दुर्घटनामा दुई जनाको मृत्यु, १६ जना घाइते ।।
रसुवाको गत्लाङबाट धादिङ जान तिर्थयात्री चढेको गाडी गएराति दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दुर्घटनामा गत्लाङ–५ का ५५ वर्षीया रिम्जेन छोमो तामाङ र ६५ वर्षीया नाग्त्री तामाङको मृत्यु भएको हो । घाइते भएका १६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धुन्चे पठाइएको प्रहरी चौकी थाम्बुचेतका प्रहरी नायव निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घाइते भएका मध्ये सात जनाको अबस्था गम्भीर रहेको छ । घाइते भएका गाडी मालिक तथा चालक दावा गोम्बु तामाङको अबस्था समेत गम्भीर रहेको छ । घाइते हुनेमा अधिकांश बृद्ध र महिलाहरु रहेका छन् । गत्लाङ–५ बाट धादिङको सेरतुङको सिङ्लामा लाग्ने मेलामा सहभागि हुन जान लागेको गाडी गत्लाङको इग्रे भिर भन्ने स्थानमा दुर्घटना भएको हो । बा.२ ख २९५६ नम्बरको गाडी कच्चि सडकमा उक्लन नसकेपछि पछाडी हटेर अगाडी बढ्ने क्रममा पछाडी बग्दै दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।