धान रोपारलाइ खानामा नशालु पदार्थ मिसाई यौन शोषण गर्ने प्रयास {भिडियो }


धान रोप्न आएका महिला श्रमिकलाई नसालु पदार्थ खुवाएर यौन शोषण गर्न खोजेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका हुन् । यौन शोषण गर्न खानामा मिसाएर नशालु पदार्थ खुवाउन खोजेको उजुरीको आधारमा महाराजगञ्ज गाविस १ का असलम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
आफुहरुलाई जबर्जस्ती यौन शोषण गर्न खोजेको, खानामा नसालु चक्की मिलाएर खुवाएको भन्दै ९ जना महिला श्रमिकले प्रहरीमा उजुरी दिएका थिए । आफुहरुमध्ये एक जनालाई जबर्जस्ती गर्न लागेको बेला आफुहरुले थाहा पाएपछि खाँले छोडेको श्रमिक महिलाहरुले बताएका छन् ।off the beat