रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार द्वारा बिदाई कार्यक्रम






रसुवा, असार २९ - रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार द्वारा कतार नफर्किने गरि नेपाल जान लाग्नु भएका संस्थाका सल्लाकार रमेश पौडेल लाई हिजो बिदाई गरेका छन् । उहा सल्लाकार पदमा रही संस्थालाई अगाडी लैजान बिशेष भूमिका निर्वाह गर्नु भाकोमा उहाको कदर र प्रशंस गर्दै हिजो बाक्लो रसुवाली हरुको उपस्थितिमा बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा बोल्दै .संस्थाका अद्यक्ष जिबन लामाले उहाले संस्थामा पुर्याउनु भएको योगदान को चर्चा गर्दै .आगामी दिनमा पनि यस्तै सामाजिक सेवामा लाग्न अनुरोध गर्नु भाको थियो । यसै गरि बिदाई कार्यक्रममा बोल्दै सस्थाका नया र साधारण सदस्य चन्द्र बहादुर तामाङ् ले प्रबासमा आएर एकै पटक यति धेरै रसुवाली दाजु भाई तथा दिदि बहिनि हरु एक जुट भइ एकै ठाउँमा भेट्न पाउदा असाध्यै खुसि भाको र यसरी प्रबासमा पहिलो संस्था मा अबद्दा हुन् पाएकोमा आफु खुसि भएको बताउदै .यो रसुवा बासीको पहिलो प्रबासी संस्था भएकोले एसलाई अझै उचाई सम्म लैजान र शुझाब दिदै .सस्थापक हरु प्रति हृदय देखि नै आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन कर्म सिङ् लामा (निर्दोष ) ले गर्नु भाको थियो । संस्थाका सल्लाकार कर्म रुम्बा लामा .कोष अदयक्ष .कान्छा लोप्चन .सह कोष अदयक्ष मिलन लामा .सदस्य प्रदिप तामाङ् .लगायत २१ जना भन्दा माथि सदस्य हरुको उपस्थित रहेको थियो । दिउसो ५ बजे दोहाको रमणीय स्थल कर्निस स्थित बिदाई कार्यक्रम सम्पन्न भएको थियो .। रमेश पौडेल बिगत ५ वर्षा देखि अल खायाम क्याफेमा ब्रान्च इन्चार्ज हुनु हुन्थ्यो ॥