मिनीट्रक दुर्घटना, रसुवा

मिनीट्रक दुर्घटना, रसुवा 
रसुवाको गतलाङ ६ मा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १५ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यलय, धुन्चे ल्याईँदैछ । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ । गतलाङबाट मेला भर्न धादिङको सिम्ला जाँदै गर्दा हेरुङ भिरमा दुर्घटना भएको हो । सडकबाट ३०० मीटर तल खसेको मिनीट्रकमा ४० भन्दा बढी यात्रु सवार थिए । शनिबार राती भएको दुर्घटनामा अह्रीदमन गणको मान्चेत पोष्टका सेना, प्रहरी र स्थानियको टोलीले उद्दार गरेको थियो ।