रसुवा डिजिटल खबर संवाददाता: प्रेम प्रसाद पौडेल,
धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीमा रिहा भएका छन् । उनीरुसँग १५ लाख २७ हजार १ सय १५ रूपैयाँ धरौटी लिईएको बताईएको छ । उनीहरूलाई तारिखमा रिहा गरिएको र थप अनुसन्धान गरिने बताईएको छ ।
गत असार १५ गते ना. ३ ख ७१५८ नम्बरको कन्टेनरको फल्स बटममा रक्तचन्दन लुकाई चीनतर्फ लान लागेको अवस्थामा ३९ गोलिया रक्तचन्दनसहित उनीहरू पक्राउमा परेका थिए । एमाओवादी रसुवाका नेता माधव लामिछाने (समीर) सहित काठमाडौं तीनकुनेका ध्रुब पराजुली, कोटेश्वरका दिकेश रिमाल आशंकामा पक्राउ परेका थिए भने गाडीका चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, गाडीका साहू धुन्चे १ का विरेन्द्रसिंह तामाङ तथा सिन्धुपाल्चोक तातोपानी ६ का लाले तामाङ, घोरथली ९ का पूर्णबहादुर खड्का रक्तचन्दनसहित पक्राउमा परेका थिए ।
