तामांग समाज युएईको अधिबेशन अक्टूबर ४ मा हुने ।






तामांग समाज युएईले आगामी  अक्टूबर  मा  आफ्नो अधिबेशन गर्ने निर्णय गरेको   आफ्नो  बर्षे कार्य कालको समाप्ति संगैसमाजको ९ अगष्ट ज़बील पार्क मा बसेको बैठकले चौंथो अधिबेशन गर्ने निर्णय गरेको थियो र यसको जिम्मा संस्थाका कार्यकारी अध्यक्ष महेश मोक्तानलाई दिएको थियो। सन २००५ मा स्थापना भई युएईमा कार्यरत तामांगहरूलाई एकजुट गर्दै संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सम्म तीनवटा अधिबेशन सम्पन्न गरिसकेको समाजको बर्तमान अध्यक्षमा राम मोक्तान रहनु भएको छ ।अहिले सम्म संस्थाले युएईको सातै वटा शहरमा आफ्नो शाखा विस्तार गरिसकेको अवस्था छ भने तामांग हरुको बाक्लो उपस्थिति रहेको क्षेत्रमा  इकाई कार्य समिति हरु पनि गठन गरेर सम्भवत युएईमा नै सबै भन्दा ठुलो संजाल भएको समाजको रुपमा  उभ्याउन सफल भएको छ ।हाल सम्म संस्था को केन्द्रिय कार्य समिति सहित ११ वटा शाखा बिस्तार भै सकेको छ । जसमा सात वटा छेत्रीय समिति सहित तामांगहरुको बाक्लो उपस्थिति रहेको क्षेत्र दुबईको सोनापुर,अलकुज र आबुधाबीको अल ऐन मा इकाई समिति रहेको छ ।
विभिन्न समयमा समाजले युएईमा रहेको तामांगहरुलाई एकिकृत गर्दै समयानुसार  आवश्यक कार्यक्रमहरु गर्दै आएको जसमा ल्होछार पर्ब, बुद्ध जयन्ति जस्ता तामांग संस्कृति पर्ब हरु संगै संस्थाको सदस्य हरु को सिप विकास गर्न को लागि भाषा तथा कम्प्युटर सम्बन्धि  माइक्रोसफ्ट अफिस  तालिम अनि क्यारियर ग्रोथको लागि CGC(Carieer Guidance & Counselling) जस्ता कार्यक्रम हरु गर्दै आयको छ । साथै गत बर्ष देखि नेपालमा तामांगहरुको बाक्लो जन संख्या रहेको जिल्लाको   स्कुलहरु मा  आर्थिक सहयोगको रुपमा नगद रु एक लाख (१,००,०००/-) प्रदान गर्दै आएको छ र यो वर्ष पनि निरन्तरता  दिने कार्यक्रम छ ।
कार्यकारी अध्यक्ष महेश मोक्तानले दिनु भएको जान कारी अनुसार अधिबेशनको सम्पूर्ण कार्यहरु तिब्र रुपमा  अगाडी बढी रहेको छ ।अधिबेशनको घोषणा सभा आगामी १४ अक्टूबरमा बखरी ईद बिदाको अवशर पारि एक समारोह आयोजना गरि सांस्कृतिक कार्यक्रम सहित गरिने छ ।