हङकङमा ३४ वर्षपछिकै सबैभन्दा शक्तिशाली टाइफून

हङकङ, २२ सेप्टेम्बर। साँझ करीव पौने सात बजेदेखि सुरु भएको ८ नं. को ताईफून (आँधीबेहरी)ले हङकङको जनजीवन अस्तव्यस्त बनाएको छ। एकैचोटी आँधीबेहरी र ठूलो वर्षाका कारण सर्वसाधारण सुरक्षित स्थानमा बसेका छन्। यसअघि, ठूलो आँधीबेहरी आउने संकेत पाएपछि सरकारले घर बाहिर वा कार्यस्थलमा रहेकाहरुलाई सुरक्षित गन्तव्यमा जान सूचित गरेको थियो। ताइफूनका कारण क्याथे प्यासिफिक, ड्रागनएयर र हङकङ एयरलाइन्सलगायतका थुप्रै अन्तर्राष्ट्रिय उडानहरु साँझ ६ बजेदेखि रद्द भएका छन्। त्यसैगरी, डिस्कोभरी बे र मुई वोबीच चल्ने फेरी सेवा र पिक टार्मलगायत अन्य सेवाहरु बन्द भएका छन्। मौसम विभागले हङकङमा जारी ताइफून ३४ वर्षपछिको सबैभन्दा शक्तिशाली हुने अनुमान गरेको छ। source : एचकेनेपाल डट कम