नारायणीको पानीले खतराको संकेत काट्यो फोटो फिचरसहित



नारायणगढ । नारायणी नदीमा पानीको सतहले खतराको संकेत काटेको छ । नारायणी नदीमा आज दिउसो पानीको सतह नौ दशमलव ४४ मीटरसम्म पुगेको छ । जल तथा मौषम मापन केन्द्र देवघाटका अनुसार पानीको तह आठ मिटर भन्दा माथि पुगे खतराको संकेत राखिन्छ ।



नारायणीमा अहिले प्रति सेकेण्ड १३ हजार ९० क्युसेक पानी बगिरहेको मौसम विभागको वेवसाईटमा उल्लेख छ । चितवन क्षेत्रमा वर्षा कम भएपनि नारायणीको जलाधार क्षेत्र पोखरा लगायतका पहाडि इलाकामा लगातार पानी परेकोले नारायणी नदीको सतह बढेको हो ।


वाढिको सम्भावित जोखीमलाई ख्याल राखेर जिल्ला दैविक प्रकोप उद्धारा समितिको वैठकले बाढिको उच्च जोखिममा रहेको मेघौली गाविसमा विपत नियन्त्रण गण कुरिनटारबाट सशस्त्रको टोली खटाएको छ । त्यस्तै बैठक पछि टोली बाढि प्रभावित क्षेत्रहरुको अनुगमनका लागि गएको छ । नारायणी नदिको बाढिको जोखिममा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगरलगायतका गाविस रहेका छन् ।


बाढिका कारण नारायणीले नारायणगढमा रहेको वालकुमारी नर्सिङ् कलेज, सडक बालबालिका पुनस्र्थापना केन्द्र हाम्रो घरसहितका दुई दर्जनबढि घर डुबानमा परेका छन् । बाढिबाट पुग्न गएको क्षतीको विवरण यो समाचार तयार पार्दासम्म आइपुगेको छैन् ।