पुष्प वाइबाको ज्याबरानीको बिमोचन तथा साथमा लामा भाइको परदेशी खबर डट कमको उद्घघाटन समारोह

परदेशमै रहेर पनि आफ्नो भाषा,लिपी,धर्म,रितिरिवाज,भेषभुषा कला,संस्कृतिको जगेर्ना गर्दै पुष्प वाइबाले आफ्नो तामाङ भाषामै म्हेन्दोमाया गीतको बोलमा तपाई हामीसामु ज्यबरानी एल्बम लेएरा आइसकेका छन् |
वाइबा बिगत ३,४ महिना अगाडी नेपाल जानुभाई आफ्नो ज्यबरानी एल्बमको गीत रेकाटिंग साथै भिडियो समेत गरेर कुवेत फर्केका थिए भने सोहि ज्यबरानी एल्बमको बिमोजन यहि आउदो सेक्टेम्बर २७ तारिक गर्ने भएको छ |
र साथमा नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरु लामा भाई इस्ट मान वाइबा बिगत केहि महिना अगाडी खाडीन्यूज डट कममा सह-सम्पादकको कारोबार समाल्दै आइरहेको थियो भने अहिले आएर लामा भाइले आफ्नै website http://www.pardeshikhabar.comको तयारी अन्तिम चरणमा पुगिसकेको र यहि आउने सेक्टेम्बर २७ तरिकनै नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा पुष्प वाइबा र लामा भाई इस्ट मान वाइबाको संयूक्ता रुपमा बिमोजन कार्यक्रम तथा उद्घाटन समारोह जिलिब रिदम कम्युनिटी हालमा मध्यान्न १ बजे देखि गर्ने निर्णय हिजो बसेको घेदुङको बैठकले पारित गरिएको छ |
र नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा उहाँ ४० दिनको छुटीमा नेपाल जानुभइ केन्द्रीय घेदुङले भवन बनाउने सम्बन्धी र अन्तराष्टिय तामाङ सम्मेलनका केहि कुराहरु साथमा सन्जु ब्लोनको लागि केहि आर्थिक सहयोग घेदुङ कुवेत बाट अध्यक्ष राम लामालाई पठाएको थियो भने उहाले आफ्नै हातबाट आर्थिक वितरण गरिसकेको र पिडित परिवारले घेदुङ्ले गरेको सहयोगलाई खुसि ब्यक्त गर्दै घेदुङ कुवेत परिवारलाई धन्यवाद दिएको कुरा पनि उहाले हिजोको बैठकमा राख्नु भएको थियो |
र अध्यक्ष ४० दिनको छुटी सकेर कुवेत फर्किन्ने क्रममा उहाँले तामाङ डाजाङ,छार गोङमा,र तामाङ साँस्कार जस्ता किताबहरु कोसेली सोरुप लेउनुभइ हिजोको बैठकमा वितरण गर्नु भएको थियो कुवैत बासी सम्पूर्ण दाजु भाइ तथा दिदीबहिनीहरु मा उपस्थितिको लागि बिनम्रता पुर्बक हार्दिक अनुरोध गर्दछौं।

समया: दिन को १ बजे
मिती : सेप्टेम्बर 27,09,2013
स्थान : कुवैत आबासीया रिदम हलमा कुबेत