सेक्स इज नोथिङ - रिया श्रेष्ठ
बाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन्। कलेजको अध्ययनको क्रममा काठमाडौं आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय छिन्। विशेष गरेर सिनेमाको पर्दामा नायिका भएर देखापर्ने उनको तीव्र इच्छा क्रमशः पूरा हुँदै छ। यसै क्रममा अभिमन्यू, राजु राजा राम र मालतीको भट्टी नामक सिनेमामा सानोतिनो भूमिकामा देखापरेकी रियालाई अब चाँडै नायिकाको रूपमा भने बोस, तृष्णा, त्रास र जञ्जिरमा देख्न पाइनेछ। प्रस्तुत छ , उनै रिया संग हाम्रा सहकर्मी राजन घिमिरेले गरेको कुराकानी:
# सिनेमाको हिरोइन बन्ने रहरचाहिँ किन आयो नि?
रहर मात्र होइन। यो क्षेत्रमा मनैदेखि लागेर केही गर्छु भन्ने इच्छा छ।
# धेरै प्रतिस्पर्धा छ नि त। जम्न सकिएला?
म प्रतिस्पर्धादेखि डराउँदिनँ प्रतिस्पर्धा भए पो खारिन्छ।
# अनि हिरोइन बन्न त निर्मातालाई खुसी पार्न सक्नुपर्छ भन्छन् नि?
अरूको बारेमा मलाई थाहा भएन। मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा यस्तो अनुभव संगाल्नुपरेको छैन।
# साँच्चै हो कि ढाँटेको…?
किन ढाँट्नु। सम्झौता गरेर सिनेमाकी हिरोइन बन्नु छैन मलाई।
# आफू तरुनी भएको महसुस कुन उमेरमा भयो?
त्यस्तै २१ / २२ वर्षको उमेरमा।
# त्यो उमेरमा के हुँदोरहेछ नि?
कुनै राम्रो पुरुष देख्नासाथ मनमा बेग्लै तरङ्ग पैदा हुँदोरहेछ अनि उसैको बारेमा सोचिँदोरहेछ।
# कुनै पुरुषसँग प्रेम ?
पुरुषसँगको प्रेममाथि मलाई विश्वास लाग्दैन। किनकि मैले ठूलो चोट पाएकी छु।
# आँखा लगाउने पुरुषहरू कत्तिका छन्?
मलाई आँखा लगाउने पुरुषहरू धेरै छन्, तर मैले आँखा लगाउने पुरुष भने अहिलेसम्म भेट्टाएकी छैन।
# सेक्स के हो?
सेक्स इज नोथिङ। तर त्यसलाई कुन रूपमा प्रयोग गर्ने हो त्यसमा भर पर्छ।
# सेक्सको अनुभव?
जवाफ छैन यसको? यो नितान्त व्यक्तिगत कुरा हो।
Tamang Heritage Trail (Rasuwa, Nepal)
Tamang Heritage Trail
TH Trekking Itinerary
The ‘Tamang Heritage Trail’ is an exciting new trekking route located between Langtang and the Ganesh Himal. A culturally rich region steeped in Tibetan tradition, the local Tamang people are some of the warmest and most welcoming people in Nepal.
The trail passes through traditional Tamang villages where life, culture, and crafts have remained unchanged since the beginning of the settlement. The panoramic view of Langtang, Kerung, Ganesh Himal, Sanjen ranges can be distinctly experienced from Nagthali, which used to be a popular meditation center for the local monks and priests. At Tatopani, which literally means ‘hot water’, you can cleanse yourself spiritually in natural hot springs with bathing areas in the lap of the mountains. Locals believe that the waters have a healing quality that ease away your aches and pains.
The ‘Tamang Heritage Trail’ is an exciting new trekking route located between Langtang and the Ganesh Himal. A culturally rich region steeped in Tibetan tradition, the local Tamang people are some of the warmest and most welcoming people in Nepal.
The trail is equally a pleasure for natural experiences. The unique landscape around Goljung Bhanjyang, Thuman and Brimdang, pristine forest between Tatopani- Nagthali-Thuman and kaleidoscopic view of the Langtang mountains, Sanjen range, Ganesh Himal, Kerung and Gosaikunda range give a wholesome experience of Himalayan landscapes and vegetation.
The inhabitants of the Langtang Valley are thought to be descendants of Tibetans from Kerung who intermingled with Tamangs from the Helambu area. The inhabitants of Briddim, Thuman, Timure and Langtang are of the Tamang ethnic group but a marked influence of Tibetan culture and tradition is noticed in their lifestyle closely resembling that of most Tibetan villages. They are mainly sheep and yak herders, but grow some hardy grains and vegetables.
The daily life of the villagers includes raising livestock, agriculture, and trade with Kerung in Tibet. Wheat, maize, potato, soyabean, and millet are their staple food. In addition, you can also observe Syabru dance, Khampa dance, Shaman performance and other colorful performances during major festivals like Lhosar (February), Chhiju (December), Baisakh Purnima (April- May
The daily life of the villagers includes raising livestock, agriculture, and trade with Kerung in Tibet. Wheat, maize, potato, soyabean, and millet are their staple food. In addition, you can also observe Syabru dance, Khampa dance, Shaman performance and other colorful performances during major festivals like Lhosar (February), Chhiju (December), Baisakh Purnima (April- May
चौथो कोरियाली भाषा परीक्षा खुल्यो
सोल, श्रावण १२ - दक्षिण कोरिया सरकारले नेपालका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत चौथो भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपाल ईपीएस शाखा ग्वार्को ललितपुरले परीक्षा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । एक दिनमा दुई सिफ्ट संचालन हुने उक्त परीक्षा असोज २० र २१ मा संचालन हुने र ८ हजार २ सय उमेरद्वारलाई उत्तीर्ण गर्ने जनाइएको छ ।औद्योगीक उत्पादन मुलक मुलक क्षेत्रमा ४ हजार ६ सय कृषि तथा पशुपालनमा ३ हजार ६ सय परीक्षार्थी उतीर्ण गराइने प्रकाशित सूचनामा उल्लेख छ । यो संख्या तेस्रो भाषा परीक्षाको तुलनामा झण्डै आधा कम हो भने मंगोलिया र अन्य मुलुकको तुलनामा दोब्बर बढी हो । नेपाली कामदारहरु इमान्दार र परिश्रमी भएकाले कोरियन रोजगारदाताको छनौटमा बढी पर्ने गरेका छन् । कोरियाले आन्तरिक श्रम बजार र सम्बन्धित देशका अवैधानिक कामदारको संख्या र अपराधिक गतिविधिका आधारमा कोटा वितरण गर्दछ । अन्य मुलुकको दाजोमा अवैधानिक नेपालीको संख्या न्यून रहेको छ ।
सूचनामा जनाइए अनुसार परीक्षार्थीले आवेदन गर्दा पछि परिवर्तन नगर्ने गरी औद्योगीक उत्पादन,कृषि मध्ये आफूले जान चाहेको क्षेत्र छान्नुपर्ने छ । त्यस्तै आवेदक १८ देखि ३९ बर्ष उमेर समुहको हुनुपर्ने छ । अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको । आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने उमेरद्धारले परीक्षामा सहभागि हुन पाउने छन् । भाषा परीक्षामा उच्चत्तम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा सहभागि हुन पाउने छन् ।
आवेदन काठमाण्डौमा तीन स्थान,धरान तथा बुटवलबाट भदौ ५ गते देखि ८ गते बिहान ९ देखि ६ बजेसम्म आवेदकले नै बुझाउनु पर्ने छ । आवेदन संगै राहदानीको फोटोकपि, हालसालै खिचेको ३.५८ ४.५ सेमीको २ प्रति फोटो र दस्तुर बुझाएको अर्ध्ाकट्टी संलग्न हुनु पर्नेछ । परीक्षा शुल्क अमेरिकी डलर चौविस -२४) लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाको हिसाब कार्यालयले तोकेको बैंकमा बुझाउनु पर्ने छ । विशेष कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधिभित्र रद्द गर्न सक्नेछन् । रकम बुझाएको भौचर सहित उपस्थित भए रकम फिर्ता दिइन पनि सूचनामा उल्लेख छ ।
परीक्षा ७० मिनेटको हुन्ोछ । पढाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नहरुका लागि ४० मिनेट र सुनाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नका लागि ३० मिनेट छुट्याइएको छ । परीक्षार्थीले उत्तर दिंदा कालो वलपेन प्रयोग गर्नुपर्ने छ । अन्य रंगको मसी वा पेन्सील प्रयोग गरे रद्ध हुने पनि जनाइएको छ । परीक्षा स्थल र समय असोज ९ गते प्रकाशन गरिने पनि जनाइएको छ भने परीक्षफल कात्तिक ४ गते प्रकाशित गरिने जनाइएको छ । 'कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीकोआवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने ग्यारेण्टी भने होईन ।' सूचानामा उल्लेख छ ।
परीक्षा स्थलमा मोबाइल फोन,क्यासेट प्लेयर,एमपी थ्री प्लेयर,इलेक्ट्रोनिक डिक्सनेरी ,पीडीए र अन्य इलेक्ट्रोनीक डिभाइसहरु प्रयोग गर्न नपाइने जनाइएको छ । परीक्षा अवधिमा यस्ता सामानहरुको प्रयोग गरेको पाइएमा त्यस्ता परीक्षार्थीलाई २ बर्षसम्म ईपीएस परीक्षामा अयोग्य हुने गरी कार्वाहि गरिने पनि जनाइएको छ ।
सन् २००७ को जुलाई २३ मा नेपाल र कोरियाविच श्रम मन्त्रीस्तरीय सम्झौता भए यता तीन पटक भाषा परीक्षा संचालन भइसकेको छ । हालसम्म १८ हजार भन्दा बढी नेपाली युवाले रोजगारी पाइसकेका छन् । कोरियामा निजी क्षेत्रबाट कामदार पठाउने ब्यबस्था छैन । ईपीएस सम्बन्धी सबै काम नेपाल र कोरिया सरकारबाट हुने भएकाले कम लागतमा कोरिया पर्न गएको हो । यहा आएका नेपाली कमदारले मासिक न्यूनत्तम ९० हजार रुपैया कमाउन सक्छन् ।
स्पेनमा रेल दुरघटना मर्ने को संख्या ७७ (भिडियो सहीत)
वुधवार वेलुकी स्पेनको
सान्तियागो दि कम्पोस्टियामा रेल दुरघटनामा परि निधन हुनेको संख्या ७७ पुगेको स्थानिय समाचारश्रोतले जनाएकोछ । सो दुरघटनामा १४३ वना घाइते भएको र केहीको अवस्था निकै चिन्ताजनक भएको हुदा निधन हुनेको संख्यामा वृद्धी हुन सक्ने जनाइएको छ । अत्याधिक गतिमा रहेको र धुम्तीमा नियन्त्रण हुन नसक्दा सो दुरघटना भएको जनाइएको छ । सो क्षेत्रमा ८० किमी प्रति घण्टा हुनु पर्नेमा दुरघटनाको समयमा रेलको गती १८० किमी प्रति घण्टा रहेको जनाइएको छ ।
धान रोपारलाइ खानामा नशालु पदार्थ मिसाई यौन शोषण गर्ने प्रयास {भिडियो }
धान रोप्न आएका महिला श्रमिकलाई नसालु पदार्थ खुवाएर यौन शोषण गर्न खोजेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका हुन् । यौन शोषण गर्न खानामा मिसाएर नशालु पदार्थ खुवाउन खोजेको उजुरीको आधारमा महाराजगञ्ज गाविस १ का असलम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
आफुहरुलाई जबर्जस्ती यौन शोषण गर्न खोजेको, खानामा नसालु चक्की मिलाएर खुवाएको भन्दै ९ जना महिला श्रमिकले प्रहरीमा उजुरी दिएका थिए । आफुहरुमध्ये एक जनालाई जबर्जस्ती गर्न लागेको बेला आफुहरुले थाहा पाएपछि खाँले छोडेको श्रमिक महिलाहरुले बताएका छन् ।off the beat
एमाओवादी रसुवाका नेता समीर धरौटीमा रिहा
रसुवा डिजिटल खबर संवाददाता: प्रेम प्रसाद पौडेल,
धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीमा रिहा भएका छन् । उनीरुसँग १५ लाख २७ हजार १ सय १५ रूपैयाँ धरौटी लिईएको बताईएको छ । उनीहरूलाई तारिखमा रिहा गरिएको र थप अनुसन्धान गरिने बताईएको छ ।
गत असार १५ गते ना. ३ ख ७१५८ नम्बरको कन्टेनरको फल्स बटममा रक्तचन्दन लुकाई चीनतर्फ लान लागेको अवस्थामा ३९ गोलिया रक्तचन्दनसहित उनीहरू पक्राउमा परेका थिए । एमाओवादी रसुवाका नेता माधव लामिछाने (समीर) सहित काठमाडौं तीनकुनेका ध्रुब पराजुली, कोटेश्वरका दिकेश रिमाल आशंकामा पक्राउ परेका थिए भने गाडीका चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, गाडीका साहू धुन्चे १ का विरेन्द्रसिंह तामाङ तथा सिन्धुपाल्चोक तातोपानी ६ का लाले तामाङ, घोरथली ९ का पूर्णबहादुर खड्का रक्तचन्दनसहित पक्राउमा परेका थिए ।
नारायणीको पानीले खतराको संकेत काट्यो फोटो फिचरसहित
नारायणगढ । नारायणी नदीमा पानीको सतहले खतराको संकेत काटेको छ । नारायणी नदीमा आज दिउसो पानीको सतह नौ दशमलव ४४ मीटरसम्म पुगेको छ । जल तथा मौषम मापन केन्द्र देवघाटका अनुसार पानीको तह आठ मिटर भन्दा माथि पुगे खतराको संकेत राखिन्छ ।
नारायणीमा अहिले प्रति सेकेण्ड १३ हजार ९० क्युसेक पानी बगिरहेको मौसम विभागको वेवसाईटमा उल्लेख छ । चितवन क्षेत्रमा वर्षा कम भएपनि नारायणीको जलाधार क्षेत्र पोखरा लगायतका पहाडि इलाकामा लगातार पानी परेकोले नारायणी नदीको सतह बढेको हो ।
वाढिको सम्भावित जोखीमलाई ख्याल राखेर जिल्ला दैविक प्रकोप उद्धारा समितिको वैठकले बाढिको उच्च जोखिममा रहेको मेघौली गाविसमा विपत नियन्त्रण गण कुरिनटारबाट सशस्त्रको टोली खटाएको छ । त्यस्तै बैठक पछि टोली बाढि प्रभावित क्षेत्रहरुको अनुगमनका लागि गएको छ । नारायणी नदिको बाढिको जोखिममा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगरलगायतका गाविस रहेका छन् ।
बाढिका कारण नारायणीले नारायणगढमा रहेको वालकुमारी नर्सिङ् कलेज, सडक बालबालिका पुनस्र्थापना केन्द्र हाम्रो घरसहितका दुई दर्जनबढि घर डुबानमा परेका छन् । बाढिबाट पुग्न गएको क्षतीको विवरण यो समाचार तयार पार्दासम्म आइपुगेको छैन् ।

लिंग पहिचानपछि छोरी भए गर्भमै हत्या
काठमाडौ,साउन ५ जोरपाटीकी सजना सिम्खडा ‘छोरी जन्मँदा’ खुबै रोइन् । उनको हालत देखेर डाक्टर–नर्स मात्र होइन कर्मचारीसमेत तीनछक्क परे । सजनाको भक्कानो फुट्नुको कारण थियो– दोस्रो पटक पनि छोरी नै जन्मनु । आफू पनि ‘छोरी नै भएको’ भुसुक्क बिर्संदै उनले केहीबेर नवजात शिशुको अनुहारसम्म हेरिनन् । – दुई पटक ‘अल्ट्रासाउन्ड’ गराएकी सजना ‘गर्भमा छोरा देखिएकाले’ ढुक्क थिइन् । तर, परिणाम अर्कै भइदियो । उनले वैद्यको सल्लाहअनुसार औषधि पनि सेवन गरिन् । प्रमाणपत्र तहसम्म पढेकी उनका श्रीमान् निजी संस्थामा कार्र्यरत छन् ।
– दुई छोरीकी आमा रमिता (परिवर्तित नाम) हिजोआज निकै दुःखी छिन् । तेस्रो सन्तानका रूपमा गर्भको सन्तान ‘छोरी नै भएको’ चाल पाएकी उनी ‘सस्तोमा गर्र्भपतन गराउने’ संस्थाको खोजीमा समेत थिइन् । छोरीकै कारण अहिले उनमा मनोसामाजिक समस्या देखिन थालेको छ । ‘स्तनपान त के छोरीको अनुहार हेर्नेसम्म इच्छा छैन,’ रमिता भन्छिन्, ‘तेस्रो सन्तान छोरी भएको थाहा पाउँदा झनै पीडा थपिएको छ ।’ चेतना अभिवृद्धि केन्द्र (क्याप) अध्यक्ष हीरा दाहालका अनुसार छोराकै लागि पटक–पटक गर्भपतन गराउने क्रम बढ्दै गएको छ ।
एकदेखि पाँच पटकसम्म छोरी देखिए पनि ‘गर्भपतन गराउने’ पाइएको उनको दाबी छ । ‘गर्भ पहिचान’ गैरकानुनी भए पनि काठमाडौंलगायतका सहरी क्षेत्रमा ‘लिंग पहिचान गर्ने’ क्लिनिक बढ्दो छ । यी क्लिनिकले दुई–तीन महिनादेखि सात महिनासम्मका बालिका गर्भपतन गराउँदै आएका छन् । सुरुका दिन कम रकममा गराउने भए पनि तीनै संस्थाले ६/७ महिनासम्मकालाई बढी रकम लिएर गर्भपतन गराउँदै आएको पाइएको छ । ‘हाम्रो निरन्तर अध्ययन र अनुसन्धानले दुईओटी छोरी मात्र जन्माउने महिलाले आफूलाई कमजोर ठान्ने गरेको पाइयो,’ क्याप अध्यक्ष दाहालले भनिन्, ‘दुईओटी छोरी नै भएर पनि तेस्रो पटक गर्भवती भएकालाई परामर्श दि“दै आएका छौं ।
उनीहरूमध्ये अधिकांश छोरा भए जन्माउने र छोरी भए गर्भपतन गराउने योजनामा देखिएका थिए ।’ उनका अनुसार ग्रामीणका तुलनामा सहरी क्षेत्रमा भ्रुणहत्या बढी छ । धार्मिक र कानुनी रूपमा भ्रुणहत्या अपराध भए पनि यो क्रम बढ्दो छ । शिक्षित परिवारमा समेत ‘अंश र वंशका आधारमा छोरा र छोरीप्रति समान व्यवहार नगरिने’ पाइन्छ । ‘यसकारण शिक्षित परिवार र सहरी क्षेत्रमा लिंग पहिचान गरी गर्भपतन गराउने क्रम बढ्दो छ,’ दाहाल भन्छिन् । मुलुकी ऐन–२०२० ले महिलाको चाहनाअनुसार सामान्य अवस्थामा १२ सातासम्मको गर्भपतन गर्न कानुनी मान्यता दिएको छ । बलात्कारबाट गर्भवती हुँदा भने स्वास्थ्य संस्थाले १८ महिनासम्म गर्भपतन गराउन सक्छन् ।
यो लामो समय गर्भ पहिचान गर्नेलाई ३ देखि ६ महिनासम्म कैद सजाय ऐनले तोकेको छ । सो ऐनले १२ सातापछि गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजाय तोकेको छ । गर्भमै लिंग पहिचान गरी गर्भपतनसँगै नवजात शिशुमध्ये बालिकाको संख्या घट्दो छ । २०६८ सालको जनगणनाअनुसार महिलाको जनसंख्या ५१ प्रतिशतभन्दा बढी भए पनि १० वर्षमुनिका बालिकाको संख्या बालकको भन्दा २.३ प्रतिशत कम छ । २०६८ सालको जनगणनाअनुसार सहरी क्षेत्रमा १ देखि १० वर्ष उमेर समूहका बालिकाको संख्या बालकभन्दा ५.७ प्रतिशत कम छ ।
ग्रामीण क्षेत्रमा भने बालिकाको संख्या बालकको तुलनामा १.७९ कम देखिएको छ । तथ्यांकका आधारमा एक दशकमा जन्मने शिशुमध्ये बालिकाको संख्या घट्दो छ । एक दशकअघि ११ सय ५० शिशुमा बालिका ९ सय ६ र एक दशकयता एक हजारमा ७ सय पाइएको छ । एक दशकको अवधिमा एक हजार शिशुमा ७ सय ४२ बालिका छन् ।
१९ औ विश्व आदीवासी दिवस एभरेष्ट कन्सर्ट मलेसियामा हुँदै


एभरेष्ट कन्सर्ट मलेसियामा हुँदै विश्वको सर्वाेच्च शिखर सगरमाथा, गौतमवुद्धको जन्मभूमि तथा विश्वको सवैभन्दा सानो मानिस चन्द्र बहादुर डाँगि (गिनिजवुकमा नाम लेखाउन सफल) पनि नेपालमै छन् भनेर विश्वलाई चिनाउनु आवश्यक भैरहेको छ ।यसै सन्दर्भमा १९ औ विश्व आदीवासी दिवस र हरिरायाको मुख्य पर्व पनि अगष्ट ९ तारिखमा परेको अवसर पारेर आदीवासि जनजाति महासंघको मुख्य आयोजनामा एभरेष्ट कन्सर्टको आयोजना गर्ने भएको छ ।
पुष्प वाईबाको ज्यबरानी एल्बमको तयारी अब अन्तिम चरणमा साथमा {प्रोमो भिडियो}
लामा भाई इस्ट मान वाईबा कुवेत सिटी
बिगत ५ महिना देखि कुवेतमै बसीबसी पुष्प वाईबाको ज्यबरानी एल्बमको तयारी अब अन्तिम चरणमा पुगेको छ |
आफ्नै तामाङ जतिको भाषा,लिपी, धर्म,रितिरिवाज,भेषभुषा,कला,साँस्कृतिको जगेर्ना गर्दै तामाङ जति भित्रको एउटा छुटै कल्चर ( म्हेन्दोमाया ) जहाँ आजल भोलि दिन प्रतिदिन बजार ब्यबसै बढ्दै गईरहेको छ, र यो प्रायजसो नुवाकोट, धादिङ, रसुवा, जिल्लाहरुमा हरेक बिहे छेवर देखि लिएर हरेक कार्यक्रमहरुमा नभई नहुने (म्हेन्दोमाया) कल्चर हो |
र हामी यस तामाङ भाषको म्हेन्दोमाया गीत बाट हरेक कुराहरु पाउन एवं भेट्न सकिन्छन एकदम रमाइलो देखि लिएर तामाङ जतिको जगेर्ना सम्म, तसर्थ यसै क्रममा बिगत केहि वर्ष अगाडी ३ ओटा लोक गीत एल्बम बाट चर्चामा औन सफल लोक तथा म्हेन्दोमाया गायक नुवाकोट दंसिंग गाउ विकास समिति वाड नम्बर २ म जन्मनु भएको हाम्रै चिरपरिचित पुष्प वाईबाले फेरी केहि वर्ष अन्तरल पछि कुवैतमै बसीबसी तपाई हामी समू तामाङ भाषाको म्हेन्दोमाया ज्यबरानी गीति एल्बम लेरौदई हुनु हुन्छ र उहाँको ज्यबरानी एल्बममा २ ओटा गीत रहेको छ जसमा केहि महिना अगाडिनै अज्यो मनेल बोलको प्रोमो तपाईहरुले YouTube मार्फत हेरी सक्नु भएको छ र यसैगरी ३ दिन अगाडी मात्र फेरी दोस्रो तेमाल नाम्सै सेलोमाने भन्ने बोलको गीतको प्रोमो YouTube मार्फत तपाईहरु समू लेरईसक्नु भएको थियो|अन्त्यमा हामी पुष्प वाईबाको यो म्हेन्दोमाया ज्यबरानी गीति एल्बम तयारी हुने बितिक्कै तपाईहरु समू सार्बजनिक गर्ने नै छौ कृपया अहिलेलाई भने यो १,अज्यो मनेल २, तेमाल नामसै सेलो मानेलाइ बोलको गीत ज्यबरानी एल्बमको प्रोमो हेर्दै गर्नु होला
बिगत ५ महिना देखि कुवेतमै बसीबसी पुष्प वाईबाको ज्यबरानी एल्बमको तयारी अब अन्तिम चरणमा पुगेको छ |
आफ्नै तामाङ जतिको भाषा,लिपी, धर्म,रितिरिवाज,भेषभुषा,कला,साँस्कृतिको जगेर्ना गर्दै तामाङ जति भित्रको एउटा छुटै कल्चर ( म्हेन्दोमाया ) जहाँ आजल भोलि दिन प्रतिदिन बजार ब्यबसै बढ्दै गईरहेको छ, र यो प्रायजसो नुवाकोट, धादिङ, रसुवा, जिल्लाहरुमा हरेक बिहे छेवर देखि लिएर हरेक कार्यक्रमहरुमा नभई नहुने (म्हेन्दोमाया) कल्चर हो |
र हामी यस तामाङ भाषको म्हेन्दोमाया गीत बाट हरेक कुराहरु पाउन एवं भेट्न सकिन्छन एकदम रमाइलो देखि लिएर तामाङ जतिको जगेर्ना सम्म, तसर्थ यसै क्रममा बिगत केहि वर्ष अगाडी ३ ओटा लोक गीत एल्बम बाट चर्चामा औन सफल लोक तथा म्हेन्दोमाया गायक नुवाकोट दंसिंग गाउ विकास समिति वाड नम्बर २ म जन्मनु भएको हाम्रै चिरपरिचित पुष्प वाईबाले फेरी केहि वर्ष अन्तरल पछि कुवैतमै बसीबसी तपाई हामी समू तामाङ भाषाको म्हेन्दोमाया ज्यबरानी गीति एल्बम लेरौदई हुनु हुन्छ र उहाँको ज्यबरानी एल्बममा २ ओटा गीत रहेको छ जसमा केहि महिना अगाडिनै अज्यो मनेल बोलको प्रोमो तपाईहरुले YouTube मार्फत हेरी सक्नु भएको छ र यसैगरी ३ दिन अगाडी मात्र फेरी दोस्रो तेमाल नाम्सै सेलोमाने भन्ने बोलको गीतको प्रोमो YouTube मार्फत तपाईहरु समू लेरईसक्नु भएको थियो|अन्त्यमा हामी पुष्प वाईबाको यो म्हेन्दोमाया ज्यबरानी गीति एल्बम तयारी हुने बितिक्कै तपाईहरु समू सार्बजनिक गर्ने नै छौ कृपया अहिलेलाई भने यो १,अज्यो मनेल २, तेमाल नामसै सेलो मानेलाइ बोलको गीत ज्यबरानी एल्बमको प्रोमो हेर्दै गर्नु होला
चीनमा साउलिक आँधी आएपछि दुई सय व्यक्ति हराए, ८६ जनाको मृत्यु र ३ लाख घरपरिवार बिस्थापित
चीन, असार ३० । चीनमा आएको सउलिक नामक आँधीमा परी दुई सय व्यक्ति हराइरहेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले ती सबैको मृत्यु भएको हुनपनि सक्ने जनाएको छ । यद्यपि, हालसम्म ८६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हराइरहेकाको खोजी भैरहेको छ । आँधीका कारण तीन लाख परिवार प्रभावित भएका छन् । चीनको उत्तरी क्षेत्रको फुजियान प्रान्तमा आँधीपछि ठाउँ ठाउँमा पहिरो गएकाले जताजतै सडक अवरुद्ध बनेको छ । त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । प्रतिघण्टा १ सय १९ किलोमिटर रफ्तारमा आएको तूफानले बिजुलीको पोल ढल्नुका साथै सयौं घरका छाना उडाएका छन् ।सउलिक आँधी ताईवान हुँदै चीन प्रवेश गर्न सक्ने अनुमान गरी चीन सरकारले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरेको थियो ।
रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार द्वारा बिदाई कार्यक्रम
रसुवा, असार २९ - रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार द्वारा कतार नफर्किने गरि नेपाल जान लाग्नु भएका संस्थाका सल्लाकार रमेश पौडेल लाई हिजो बिदाई गरेका छन् । उहा सल्लाकार पदमा रही संस्थालाई अगाडी लैजान बिशेष भूमिका निर्वाह गर्नु भाकोमा उहाको कदर र प्रशंस गर्दै हिजो बाक्लो रसुवाली हरुको उपस्थितिमा बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै .संस्थाका अद्यक्ष जिबन लामाले उहाले संस्थामा पुर्याउनु भएको योगदान को चर्चा गर्दै .आगामी दिनमा पनि यस्तै सामाजिक सेवामा लाग्न अनुरोध गर्नु भाको थियो । यसै गरि बिदाई कार्यक्रममा बोल्दै सस्थाका नया र साधारण सदस्य चन्द्र बहादुर तामाङ् ले प्रबासमा आएर एकै पटक यति धेरै रसुवाली दाजु भाई तथा दिदि बहिनि हरु एक जुट भइ एकै ठाउँमा भेट्न पाउदा असाध्यै खुसि भाको र यसरी प्रबासमा पहिलो संस्था मा अबद्दा हुन् पाएकोमा आफु खुसि भएको बताउदै .यो रसुवा बासीको पहिलो प्रबासी संस्था भएकोले एसलाई अझै उचाई सम्म लैजान र शुझाब दिदै .सस्थापक हरु प्रति हृदय देखि नै आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन कर्म सिङ् लामा (निर्दोष ) ले गर्नु भाको थियो । संस्थाका सल्लाकार कर्म रुम्बा लामा .कोष अदयक्ष .कान्छा लोप्चन .सह कोष अदयक्ष मिलन लामा .सदस्य प्रदिप तामाङ् .लगायत २१ जना भन्दा माथि सदस्य हरुको उपस्थित रहेको थियो । दिउसो ५ बजे दोहाको रमणीय स्थल कर्निस स्थित बिदाई कार्यक्रम सम्पन्न भएको थियो .। रमेश पौडेल बिगत ५ वर्षा देखि अल खायाम क्याफेमा ब्रान्च इन्चार्ज हुनु हुन्थ्यो ॥
दुई युवती खोलामा हाम्फाले
पहिरोले आधा दर्जन घर जोखिममा
सिम्ले -रसुवा, असार २२ -
ग्रामीण सडकको स्तर वृद्धि गर्ने क्रममा सरोकार निकायले चासो नदिँदा लहरेपौवा २ सिम्लेका आधा दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । लहरेपौवा २ सिम्ले-भोर्ले-पारच्याङ सडक निर्माणका क्रममा ठेकेदार र सरोकार समितिले चासो नदिँदा घर जोखिममा परेका हुन् । ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना -आरएआईडीपी) ले सडक -ग्राभेल) गर्न दिइए पनि ठेकेदारले तारजाली र सिमेन्टयुक्त पर्खाल निर्माण नगर्दा स्थानीयवासीको घर गोठ जोखिममा परेको हो ।
'नजिकैको पहिरोले घर लड्न लाग्यो,' लहरेपौवा २ की शोभा आचार्यले भनिन्, 'पानी पर्नासाथ रातभरि निद्रा लाग्दैन ।' घरमुनिबाट सडक खनिएपछि समयमा ठेकेदार र सरोकार समितिले तारजाली र सिमेन्ट पर्खाल हालेर सडक संरक्षण नगर्दा घर लड्न लागेको उनले बताइन् । उनको सात जनाको परिवार वषर्ातसँगै पालैपालो सुत्ने गरेका छन् । हिउँदमा सडक निर्माण गर्ने वषर्ात्पछि सामान्य सुख्खा टेवा पर्खाल मात्रै लगाउने गरिएकाले स्थानीय बासिन्दा उठिबास हुने बताउँछन् । 'सडककै कारण उठिबास हुने भो,' शोभाले भनिन्, 'अब हामीकहाँ बस्ने ?' स्थानीय बासिन्दाको घर, गाईबस्तु बाँध्ने गोठ, शौचालय, घर वरिपरिका जग्गासमेत भाँसिएको छ । 'भीषण वषर्ा भो भने घरै जान्छ,' स्थानीय रामहरि आचार्यले भने । घर जोखिममा पर्नुमा जिल्ला विकास समितिको समेत दोष छ । तीन वर्षअघि ३० लाख जिविसको अनुदानमा सडक खनिएको थियो । जिविसले टेन्डर गरेर स्वछन्द एलआइके जेभी इन्द्रप्रसाद सापकोटालाई टेन्डर दिइएको हो । ६ किलोमिटर सडक ग्राभेल गर्न २०६८ चैत ९ गते २ करोड ६२ लाख रुपैयाँको टेन्डर ५० प्रतिशत घटेर उक्त कम्पनीले हालेपछि काम गर्न नसकेको जिविसले जनायो । ठेकेदारले काम नगरेको र कुनै अनियमितता नभएको जिविसले जनायो । दुई वर्षको अन्तरालमा ठेकेदारले २५ प्रतिशतमात्रै काम गरेको छ । तर स्थानीयको घर जोखिममा पर्दासमेत ठेकेदारले बेवास्ता गरेको आरोप रामहरि आचार्यले लगाए ।
निशा छमछमी नाचेपछि (भिडियो)
भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ अहिले चर्चामा छ । चलचित्रको निर्माण यूनिटले प्रचारप्रसार सुरु गरेसँगै यसको चर्चा चुलिएको हो । सुशिल श्रेष्ठको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाहका साथमा नव नायिका सुष्मिता ढकालको अभिनय छ ।
यसैबिच चलचित्रमा समावेश ‘फनफनी’ बोलको गित सार्वजनिक गरिएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ ।
यसैबिच चलचित्रमा समावेश ‘फनफनी’ बोलको गित सार्वजनिक गरिएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ ।
एउटा सोच्दै नसोचेको यात्रा र चेपाङ्ग बस्ति भित्र लुकेको रहस्य (पुरा भिडियो सहीत )
सदा झैं म आफ्नो काममा व्यस्त थिंए । त्यो दिन हाम्रो होटलको त्रिवेणी हलमा एउटा शुभ कार्य (विवहाको ईन्गेजमेन्ट) भईरहेको थियो । मलाई फोटो खिच्ने जिम्मा दिएको हुनाले सके सम्म प्रोफेशनल बन्ने कोशिस गरिरहेको थिएं । त्यतिकैमा पवित्र सेवा समाजकी अध्यक्ष दिक्षा चापागाई जी त्यहाँ आईपुगिन र कान्तिपुरको फन्ट पेजमा अघिल्लो दिनमा छापिएको फोटो र क्याप्शन लेखिएको थियो १० बर्ष दखि ओडारमा बास ,किरा, फटेङ्गा र घाँसको भर । पहिले देखि नै समाजसेवा प्रति अलि बढी रुचि राख्ने भएकोले दिक्षाजी ले पनि एक चोटी वास्तविकता के हो? त्यहीं गएर बुझौंन भनेर अनुरोध गर्नु भयो । कुनै तयारी ओडारमा १० बर्ष देखी किरा फटेङ्ग्रा खाएर बस्दै आएको चेपाङ्ग विना हामी (दिक्षा, उद्धव र म) चितवन जिल्लाको त्यो अति दुर्गम ओडारमा जाने तरखरमा लाग्यौं । यता उता फोन घुमाउन तिर लाग्यौं ।
सिमसिम पानि परिरहेको थियो लाग्यो यो शुभ साईतको संकेत हो । बेलुका भैसकेको हुनाले हामी हतार हतार आफ्नो गन्तव्य तिर प्रस्थान ग¥यौं । उद्धवजि र म कलंकीमा गएर दिक्षाजीलाई पर्खि बस्यौं । धेरै बेरको प्रतिक्षा पछि करिव ८ बजे तिर वहाँ आई पुग्नु भयो । गाडी खोज्दा खोज्दै ९ बजी हाल्यो । वल्ल वल्ल एउटा माईक्रोबसमा हाम्रो यात्रा हुने लगभग टुङ्गो लाग्यो । हाम्रो गाडी आफ्नै रफ्तरमा अगाडी बढीरहेको थियो खै म के–के सोच्दै थिए कतिबेला निदाएछु थाहै भएन ।
व्युझिदा त मुग्लिनमा पुगेका रहेछौं । मन नलागी नलागी पनि त्यहाँ अलिकति खाना खायौं र अगाडी बढ्यौं । रातको करिब १ः३० बजे तिर हामीलाई चितवनको पुलचोक भन्ने ठांउमा झारि दियो । रातको विचमा कहाँ बस्ने के खाने अप्ठेरो परिस्थिति त थियो नै तर पनि हामीले हाम्रो यात्राको दौरानमै एक उच्च प्रहरी अधिकृतलाई हामी यस्तो ठाँउमा जांदै छौं भनेर जानकारीको साथमा आवश्यक सहयोगको लागी अनुरोध गरिसकेका थियौं । वहाँकै सहयोगमा एकजना स्थानिय सुरक्षाकर्मी भाई बसपार्कमा पर्खि रहेको रहेछ । हामी पुग्ने वितिकै वहाँले त्यही नजिकै रहेको होटल जुनमा बस्ने ब्यवस्था मिलाउनु भएको रहेछ हामी त्यहिं गएर हाम्रो त्यस दिनको यात्रालाई विर्सजन ग¥यौं ।
अति थकित पनि थियौं, त्यसैले आराम गर्नतिर लाग्यौ । भोलिपल्ट विहानै ब्युझिदा त झमझम पानी परिरहेको थियो । समाचार सुनौ भनेर टि. भि. खोल्यौ । बाढी पहिरोले र्दाचुलामा विनास बनाएको दृश्यहरु देखाई रहेको थियो । काठमाडौमा सम्र्पक गर्दा घर परिवारबाट पनि काठमाडौ फर्कन आग्रह र त्यस्तो ठाँउमा नजान अनुरोध गरिरहेको थियो । हामी दोधारमा पर्यौ के गर्ने के? सोध खोज गर्दा सबैले नजानको लागी नै अनुरोध गर्नभयो, तर पनि यहाँ सम्म आईपुगेपछि चितवन स्थित कान्तिपुर पब्लिकेशनको अफिस सम्म पुगौनत भनी त्यसतर्फ लागियो । उक्त अफिसमा पुगेर विमलजीलाई भेटियो र कुराकानी गर्दा उहाँले पनि पानी परिरहेको छ ,खोला बढेको छ नजानुस भन्ने नै सल्लाह दिनुभयो ।
त्यो ठाँउमा पुग्नलाई एउटै खोला १५–२० पटक वार पार गर्नु पर्दाे रहेछ । हामी अझै पनि दोधारमै थियौ ,जाने कि नजाने किन कि त्यो ठाँउ अति विकट, अप्ठेरो, दुर्गम रहैकै कारण कोहि पनि हामीसँग जान मान्नु भएन । अन्तमा हामी शक्तिखोर नजिकै गाउँ बेसी चेपाङ्ग संग्राहलय सम्म पुगेर केही जानकारी लिने अनि साझा भिजन कार्यक्रमको सुटिङ्ग लिएर फर्कने क्रममा त्यस तर्फ लाग्यौ । त्यो संग्राहलय तथा आश्रय स्थलमा पुगेर उक्त संग्राहलयकोसंस्थापक के. पि . किरण शर्मासँग साझा भिजनको लागी अन्तरर्वाता लियौं । हामीले हाम्रो कुरा राख्यौं हामी जसरी पनि त्यो चेपाङ्ग बस्तीमा पुग्नुपर्छ , सहयोग गर्नका लागी अनुरोध गर्यौ । वहाँले हाम्रो अनुरोधलाई स्वीर्कानु भयो ।
एउटा बलेरो गाडी रिर्जभ गरेर आफनो गन्तव्य तर्फ लाग्यौ । केहि कि. मि. अगाडी बढ्दै गर्दा हाम्रो गाडी विग्रियो । केही समय त्यो गाडीलाई बनाएपछि हामी अगाडी बढौं करिब १ घण्टाकोे यात्रा पछि हामी टाँडी बजार हुँदै शक्तिखोरको अम्तिम नाकासम्म पुग्यौ । त्यहाँ हामीले विहानको खाना चाउचाउ बनाएर खादैं थियौ खोलामा बाढी आएकोले गाढी त्यहाँबाट अगाडि जान नसक्ने जानकारी दिनुभयो । गुरुजीले हामी त झन अप्ठेरोमा पर्यौ अगाडी जानु कि फर्कनु भयो । केहि समयको सर सल्लाह पछि गाडीलाई फर्काई दियौ र हामी पैदल यात्रा अगाडि बढ्यौ । दर्जनौ जगांरहरु तदै डाँडा, पाखा, भिर, पहिरो खोला नाला सँग रम्दै फोटो खिच्दै अगाडि बढ्यौ, तिन दोभानबाट पाईमाराङ्ग सम्म पुग्नलाई हामीलाई करिब १० घण्टा जति लाग्यो बेलुकी करिब ६ः३० बजेतिर हामी चितवन जिल्लाको सिद्धी गा. वि. स.का वडा नं ८ मा पर्ने पाईमाराङ्गको ओडारमा पुग्दा हामीले आफूलाई छुटै संसारमा पुगेको अनुभव गर्यौ ।
त्यो ओडारमा हामी बल्ल बल्ल पुग्यौ । ७२ वर्षिय हस्त बहादुर चेपाङ्गको हालत देख्दा हामीले मन थाम्न सकेनौ । छोरा मान्छे हो हामीले त मनलाई यस्तै हो संसार भनेर बुझायौ तर दिक्षाजीले टाउकोमा हात राखेर जीबन मानब सभ्यता बिकाशलाइ थाति राखेर धुरुधुरु रुनु भो ।
उनी रोएको देखेर त्यो वृद चेपाङ्गले नरोउ छोरी मेरो कर्म यस्तै रहेछ भनेर सम्झाए पछि हामी नजिकै रहेको गाँउको बस्ती तर्फ लाग्यौ । उक्त घर (खरको झुपडी) त्यहाँको अवलोकन गर्दा जो कसैलाई मन थाम्न गार्हो हुछ नै वर्षैं बर्ष देखि एकसरो कपडामा अनि ओड्ने ओछ्यान केही छैन । चोटा कोठा यता उता हेरियो खानेकुरा केही छैन । खै कसरी तिनिहरु बाँचिरहेका छन एक छिन त म सोच मग्नै भए । एकै चोटि धेरै प्रश्नहरु ओकले जवाफ केही थिएन । सबै आफनो अगाडि छर्लङ्ग थियो । बास हामी त्यहाँ किन गएका थियौ त्यो काम तर्फ लाग्यौ । दिक्षाजीले ७२ वर्षिय हस्त बहादुर चेपाङ्गलाई नुहाई धुवाई नयाँ कपडा लगाई दियो । लगिएको चामल, दाल, आलु आदी तरकारी हस्तान्तरण गरियो र उक्त चेपाङ्गलाई काठमाण्डौ जान अनुरोध गरियो । डाँडा काँडा अँधेरो भैसकेको थियो । हामीलाई अर्को चिन्ता थपियो । के खाने अनि कहाँ सुत्ने? हावा एकदमै चलिरहेको थियो । जाडो भएको हुनाले केहि समय आगो पनि ताप्यौ । मकै पोलेर खायौ । सबै भन्दा ठूलो समस्या त्यहाँ सुत्नकै देखियो । हामीले भोर्लाको पातले बुनेको घुम ओडेर त्यो रात कटायौ । जिन्दगीको यो एउटा नौलो अनुभव बटुल्यौ । राती के को निन्द्रा लाग्थ्यो, एकातिर उपिँया जुम्राले टोकेको छ अर्कोतिर ओड्ने छैन । धन्न गर्मी महिना भएको हुनाले जाडोबाट चै बचियो । भोलिपल्ट विहानै उठेर त्यो ठाँउको अवलोकन गर्दा विकासको किरण पुगेको जस्तो पनि देखिन्थ्यो ।
तर त्यो सेवा खोक्रो थियो । कुनै कुनै NGO-INGO हरुको मागी खाने भाँडो रहेछ । त्यहाँ विजुली सोलारबाट प्रत्येक घरमा बलेको छ । बारीको पाटामा एउटा रुखमा स्पीकर राखेर रेडियो बजाएको छ । रमाईलो जस्तो लाग्छ । तर गहिरिएर हेर्ने हो भने त्यहाँ केहि पनि छैन खोक्रो छ । कति दिनमा चुल्होमा आगो बल्छ ।
वर्षौ वर्षमा एक पटक मागेर लुगा लगाँउछ हामी आफै कल्पना गर्न सक्छौं त्यहाको बसाई कस्तो होला ? ति गरिब चेपाङ्गहरुको हक अधिकार र विकासको लागी के. पि. किरण शर्मा भन्ने एक जना व्यक्तिले दिलो ज्यान लगाएर काम गरिरहेको भेटियो । सरकारको न त राहत पुगेको छ न त कोहि व्यत्ति नै, त्यसैले त्यहाँको चेपाङ्गहरु के. पि. किरण शर्मालाई नै सरकार, मन्त्री, बुबा भन्दा रहेछन । हुन पनि उहाँले चेपाङ्गहरुको लागी ठूलो योगदान दिनु भएको रहेछ । ४७ जना चेपाङ्गहरुका बच्चाहरुलाई आश्रय दिएर पढाई रहेको रहेछ ।
जुन सरकारले गर्न नसक्ने काम उहाँले गरिरहनु भएकोले होला चेपाङ्गहरु उहाँलाई देवता, प्रधानमन्त्री, बुबा भनेर सम्बोधन गर्दा रहेछन् । यसै क्रममा बाटोमा आउँदै गर्दा चेपाङ्गहरुको बारेमा धरै कुरा जान्न मन लाग्यो तर हामीसँग प्रशस्त समय थिएन । मैले सुक्ष्म निरिक्षण गर्दा चेपाङ्गहरुलाई गोटी बनाएर खेल्नेहरु पनि धरै रहेछन् । खान दिने लाउन दिने वाहनामा सोझा चेपाङ्गहरुलाई धर्म परिर्वतन गराएको पनि पाईयो ।
प्रत्येक जसो चेपाङ्गहरुलाई ऋण बोकाईएको पनि पाईयो । चेपाङ्गहरुलाई यस्तो पढाईकोछ उनिहरु सधै गरिबी नै रहिरहोस् । लुगा भएर पनि थोत्रो लगाईयोस् । चप्पल भएर पनि खाली खुटा हिडोस । यसै सिलसिलमा हामीले खाली खुटा हिडिरहेको एक जना चेपाङ्गलाई सोध्यौ तिम्रो चप्पल छैन हेर खुटामा रगत बगिरहेको छ भन्दा छैन भन्यो । झोलामा के छ भनेर हर्दा चप्पल भेटियो । वास्तविकता बुझदा त्यो उनीहरुको रहर भन्दा पनि बाद्यता रहेछ । बाटोमा फर्कदै गर्दा एक जना बी. ए. 3rd Year मा वढ्दै गरेको र चेपाङ्ग जातीमा बढी पढेको चेपाङ्ग भेटियो । वहाँले चेपाङ्गहरुको परिवर्तनको लागी लडिरहेको कथा सुनाउदा परिवर्तन अब धेरै टाढा छैन जस्तो लाग्यो तर खै त्यो चै हेर्नु छ । फेरि भावी दिनमा त्यहाँ पुगियो भने के के परिवर्तन भएछ लेखौला ।
गाउँ बेसी आश्रय स्थलमा अध्ययन गर्दै गरेकी जमुना चेपाङ्गले दिएको जानकारी अनुसार चेपाङ्गहरु पुराना , थोत्रा कपडा लगाँउछन तर चेपाङ्गको भेष भुषा चै फरिया, चौबन्धी चोलो पटुका हो रे । चेपाङ्गरु गिठा भ्याकुर खान्छन् कहिले काही ढिडो पनि खान्छन । प्रायजसो बनको कन्दमुल खाएर बाँचेका हुन्छन् । चेपाङ्गहरु धेरै नै अशिक्षित हुन्छन् । यो जाती अति पिछडिएको जातिमा पर्दछ । अशिक्षित भएकै कारणले गर्दा यिनिहरुले सानै उमेरमा विबाहा गर्छन ।
अर्को यात्रा संस्मरणमा भेट्ने वाचा गर्दै अहिलेलाई विदा पाँउ । नमस्कार
रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार
प्रेस बिज्ञप्ति
०१ -०७-२०१३
जिल्लामा हुने गरेका बिभिन्न राजनैतिक तथा अनैतिक गतिबिधि हरु ले हामी प्रबाशमा हुने सम्पूर्ण रसुवा बासी हरुको ध्यान आकर्षण भएका छौ । बिगतका केहि समय देखि ,पार्टीगत दुस्मनी बढ्दै , विकासका काममा अबरोध पुर्याउनु .सार्बजनिक सम्पति हरुमा क्षति पुर्याउनु .एकै गाउका दाजु भाई तथा दिदि बहिनि हरु लाई उचाल्दै एकअपसमा झैँ ,जगडा गराउनु ,स्थानिय लाई कुटपिट गर्नु र जनतालाई सास्ती दिदै जिल्ला लाई नै बन्द गराउनु जस्ता बढ्दै गइरहेको अनैतिक राजनैतिक क्रियाकलाप प्रति घोर आपत्ति प्रकट गर्दै निन्दा गर्दछ ।
हामी प्रबाशमा आएर पनि आफ्नो जिल्ला लाई अरु सामु चिनाउने अभियानमा जुट्दै गर्दा . यस्ता जिल्लालाई नै बेइजत गराउने खालका क्रियाकलाप हरुले हाम्रो रसुवालाई अरु सामु चिनाउने अभियानमामा समेत अबरोध पुगेको कुरा पनि जानकारी गराउन चाहन्छु । केहि बर्ष पहिला प्राकृतिक स्रोत को खानी र सुन्दर शान्त रसुवा भनेर चिनेने ठाउमा आज ,तस्करी र भ्रस्टचारी हरुको जिल्ला ,भनेर नाम दिन थालेको र जिल्लामा हुने राजनैतिक क्रियाकलाप हरु नरोकेर यस्तै रहे अब रसुवा पुरै बदनाम हुने पूर्व जानकारी पनि गराउन चाहन्छु ॥
आदरणीय न्याय प्रेमी र अनुशाशित र बुद्दिजीबी आम रसुवाली दाजु भाई तथा दिदि बहिनि हरु ,हामी कुनै पनि पार्टीगत रुपमा नभई एकअपास मा मिलेर गाऊ बिकासमा जुटौ अब देखि राजनैतिक नेताको पछि लाग्न छोडेर समुन्नत जिल्ला निर्माणमा जुट्न हामी प्रबासमा रहेर आफ्नो पशिना बगाईरहेका सम्पूर्ण रसुवा बासि हरु हार्दिक अनुरोध गर्न चाहन्छु ॥
केहि दिन पहिला रक्तचन्दन तस्करीको आरोपमा पक्राउ परेका हरुलाई उचित छानबिन गरि छिटो भन्दा छिटो कानुनी कारबाही गर्न पनि हामी जोडदार माग गर्दा छौ । र जिल्ला मा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दल ,तथा सामाजिक संघ संस्था हरु प्रति पनि अब एस्तो अनैतिक क्रियाकलाप हरु नगर्न र नगराउन हामी सबैको ध्यानआकर्षण गराउन चाहन्छु ॥
धन्यवाद .
जिवन लामा ,अद्यक्ष
रमेश पौडेल ,सल्लाकार
कर्म सिङ्ग लामा (निर्दोष ) सचिब तथा संचार
रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार परिवार
०१ -०७-२०१३
जिल्लामा हुने गरेका बिभिन्न राजनैतिक तथा अनैतिक गतिबिधि हरु ले हामी प्रबाशमा हुने सम्पूर्ण रसुवा बासी हरुको ध्यान आकर्षण भएका छौ । बिगतका केहि समय देखि ,पार्टीगत दुस्मनी बढ्दै , विकासका काममा अबरोध पुर्याउनु .सार्बजनिक सम्पति हरुमा क्षति पुर्याउनु .एकै गाउका दाजु भाई तथा दिदि बहिनि हरु लाई उचाल्दै एकअपसमा झैँ ,जगडा गराउनु ,स्थानिय लाई कुटपिट गर्नु र जनतालाई सास्ती दिदै जिल्ला लाई नै बन्द गराउनु जस्ता बढ्दै गइरहेको अनैतिक राजनैतिक क्रियाकलाप प्रति घोर आपत्ति प्रकट गर्दै निन्दा गर्दछ ।
हामी प्रबाशमा आएर पनि आफ्नो जिल्ला लाई अरु सामु चिनाउने अभियानमा जुट्दै गर्दा . यस्ता जिल्लालाई नै बेइजत गराउने खालका क्रियाकलाप हरुले हाम्रो रसुवालाई अरु सामु चिनाउने अभियानमामा समेत अबरोध पुगेको कुरा पनि जानकारी गराउन चाहन्छु । केहि बर्ष पहिला प्राकृतिक स्रोत को खानी र सुन्दर शान्त रसुवा भनेर चिनेने ठाउमा आज ,तस्करी र भ्रस्टचारी हरुको जिल्ला ,भनेर नाम दिन थालेको र जिल्लामा हुने राजनैतिक क्रियाकलाप हरु नरोकेर यस्तै रहे अब रसुवा पुरै बदनाम हुने पूर्व जानकारी पनि गराउन चाहन्छु ॥
आदरणीय न्याय प्रेमी र अनुशाशित र बुद्दिजीबी आम रसुवाली दाजु भाई तथा दिदि बहिनि हरु ,हामी कुनै पनि पार्टीगत रुपमा नभई एकअपास मा मिलेर गाऊ बिकासमा जुटौ अब देखि राजनैतिक नेताको पछि लाग्न छोडेर समुन्नत जिल्ला निर्माणमा जुट्न हामी प्रबासमा रहेर आफ्नो पशिना बगाईरहेका सम्पूर्ण रसुवा बासि हरु हार्दिक अनुरोध गर्न चाहन्छु ॥
केहि दिन पहिला रक्तचन्दन तस्करीको आरोपमा पक्राउ परेका हरुलाई उचित छानबिन गरि छिटो भन्दा छिटो कानुनी कारबाही गर्न पनि हामी जोडदार माग गर्दा छौ । र जिल्ला मा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दल ,तथा सामाजिक संघ संस्था हरु प्रति पनि अब एस्तो अनैतिक क्रियाकलाप हरु नगर्न र नगराउन हामी सबैको ध्यानआकर्षण गराउन चाहन्छु ॥
धन्यवाद .
जिवन लामा ,अद्यक्ष
रमेश पौडेल ,सल्लाकार
कर्म सिङ्ग लामा (निर्दोष ) सचिब तथा संचार
रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार परिवार
Subscribe to:
Comments (Atom)

















.jpg)
.jpg)









