिनेत्री विना मलिकका सन्र्दभमा भएको थियो । फिल्म ‘जिन्दगी ५०–५०’को रिलिज अगाडि विनाको एक एमएमएस ‘लिक’ भएको थियो । उक्त घटनालाई फिल्मको चर्चा बटुल्न विनाले नै त्यस्तो हरकत अपनाइएको बताइएको थियो ।
उक्त भिडियोमा पूनमलाई एक पुरुषसँग अन्र्तरंग दृष्यमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तथापी उक्त भिडियो लिक गराइएको हो कि लिक भएको हो भन्ने विषयमा भने केही खुलिसकेको छैन । यद्यपी उक्त भिडियोलाई फिल्म ‘नशा’कै प्रचार–प्रसार र चर्चा बटुल्ने कायदासँग जोडेर हेरिएको छ ।
ठीक यस्तै किसिमको घटना पछिल्लो पटक पाकिस्तानी हट अभिनेत्री विना मलिकका सन्र्दभमा भएको थियो । फिल्म ‘जिन्दगी ५०–५०’को रिलिज अगाडि विनाको एक एमएमएस ‘लिक’ भएको थियो । उक्त घटनालाई फिल्मको चर्चा बटुल्न विनाले नै त्यस्तो हरकत अपनाइएको बताइएको थियो ।
सन्नीले पछारिन् कटरिनालाई, शाहरुख र प्रियंकाको अत्तोपत्तो छैन
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् ।
गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।
सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
गोसाईकुण्ड मेलाको तयारी तीब्र
रसुवा एफएम १ ०२ MHz
धुन्चे, रसुवा, २६ साउन । जनैपूर्णिमाको अवसरमा गोसाईकुण्डमा लाग्ने मेलाको व्यवस्थापनका लागि तयारी तीब्र गरिएको छ । सञ्जीव डिएमको संयोजकत्वमा ११ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको बताईएको छ । विगतमा मेला व्यवस्थापन गर्दै आएको गोसाईकुण्ड क्षेत्र विकास समिति गत आवदेखि नै नवीकरण नभएकोले अर्को व्यवस्थापन समिति गठन गर्नु परेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । समितिका सचिवमा रमेश बस्नेत, कोषाध्यक्षमा सुन्दर श्रेष्ठ, सदस्यहरू सुकसाङ तामाङ, तेन्जीन दोर्जे तामाङ, दिण्डुप तामाङ, दावा साङ्मो तामाङ, कर्मा देण्डुप तामाङ, छिरिङफिन्जो तामाङ, अशोक तामाङ र सञ्जीव अमात्य रहेका छन् । मेलाको पूर्ण व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू पनि बनाईको बताईको छ । गोसाइँकुण्ड होटल व्यवस्थापन उप समिति संयोजकको संयोजकत्व तथा सूर्यकुण्ड उपभोक्ता समिति, लारानिका, नौकुण्ड उपभोक्ता समिति तथा धुन्चे र भार्कुका आमा समूह सदस्य रहेको सरसफाई उपसमिति गठन गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्व तथा अह्रिदमन गण, जिविस, नेपाल रेडक्रस सोसाईटी तथा हिमालयन उद्धार संघ सदस्य रहेको स्वास्थय उप समिति गठन गरिएको बताईको छ ।
त्यस्तैगरि नेपाल पत्राकार महासंघ रसुवा शाखाको संयोजकत्व तथा रेडियो रसुवा र धुन्चे केबुल सदस्य रहने गरी प्रचारप्रसार उपसमितिको गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्व तथा राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी, लारानिका प्रमुख संरक्षण अधिकृत तथा विभिन्न उपसमितिका संयोजकहरू सदस्य रहेको अनुगमन अनुगमन उपसमिति गठन गरिएको छ । सुरक्षा उपसमितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहेका छन् भने जिल्ला प्रहरी कार्यालय, अह्रिदमन गण्न, शसस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान सदस्य रहेका छन् ।
दररेट उपसमितिमा रसुवा उद्योग वाणिज्य संघले संयोजकको भूमिका निर्वाह गर्ने भएको छ भने उक्त समितिका सदस्यहरूमा जिविस, लारानिका, गोसाइँकुण्ड होटल व्यवस्थापन उप समिति र गोसाईकुण्ड क्षेत्र विकास समिति सदस्य रहेका छन् । स्वयंसेवक उपसमितिको संयोजन नेपाल रेडक्रस सोसाईटीले गर्नेछ भने सदस्यहरूमा नेपाल स्काउट, रसुवा पोर्टर एण्ड गाईड एसोसिएसन र जिल्लाका कृयाशील संघसंस्थाहरू रहेका छन् । यातायात व्यवस्थापन उपसमितिको संयोजकमा नेपाल ट्रापिक प्रहरी रसुवा र सदस्यहरूमा पासाङल्हामु यातायात समिति, गोसाईकुण्ड यातायात समिति सदस्य रहेका छन् भने वातावरण संरक्षण उपसमितिमा लाङटाङ प्रदुषण नियन्त्र समिति र सदस्यहरूमा लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, सुर्यकुण्ड उपभोक्ता समिति, नौकुण्ड उपभोक्ता समिति, लारानिका, इको क्लब सञ्जाल समिति तथा धुन्चे र भार्खुका आमा समूह सदस्य रहेका छन् ।
गोसाईकुण्ड मेलामा आउने तीर्थालुहरूलाई सुरक्षा तथा आवागमनमा सहजता ल्याउन राम्चे मूलखर्क पहिरो तथा गोसाईकुण्ड मार्गमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल तथा स्थानीय स्वयं सेवकहरूले सेवा पु¥याउने बताईको छ भने आजदेखि नै सरसफाई अभियान थालिएको मूल समितिका संयोजक सञ्जीव डिएमले बताए ।
मापसेमा समातिने महिलाको संख्या बढ्दो
२५ साउन, काठमाण्डौ । विद्यार्थी नेता नवीना लामालाई पिउन जातैले दिन्छ । तैपनि उनले कहिल्यै पनि लट्ठ हुने गरी मदिरा पिइनन् । विभिन्न कार्यक्रम, बैवाहिक समारोह, मिटङ आदिमा भने साथीभार्यलाई साथ दिन थोरै भएपनि पिउनै पर्छ उनले । नवीनजस्ता धेरै मानिसहरु छन्, जो आफ्नो जातीय संस्कार, परम्पराका कारण थोरै मात्रामा मदिरा पिउने गर्दछन् । अरुको मन राख्न हल्का पिउनु उनीहरुको अपराध त हैन ।
तर, उनीहरु घर र्फकदा एउटा टेन्सनमा फस्ने गर्छन । त्यो हो, मापसे कारबाही । ‘मैले पिउको बेलमा अहिलेसम्म मापसे जाँच परेको छैन’ विभिन्न समारोहमा समूहमा गाडीमै हिँड्ने नवीना भन्छिन्,’हामीजस्तो जिम्मेवार मानिसले सचेत भएर नै पिउनु पर्छ जस्तो लाग्छ ।’ बरु, नखाएको बेलामा पनि बाटोमा रोकेर प्रहरीले मापसे जाँच गर्दा भने समय बर्बाद हुनुको साथै मनोवैज्ञानिक रुपमा असर पर्ने उनको गुनासो छ । ‘तैपनि नीति नियम त पालना गर्ने पर्छ, नवीना भन्छिन्,’मापसे जाँच असल उद्देश्यका लागि सुरु भएकाले मैले सकारात्मक रुपमा लिएकी छु ।’
डल्लु निवासी २२ बर्षीया सृष्टि महर्जन अहिलेसम्म चार पटक मापसेमा परिसकेकी छिन् । एक पटक रेडबुलमात्रै खाँदा पनि उनको सवारी चालक अनुमतिपत्र खोसियो । अर्को पटकमा भने कहिले पूजामा त कहिले मोजमा सगुनको रुपमा रक्सी खाँखा उनी मापसेमा परेकी हुन् । ‘हामीलाई हाम्रो संस्कृतिले नै खा भनेको छ । अनि हामीले खान नपाउने ? ‘ प्रतिप्रश्न गर्दै उनी भन्छिन्,’मापसे जाँच सकारात्मक भएपनि थोरै मात्रामा खाँदा पनि लाइसेन्स लिनु उचित हैन । मादक पदार्थको निश्चित मात्रा तोकिनु पर्छ ।’
नेवार, जनजाति लगायतले रक्सीलाई सगुनको रुपमा लिन्छन् । जतिसुकै अन्य खाना खाएपनि सगुन नखाई त्यो पूरा मानिन्न ।ल्यसैले संस्कृति धान्न भएपनि केहीमात्रामा पिउनु पर्ने बाध्यता छ । २०६८ साल मंसिर १७ गतेवाट सुरु भएको मापसे जाँचका कारण पुरुषमात्रै होइन महिलापनि पिरोलिने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अचेल स्कुटी चलाउने महिलाको संख्या बढ्दै गएकाले मापसेमा पर्ने महिलाको संख्या पनि बढ्दै गएको महाशाखाका प्रवक्ता पवन गिरी बताउँछन् । महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० मा मापसेमा पर्ने ५८ हजार पाँच सय ४७ मध्ये महिलाको संख्या चार सय ७४ छ । यही असार महिनामा मात्रै २४ जना महिला मापसेमा परेका छन् ।
तेस्रो लिङ्गी समुदायमा राजनीतिक सरगर्मी बढ्यो, सभाषद बन्न कसरत
काठमाडौं, २४ साउन ।। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतका तेस्रो लिङ्गी/समलिङ्गी समुदायमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ । असारको तेस्रो साता आफ्ना ६२ जना उम्मेदवारको नामावली सार्वजनिक गरेर संविधान सभा चुनावका लागि तयार भएका यस समुदायले आफ्ना हक, अधिकारहरु नयाँ संविधानबाट सुनिश्चित गराउने अभियानमा राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् ।तेस्रोलिङ्गी , समलिङ्गीको हक अधिकारको सवालमा वकालत गर्दै हिड्ने तेस्रोलिङ्गी सुन्दरी सक्रिय राजनितिमा होमिएकी छिन् । नेपालकै ईतिहासमा पहिलोपटक पार्टीको उच्च तहमा पुगेकी महिला तेस्रोलिङ्गी भुमिका श्रेष्ठ दोस्रो संबिधानसभामा आफु र आफ्नो समुदायको उपस्थिति बढाउने अभियानमा जुटेकी छिन् ।
नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि भईसकेकी उनले पार्टी शिर्ष नेतृत्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता बढाउन दवाब दिन थालेकी हुन् । दोस्रो संबिधानसभा निर्बाचनमा आफ्नो समुदायको सहभागिता बढाईदिन माग गर्दै पार्टी नेतृत्वसंगको उनको भेटघाट बाक्लिएको छ ।
कांग्रेस सभापति शुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुन नरसिंह केसी, बालकृष्ण खाड लगायतको भेटबाट हौसिएकी उनले अबको संबिधानसभामा यौनिक तथा लैङगीक अल्पसंख्यकको संख्या बढ्ने अपेक्षा गरेकी छिन् । काँग्रेस सभापति कोइरालाले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मागलाई पार्टीको घोषणापत्रमा समावेश गर्ने बचन दिईसकेका छन् ।
पार्टीलाई समाबेशी बनाउन तेस्रोलिङ्गी समलिङ्गीलाई समेटेर अघि बढ्ने अन्य नेताहरुले पनि प्रतिबद्धता जनाएका छन् । संरचनागत रुपमा तत्लो तहदेखि पार्टीलाई समाबेशी बनाउन समलिङ्गी तेस्रोलिङ्गीको सहभागिता सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ । यौनिक तथा लैङगीक अल्पसंख्यकको संस्था निलहिरा समाजका तर्फबाट कांग्रेस नेताहरुलाई १० बुदे ज्ञापनपत्र समेत बुझाईएको छ ।
ज्ञापनपत्रमा समलिङ्गी तेस्रो लिङ्गीलाई पहिचानको आधारमा सहजरूपमा नागरिकता वितरण गर्न पार्र्टीले सहयोग गर्नुपर्ने, आगामी संविधानसभामा यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि प्रतिनिधित्व गराउनुपर्ने, उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर दिनुपर्नेलगायतका माग समेटिएका छन् ।
श्रेष्ठ बाहेक अन्य यो समुदायका कोहिपनि कुनैपनि पार्टीको यो तहसम्म पुग्न सकेका छैनन् । यसअघि यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको एक मात्र प्रतिनिधिको रुपमा समलिङ्गी पुरुष सुनिलबाबु पन्त सभासद् भएका थिए । एकल सहभागिताले अधिकारका सबाल बलियो नहुने भन्ने श्रेष्ठले दोस्रो संबिधानसभामा सबैपार्टीको तर्फबाट यो समुदायको सहभागिता सुनिश्चित गराउनुपर्ने पक्षमा छिन् ।‘मैले आफ्नो पार्टी नेतृत्व संग कुरा गरिरहेको छु र सकारात्मक प्रतिक्रिया आएको छ ’ उनले भनिन् ‘ अन्य पार्टीमा आस्था राख्ने साथिहरुलाई आ–आफ्नो पार्टी नेतृत्वसंग कुरा गर्नुहुनेछ । ’
निल हिरा समाजले संबिधानसभा निर्बाचनको मिति घोषणा भए लगतै देशभरबाट सार्बजनिक गरेको ६५ जना तेस्रोलिङ्गी, समलिङ्गी उम्मेदवारको सुचीमा उनि पहिलो नम्बरमा छिन् ।
बि सं २०६५ सालमा कांग्रेसको साधारण सदस्यता लिएकी उनले १२ औं महाधिबेशनमा नेतृत्व चुन्ने अबसर पाईन् । समाबेशीताको आधारमा पनि अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेकी उनलाई साधारण सदस्यतादेखि महाधिबेशन प्रतिनिधि सम्मको यात्रा सहज रहेको अनुभब छ । अबसर पाए पार्टीको नेतृत्व समाल्ने उनको धोको छ ।
‘ नितिगत रुपमा परिबर्तन गर्नुपर्ने कतिपय मुद्धाहरु राजनितिक रुपमा अघि बढ्छन् ’ उनले भनिन् ‘ यौनिक तथा लैगिक अल्पसंख्यकको मुद्धा पनि राजनितिक रुपमा हल गर्नुपर्छ भन्ने ठानेरै सक्रिय राजनितिमा होमिएको हँु । ’
काठमाण्डौ नैकापकी स्थायी बासिन्दा उनको राजनितिक र सामाजिक अभियानमा घरपरिवारको साथ र सहयोग पनि पर्याप्त छ । यौनिक तथा लैङ्गीक तेस्रोलिङ्गीको सावलमा उनले वकालत गर्न थालेको ५ बर्ष भन्दा बढि भयो । यो अबधिमा उनले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरममा समलिङ्गी तेस्रोलिङ्गीको साथै महिला र बालवालिकाको सवाललाई शसक्त रुपमा उठाउने गरेकी छिन् ।
अनलाइनबाट राहदानी आवेदनका लागि गृहकार्य वैदेशिक रोजगार रहेकालाई सजिलो
काठमाडौं, श्रावण २४ – परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई राहत पुग्ने छ ।सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो । ‘अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने छन्,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘यसबाट दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुनेछन् ।’
अनलाइनबाट राहदानी आवदेन गर्न मिल्ने प्रणाली विकासका लागि भने बजेटमा रकमको ब्यबस्था गरिएको छैन । तर, सरकारले चाहे त्यसका लागि आवश्यक रकम जुनसुकै बेला जुटाउन सक्ने मन्त्रालयको विश्वास छ । अहिले राहदानीको म्याद सकिएको वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित देशको नेपाली दुतावासमा फारम भरेर बुझाउनु पर्छ । दुतावासले ‘डिप्लोम्याटिक मेल’ (कुटनीतिज्ञका लागि ब्यबस्था गरिएको एक प्रकारको हुलाक सेवा जसमा भएका सामाग्रीलाई कसैले जाँच्न वा खानतलासी गर्न मिल्दैन) बाट राहदानीको आवेदन विभागमा पठाउँछ । त्यसपछि विभागले राहदानी बनाएर पुनः डिप्लोमेटिक मेलमार्फत राहदानी सम्बन्धित देशको नेपाली दुतावासमा पठाउँछ । यसो गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले राहदानी पाउन ३ महिनासम्म कुर्नुपर्छ ।
त्यस्तै नेपालका ७५ जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आवेदन फारम संकलन हुन्छ । ती आवेदन फारम हुलाकमार्फत विभाग आइपुग्छ । यो प्रक्रियामा पनि सर्वसाधारणले राहदानी पाउन ठाउँ हेरेर ३ महिनासम्म कुर्नु पर्छ । स्वदेश तथा विदेशबाट आएका राहदानी फारममा त्रुटी भए त्यस्ता फारम फिर्ता पठाइन्छ । त्यसले सेवाग्राही थप समस्यामा छन् ।
विभागले अनलाइनबाट राहदानी आवेदन गर्न पाउने ब्यबस्था भएपछि सेवाग्राहीलाई सजिलो हुने बताएको छ । ‘राहदानी आवेदन फारम भर्नसाथ अनलाइन उपलब्ध हुन्छ,’ महानिर्देशक खनालले भने, ‘त्यसबाट आवेदन हुलाक वा डिप्लोम्याटिक मेलबाट पठाउूदा लाग्ने समय बचत हुन्छ ।’ अनलाइनबाट आवेदन गर्न मिल्ने ब्यबस्था स्वदेश र विदेशमा चरणबद्ध रुपमा हुनसक्ने विभागका अधिकारीहरू बताउूछन् । तर विभागले कहिलेदेखि अनलाइनबाट आवेदन गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन ।
राहदानीका लागि खासगरि क्यानडा र अमेरिकामा रहेका नेपाली अत्याधिक समस्यामा छन् । राहदानी आवेदनका लागि ‘ए फोर साइज’ को फारम भर्नुपर्छ । तर अमेरिकामा ‘ए फोर साइज’ को पेपर प्रयोगमा छैन । ‘अमेरिका र क्यानडामा लेटर साइजको कागज प्रयोग हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर हाम्रो राहदानी बनाउने उपकरणले लेटर साइजमा भरेको फारम चिन्दैन ।’ उनले राहदानी अमेरिकास्थित नेपाली नियोग र नेपालीका लागि टाउको दुःखाइको विषय बनेको बताए । ‘हामीले नियोग कार्यालयमै ए फोर साइजको कागजमा फारम पि्रन्ट गरि हुलाकमार्फत सम्बन्धित आवेदकलाई फारम पठाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सेवाग्राहीले फारमवापत मात्र थप करिब ४० अमेरिकी डलर (करिब ३ हजार ९ सय रुपैयाँ) आर्थिक भार वहन गर्नुपर्छ भने फारम वितरणकै लागि दुई जना कर्मचारी खट्नुपर्छ ।’
हाल राहदानी निर्माण गर्ने जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी ओवर्थर टेक्नोलोजिजले भने राहदानी बनाउने उपकरणमा ‘कस्टमाइज्ड सफ्टवयर’ भएका कारण ‘लेटर साइज’ कागजमा तत्काल आवेदन फारम लिन नसक्ने विभागलाई जनाउूदै आएको छ । उसले नेपाल सरकारकै निर्णय अनुसार ए फोर साइजमा मात्र आवेदन लिन मिल्ने गरि सफ्टवयर बनाइएको र त्यसलाई परिवर्तन गर्न समय र पैसा लाग्ने पनि विभागलाई जनाउूदै आएको छ । अनलाइनबाट आवदेन फारम भर्न मिल्ने ब्यबस्था भएपछि अमेरिका र क्यानडाका नागरिकले राहत पाउने विभागको विश्वास छ । तर अनलाइन आवेदनका लागि दुतावासमै पुग्नुपर्ने अबस्था भए त्यसबाट दुतावासबाट धेरै टाढा रहेका नेपालीहरु थप आर्थिक भारमा पर्नेछन् ।
परिवारलाई मारिदिने भन्दै पटक,पटक बलात्कार
विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवती एैले बिचल्लीत् मा परेकी छिन् । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिइन । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिइन । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनले भनिन । विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले पटक पटक बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनले बताइन ।उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानए ।
'स्वर सग्राम'को उपाधि नुवांकोटका ध्रुवले जिते
१९ साउन, काठमाडौं ।
राष्ट्रियस्तरको गायन प्रतियोगिता स्वर संग्रामको उपाधि नुवाकोट जिल्लाका ध्रुव तामाङले जितेका छन् । तामाङले देशभरका ६० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन ।
रियाक्सन मिडिया प्रालीले आयोजना गरेको कार्यक्रम शनिवार राति साँडे नौ बजे प्रशारण हुन्छ । शनिवार प्रशारण हुने कार्यक्रम शुक्रबार रेकर्ड भएकोमा उपाधि नुवांकोट तुप्चे गाँउ विकास समिति वडा नम्बर ७ महादेवखर्कका धुव्र तामाङले जितेका हुन ।
आयोजकले अन्तिम चरणको प्रतिस्पर्धामा रहेका उत्कृष्ट पाँच जनाबाट नै विजेता घोषणा गरेको छ । जसमा पहिलो उपाधि भने ध्रुवले हात पारेका हुन् ।
प्रतिस्पर्धाको अन्तिम निर्णय एसएमएस भोटिङबाट भएको हो । शुक्रबार १ बजेसम्म आएका भोट गणनाका आधारमा तामाङ बिजयी भएको घोषणा गरिएको हो ।
प्रथम भएसँगै उपाधि सहित तामाङले नगद दुई लाख, ५ लाख मुल्य बराबरको म्युजिक कन्ट्रयाक, आयोजककै खर्चमा एउटा संगितिक एल्बम निकाल्न पाउने भएका छन् । तामाङसँगै अन्तिम पाँचमा झापाका दुई जना, मोरङका र अर्घाखाचीका एक÷एक जना रहेका थिए ।
स्वर संग्रामको उपाधि जितेका तामाङले यसअघि बाल गायन प्रतियोगितामा दोस्रो, कलेजस्तरीय प्रतियोगितामा प्रथम, नुवाकोट जिल्लास्तरीय आधुनिक गित प्रतियोगितामा प्रथम लगायतका दर्जन बढी उपाधि जितिसकेका छन् ।
राष्ट्रियस्तरको गायन प्रतियोगिता स्वर संग्रामको उपाधि नुवाकोट जिल्लाका ध्रुव तामाङले जितेका छन् । तामाङले देशभरका ६० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन ।
रियाक्सन मिडिया प्रालीले आयोजना गरेको कार्यक्रम शनिवार राति साँडे नौ बजे प्रशारण हुन्छ । शनिवार प्रशारण हुने कार्यक्रम शुक्रबार रेकर्ड भएकोमा उपाधि नुवांकोट तुप्चे गाँउ विकास समिति वडा नम्बर ७ महादेवखर्कका धुव्र तामाङले जितेका हुन ।
आयोजकले अन्तिम चरणको प्रतिस्पर्धामा रहेका उत्कृष्ट पाँच जनाबाट नै विजेता घोषणा गरेको छ । जसमा पहिलो उपाधि भने ध्रुवले हात पारेका हुन् ।
प्रतिस्पर्धाको अन्तिम निर्णय एसएमएस भोटिङबाट भएको हो । शुक्रबार १ बजेसम्म आएका भोट गणनाका आधारमा तामाङ बिजयी भएको घोषणा गरिएको हो ।
प्रथम भएसँगै उपाधि सहित तामाङले नगद दुई लाख, ५ लाख मुल्य बराबरको म्युजिक कन्ट्रयाक, आयोजककै खर्चमा एउटा संगितिक एल्बम निकाल्न पाउने भएका छन् । तामाङसँगै अन्तिम पाँचमा झापाका दुई जना, मोरङका र अर्घाखाचीका एक÷एक जना रहेका थिए ।
स्वर संग्रामको उपाधि जितेका तामाङले यसअघि बाल गायन प्रतियोगितामा दोस्रो, कलेजस्तरीय प्रतियोगितामा प्रथम, नुवाकोट जिल्लास्तरीय आधुनिक गित प्रतियोगितामा प्रथम लगायतका दर्जन बढी उपाधि जितिसकेका छन् ।
Subscribe to:
Comments (Atom)






























