पहिरोले आधा दर्जन घर जोखिममा



सिम्ले -रसुवा, असार २२ -

ग्रामीण सडकको स्तर वृद्धि गर्ने क्रममा सरोकार निकायले चासो नदिँदा लहरेपौवा २ सिम्लेका आधा दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । लहरेपौवा २ सिम्ले-भोर्ले-पारच्याङ सडक निर्माणका क्रममा ठेकेदार र सरोकार समितिले चासो नदिँदा घर जोखिममा परेका हुन् । ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना -आरएआईडीपी) ले सडक -ग्राभेल) गर्न दिइए पनि ठेकेदारले तारजाली र सिमेन्टयुक्त पर्खाल निर्माण नगर्दा स्थानीयवासीको घर गोठ जोखिममा परेको हो ।

'नजिकैको पहिरोले घर लड्न लाग्यो,' लहरेपौवा २ की शोभा आचार्यले भनिन्, 'पानी पर्नासाथ रातभरि निद्रा लाग्दैन ।' घरमुनिबाट सडक खनिएपछि समयमा ठेकेदार र सरोकार समितिले तारजाली र सिमेन्ट पर्खाल हालेर सडक संरक्षण नगर्दा घर लड्न लागेको उनले बताइन् । उनको सात जनाको परिवार वषर्ातसँगै पालैपालो सुत्ने गरेका छन् । हिउँदमा सडक निर्माण गर्ने वषर्ात्पछि सामान्य सुख्खा टेवा पर्खाल मात्रै लगाउने गरिएकाले स्थानीय बासिन्दा उठिबास हुने बताउँछन् । 'सडककै कारण उठिबास हुने भो,' शोभाले भनिन्, 'अब हामीकहाँ बस्ने ?' स्थानीय बासिन्दाको घर, गाईबस्तु बाँध्ने गोठ, शौचालय, घर वरिपरिका जग्गासमेत भाँसिएको छ । 'भीषण वषर्ा भो भने घरै जान्छ,' स्थानीय रामहरि आचार्यले भने । घर जोखिममा पर्नुमा जिल्ला विकास समितिको समेत दोष छ । तीन वर्षअघि ३० लाख जिविसको अनुदानमा सडक खनिएको थियो । जिविसले टेन्डर गरेर स्वछन्द एलआइके जेभी इन्द्रप्रसाद सापकोटालाई टेन्डर दिइएको हो । ६ किलोमिटर सडक ग्राभेल गर्न २०६८ चैत ९ गते २ करोड ६२ लाख रुपैयाँको टेन्डर ५० प्रतिशत घटेर उक्त कम्पनीले हालेपछि काम गर्न नसकेको जिविसले जनायो । ठेकेदारले काम नगरेको र कुनै अनियमितता नभएको जिविसले जनायो । दुई वर्षको अन्तरालमा ठेकेदारले २५ प्रतिशतमात्रै काम गरेको छ । तर स्थानीयको घर जोखिममा पर्दासमेत ठेकेदारले बेवास्ता गरेको आरोप रामहरि आचार्यले लगाए ।