कुवेत,सोनाम ल्होछारमा अतिथि कलाकारद्धारा चुलेनिम्तो (भिडियो ) सहित



लामा भाई,
नेपाल तामाङ घेदुङ कुवेतद्धारा आयोजित तामाङहरुको महान चार्ड २८५० औं सोनाम ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित् चर्चित लोक गायक मिलन लामा साथमा चर्चित म्हेन्दोमाया तथा सेलो गायिका रामला पाख्रिनले कुवेतबसी सम्पूर्ण नेपालीहरुलाई अहिले देखिनै चुलेनिम्तो गरिएको भिडियो अब तपाईहरुले परदेशी खबर बाट हेर्न सक्नु हुनेछ |||

यसरी हुँदैछ काठमाडौमा साझ ढल्केपछि यौन व्यापार

 एक गाँस भात चपाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्इशारा
गरिरहेका हुन्छन्, ‘कपडा अलि माथि सार,मलाई पनि निशानामा पार ।’ चुरोटको धुँवा,मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा । तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा एक रिपोर्ट....
रात ढलदै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेलबानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छजताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।

होकाठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनुधेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छत्यसका लागि पातलो पहिरनमात्र होइन एक थान अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ ।

मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायोअब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त ?’ उनीले भनिन्, ‘किन नचिन्नुखोइ भाग्यले कहाँ पुयायो ?’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसारकसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर फलानीमिलाइदिनु पयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनुडान्स बार चलेको देखिन्छमहिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।

उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छेकति राम्री छेयसैले धानेको छ बारमोरीलाई दुबईबाट फिर्ता बोलाएकोयसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएनआउँछरक्सी पिउँछछानिछानी तरुनी लैजान्छ,पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्नेन जग्गा कारोबारन कुनै लेनदेनको तमसुक न कागजपैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।

बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । नमस्ते मलाई चिनिस्योउनी छेउमै आएर बसिन् र भनिन्हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । किन जान लागेको ?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैनभविष्य यसैमा जाँदैनत्यसैले विदेश जान लागेँगाउँ जान पनि सक्दिन |

एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । स्वास्नी कसैले बनाउँदैनकति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन ?’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।

काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबारक्याबिनमसाजदोहोरी साँझखुला रेस्टुरेन्टडिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनरवेटरक्याप्टेनगायिकामसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।

ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरीडान्सडिस्कोमसाजमा सम्पर्क भए पनि यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।

उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।

उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सयअसईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एकएकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।

सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाईआनन्दको प्रसाद’ बाँडिरहेका डान्सडिस्कोदोहोरीमसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।

विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्,डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।

साझा यात्रा मासिकको आवरण रिपोर्ट

४ जना रसुवालिको सहयोगमा नेपाल फर्कीइन . आकृति घिसिङ्ग तामाङ्

कर्म सिङ लामा ( निर्दोष ) दोहा कतार २०१३ डिसेम्बेर २२

सस्थागत होस् या व्यक्तिगत सामाजिक तथा मानबिय सहयोग सेवामा सधै अघाडी रहेको दोहा मा बस्ने रसुवाली हरु ले ४ जना को बिशेष सहयोग मा रसुवा कै चेली आकृति तामाङ् आज नेपाल फर्केकी छिन | मुस्लिम धर्म लम्वी हरुको महान चाड बक्रीइत को दिन सनैया ३६ नोम्बर स्थित उद्घाटन गरिएको दुबई रेजेन्सी को अर्को ब्रान्स ग्रान्स महलमा क्यासियर काम गर्ने आकृति ३ महिना पुरा नहुदै कम्पनी को प्राबिधिक कारण काम छोडेर बसेका थिए |

पटक ,पटक नेपाल जान चाहे पनि कोम्पनीले घर नपठाएको र भने जस्तो काम पनि नदिए पछि आकृति ले काम छोडेर बसेका थिए | १७ गते बेलुका कर्म सिङ लामा ले कम्पनीको प्रधिनिधि संग गरिएको कुराकानीमा लामा ले घर पठाउन अनुरोध गरेको थियो | लामाले गरेको अनुरोध लाई स्वीकार गर्दै . आफ्नै पैसा ले टिकट काटेर आए नेपाल पठाउन सहमत भएका थिए | नेपाल पठाउने सहमति भए लगत्तै कर्म रुम्बा लामा .प्रदिप तामाङ् ( टासी ) कान्छा लोप्चन र कर्म सिङ लामा टिकट लिएर ३६ नोम्बर स्थित क्याम्प मा पुगेको थियो |यसरी सहयोग गर्ने सहयोगी मन भएको ४ जना नै रसुवा गोसाई कुण्ड को प्रधिनिधि हरु हुन् कर्म रुम्बा लामा, सल्लाकार प्रदिप तामाङ् ( टासी ) कार्य समिति सदस्य कान्छा लोप्चन कोष अदय्क्ष र कर्म सिङ लामा ( निर्दोष ) सस्थापक सचिब रहेका छन् |

क्याम्पमा पुगेर आकृति लाई टिकट दिन .१० मिनेट क्याप बाट बाहिर निकाल्न अनुरोध गरे पनि क्याम बाट बाहिर निस्किने अनुमति नदिए पछि क्याम्प बोस लाई टिकट दिएर फर्केका थिए | स्मरण रहोस बाहिर देख्दा झिलीमिलि देख्ने महलमा काम गर्ने हरु नेपाल सरकारले तोकेको भन्दा न्यून सेलरी मा काम गर्ने गरेको र सानो सानो गल्ति लाई पनि ठुलो भनाएर अनाबश्यक दुख दिईरहेको | सोहि कम्पनी मा काम गर्ने झापा को एक जना भाई पनि उस्तै पिडित रहेको बताएको छ |

कक्षा १२ को परिक्षा सकाएर विदेश लागेको भोर्ले ३ रसुवा , आकृति तामाङ् यसरी परदेश मा आएर दुख पाउदा .आफ्नै जिल्ला बसीको बाट सहयोग पाएर नेपाल फर्किनु पाउदा .निकै खुसि भएको र आफुले यो सहयोग कहिल्यै नभुल्ने बताउदै बिहान दोहा .बिमानस्थल पुगेको कर्म रुम्बा लामा .लाई बताएको छन् |

अबुधाबीमा हुने साँकृतिक साँझ २०७० को तैयारी पुरा


शुसी पुलामी, अवुधावी – केरला सोसियल सेन्टर अबुधाविमा हुन लागेको शुभ दिपावली साँझ २०७० को तयारी पुरा भएको छ । आगामी १५ नोभेम्बर २०१३ मा आबुधाविमा हुन थालेको नेपाल आदिवासी जनजाति युवा परिषद युएईको विशेष महाधिवेशन, घोषणासभा एवं शुभदिपावली साँकृतिक साँझ २०७० हुन लागेको समितिका संयोजक मोहन कुमार तामांगले जानाकारी दिएका छन् ।

८ नोभेम्बर २०१३ मा परिषदको सचिवालय आबुधाबिमा अध्यक्ष हरिबहादुर घर्तिमगरको अध्यक्षतमा भएको बन्दसत्रले विशेष महाधिवेशनले गर्ने, परिषदको विधान संसोधन, आगामी २ वर्षे नीति तथा कार्यक्रम बनाउदै नयाँ नेतृत्व चयन गरी सकेको भएपनि उक्त कुराको घोषणा १५ नोबेम्बर २०१३ मा विशेष महाधिवेशन, घोषणासभा स्थल केरेला सोसियल सेन्टर आबुधावी युएईमा मात्र हुने जानकारी प्रवक्ता सोनाम दोर्जे लामाले बताए ।


साथै उक्त विशेष महाधिवेशनमा हुने शुभ दिपावली साँकृतिक साँझको तयारी युद्द स्तरमा भै रहेको र उक्त साँकृतिक कार्यक्रममा उपस्थित दर्शक हरुलाई विगतका सांकृतिक कार्यक्रम भन्दा मिठो र भरपुर आनन्दको अनुभव दिईने परिषदका साँकृतिक विभाग प्रमुख एवं कलाकार सुमन सिङ्गदेन र सांकृतिक कार्यक्रम संयोजक चुमन काउछाले बताए ।

नयाँ प्रतिभावान महिला कलाकार निशा घले, जोया लामा, माइली स्याङ्बो, नानु मैया सुनार, उषा तामांग, गीता ठकुरी, प्रतिक्षा सर्मा, भानु लोचन, सुशिला मगर, बिमला तामांग, अनुपमा राई रहेका छन् भने नेपालका चर्चित एवं सफल डान्स मास्टर सन्तोष तामांगको प्रश्तुति सहित गायक चुमान काउछा, सुदन सिङ्गदेन र डान्सर विकल्प राईको प्रश्तुति हेर्न पाइने डान्स प्रशिक्षण दिइरहेका सन्तोस तामांगले वताए ।


दिपावली आदिवासी जनजातीको चाडपर्व

दिपावली २०७० को शुखद उपलक्ष्यमा सम्पुर्ण जातजाति,भाषा,धर्म र साँस्कृतिका समस्त मित्रहरु एवं समस्त नेपालीहरुमा शुख,शान्ती एवं संवृदीका साथै जातिय,भाषिक र साँस्कृतिक सहिस्णुताको शद्भाव कायम रहोस् भनि हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु | साथै "तिहार्" पर्व वली राजा सँग सम्वन्धित भएको र तिहारपर्वमा आज पर्यन्त पनि सर्वत्र देउसी भैलो खेल्ने चलन रही आएकोछ,सो देउसी भैलो खेल्दा भट्ट्याउनेले "वलिराजाको हुकुम हुँदा आएको हामी ......"जस्ता शब्दोच्चारोण गरिदै आएवाट तिहारपर्व ईतिहासको एउटा निस्चित कालखण्डमा बलिराजालेनै चलाएका थिए भन्ने प्रमाण झल्कन्छ | भैलो देउसरी जस्ता शब्दको नेपाली भाषा र सस्किर्त भाषामा कुनै खास अर्थनै छैन | यि ऐतिहासिक शब्द मगर भाषामा शब्द उच्चारण भएको भनेर बिभिन्न मगर भाषा विद्द्वान हरुले भैलो र देउसरी फ ए लो बाट भैलो र घे उ स रि बाट देउसरी अपभ्रम्स भएर आएको हो भनेर भन्दछन् | यसको मगर भाषामा अर्थ हुन्छ फ ए लो को अर्थ हो लाई बचाय यौ,घे उ स रि को अर्थ ]ठुलो धर्मात्माको राजालाई बचायौ अर्थात् "ठुलो धर्मात्मा वली राजालाई बचायौ" |
लुम्बिनी अञ्चल पाल्पा जिल्ला, बल्ढेङगढी गा.वि.स. वडा नं. ५ मा बल्ढेङगढी पर्दछ । त्यहीं ऐतिहासिक सामरिक किल्लाको उपस्थितिको कारण नै त्यस गाउँका नामकरण गरिएको हो । महाभारत श्रृङखलाको दक्षिणी भागमा पर्ने उक्त गढी पहिले पहाड मधेश गर्ने बाटोमा पर्ने हुँदा चौकी पनि बसेको थियो । मध्यकालमा यस गढीको ऐतिहासिक र सामरिक महत्व रहेको थियो बल्ढेङगढीमा पहिले मगर उमराउ बस्दथे र यसको निर्माण बलिहाङ राजाले गरेका थिए । ती बलिहाङ राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, द्यौंसी र भैलो खेल खेली यमराजसँग आफ्ना राजाको आयू बढाइदिन प्रर्थाना गरे । फलस्वरुप राजा बलिहाङ आकाल मृत्युबाट बचेका थिए । पछि त्यो साँस्कृतिक परम्पराको रुपमा विकसित भएर दर्शैंपछि तिहारमा द्यौंसी र भैलो खेल्ने मगराँतको परम्परा विकसित भएको लोक इतिहास पाइएको छ ।
इतिहासविद् एम एस् थापा मगर अनुसार लिक्षिबी कालिन समयमा बोल्ने बैसाली भाषा र हालको मगर भाषा हरुमा धेरै मेल खान्छ | ईतिहासका मर्मोद्घाटन स्पस्ट वक्ताको रुपमा ख्याती प्राप्त प्रो.डा.राजाराम सुवेदी समेतले  [प्रज्ञा ६५ /१-१३] ले आफ्नो पुस्तकमा १२ मगरातको केन्द्र पाल्पाको बल्डेङ्गडी थियो जसका संस्थापक वलिहांङ् [राजा]थिए भँने त्यो राज्यको अन्तिम राजा रनविर रानामगर थिए भन्ने ईतिहासको मर्ममा लुकेको दुर्लव ऐतिहासिक तथ्यहरु रहस्योद्घाटन गर्नु भएकोले पनि वालिहांग राजा रानामगर थिए |राई,लिम्बु,मगर लगाएतका अधिकाम्स नेपालका आदिवासी जनजातीको भाषिक भिन्नत रहेपनी राजालाई [हांङ्] भन्ने गर्छन् भने खस भाषामा राजालाई राजा र संस्कृतभाषामा राजालाई राजन भनिने तथ्यवाट पनि दिपावली "तिहार्" पर्व नेपालका आदिवासी जनजाती हरुको चाडपर्व थियो भन्ने प्रमाणित हुन्छ | काग्,कुकुर र गाईतिहार बलिहांङ् राजासँग र भाईटिका सँग कुनै सरोकार नराख्ने हुँदा तत्काल ब्राम्हण शासकहरुले यो जनजातीको "तिहार्" चाडमा घोलिदिएको हो भन्ने नकार्न सकिन्न | हिन्दू धर्मका देविदेवता राम्,कृष्ण,दुर्गा,काली जस्ता अधिकांस देवी देवतालाई हेर्दा हिंसाबाट श्रीजित भएकोले र "तिहार"कुनै वली दिनेगरी काटमार नहुने हुँदा यो चाड गैर हिन्दुहरुको हो भन्ने सवालमा दुईमत छैन | तथापी विगतमा बाम्हणवादी शासकहरुले हिन्दू धर्मको चाडपर्व भनेर आम जनसमुदायमा भ्रम श्रीजना गरेको देखिन्छ | स्मरण रहोस् ईतिहास विद् एमएस थापामगरको प्राचिन मगरहरु र अख्खारीका पुस्तक अनुसार नेपालमा हिन्दू धर्मको विकास १२औं सताव्दिमा शंकरचार्य नेपालमा प्रवेस भए पछि मात्रै भएको थियो |स्वंयम भारतका प्रसिद्द ईतिहासकार प्रो.भण्डारले दोर्सो सताव्दी देखि चौथो सताव्दीको अन्त्य सम्म बाम्हणको धर्मलाई दर्साउने कुनै पनि भवन् वा वस्तुकला देखा परेको छैन | हात्तीको जस्तो सुड भएको गणेस देउता ईस्वी सन् सातौ सताव्दी भन्दा अगाडी थिएन | प्राचिन वैदिक धर्म धर्ममा र बाम्हण धर्म हिन्दू धर्ममा परिणत पाचौं सताव्दिमा भएको हो भनेर प्रस्ट भन्नु भएको छ | जवकी बलिहांङ् [राजा]को तिहार सम्वन्धी किंवदन्ती सताव्दिऔ पुरानो देखिन्छ | हरि घर्ति मगर {अध्यक्ष आदिवासी जनजाति परिषद युएई}

अबुधाबीमा तामाङको दोस्रो वार्षिक भेला हुने


अवुधावी । तामाङ समाज युएई अबुधाबी क्षेत्रिय कार्यसमितिको दोस्रो वार्षिक भेला मुसाफाहमा हुने भएको छ । भेला आगामी नोभेम्बर ८ तारिखमा गल्फ गार्डेन रेस्टुरेन्ट मुसाफाहमा हुने समाजले जनाएको छ । प्रवासमा रहेका तामाङहरुलाई एउटै सामजिक साझा सन्जाल भित्र समेट्ने र तामाङ जातिको मौलिक सांस्कृति, भाषा, साहित्य एवम जातीय सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने प्रमुख उद्देश्यले गठन गरिएको भनिएको तामांग समाज युएइको सबै क्षेत्रमा फैलिएको एक मात्र जातीय संस्था भएको समाजको दाबी रहेको छ ।

रोजगारीका शिलशिलामा युएई, अबुधाबीस्थित बिभिन्न क्षेत्रमा रहनु भएको सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरु बोलाइएको दोस्रो वार्षिक भेलामा संस्थाको उदेश्य एवम लक्ष्यलाई मूर्तरुप दिनाको लागि सदस्यता बिस्तार तथा तामाङ समाज युएई, अबुधाबी क्षेत्रिय कार्यसमितिले अगाडी बढाएको एसएमएस खुत्रुके सेवा लाई प्रभावकारी बनाउने समाजयोजना गर्न लागिएको केन्दीय समितिका उपाध्यक्ष कमल लामाले बताए ।

तामाङ समाज युएई, अबुधाबी क्षेत्रिय कार्यसमितिको पहलमा थालिएको नेपालमा तामांग बाहुल्यता रहेको स्कुललाई आर्थिक सहयोग कार्यक्रम सपोर्ट माइ स्कुललाई प्रचारप्रसार तथा तामाङ समाज केन्दीय योजनालाई अबुधाबी क्षेत्रमा जानकारी गराउन दोस्रो वार्षिक भेलामा गरिएको आयोजकले जानकारी गराए ।

भ्रम हटाउन जनजाति युवाको विशेष महाधिवेशन

अध्यक्ष हरि बहादुर घर्ती मगरको अध्यक्षतामा बसेको नेपाल आदिवासी जनजाति युवा परिषद युएईको बैठकले १५ नोबेम्बर २०१३ मा आबुधाबीको केरेला सोसियल सेन्टरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ | आबुधाबीको एयरपोर्टरोड स्थित परिषद्को सचिवालयमा बसेको परिषदको पाँचौ बैठकले विशेष महाधिवेशनको घोषणा-सभामा दिपावली साँस्कृतिक साँझ गर्ने निर्णय गर्दै उपाध्यक्ष मोहन कुमार तामांगको संयोजकत्वमा ९ सदस्यीय तैयारी समिति निर्माण गरेको छ ।
 संस्थाका उपाध्यक्ष दिपेन्द्र कुमार राई,नेवा समुदाय संगठन विभाग प्रमुख मोहन कुमार श्रेष्ठ,लिम्बु समुदाय संगठन विभाग प्रमुख दिपराज योंगहांग लिम्बु,सेर्पा समुदाय संगठन बिभाग प्रमुख सोमु सेर्पा,कोषाध्यक्ष सुजन थापामगर,सचिव सुर्य भक्त श्रेष्ठ, सचिवालय सदस्य सोनाम दोर्जे लामा र आकाश लामालाई सदस्यमा चयन गरिएकोछ । दिपावली साँस्कृतिक साँझ तयारी समिति संयोजकको जिम्वेवारी साँस्कृतिक विभाग प्रमुख सुमन सिंगदेन कार्यक्रम साँस्कृतिक संयोजक चुमानसिंह काउछामगर र सहसंयोजक विकल्प राई र तामाङ्ग समुदाय संगठन विभाग प्रमुख भिम लामा तामांग र प्रवक्ता नविन थापा मगर समेतको ५ सदस्यीय समिति निर्माण गरी आवस्यक जिम्मेवारी दिईएको छ |
नेपाल आदिवासी जनजाति युवा परिषद युएई नामाकरणले आम जनमानसमा कुनै अमुख संघ संस्थाको भातृ संगठन हो कि भन्ने भ्रम पर्न गै परिषद्लाई संगठन गर्न प्राविधिक कठिनाई पर्न गएको कारण परिषद्का शुभचिन्तक एवं सल्लाहकार हरुको सल्लाह सुझाव अनुरुप नेपाल आदिवासी जनजाति युवा परिषद युएईवाट युवा शव्द हटाई नेपाल आदिवासी जनजाति परिषद् नामाकरण गर्न र परिषद्का विधानमा केहि परिच्छेद एवं नियम उपनियम संसोधन गर्न विशेष महाधिवेशन बोलाइएको परिषद्का महासचिव पृथिछक बुढामगरले बताए ।
परिषदको विधमान सचिवालयमा शेर्पा समुदायको प्रतिनिधित्व हुने गरी शेर्पा समुदाय संगठन विभाग प्रमुख सोमु शेर्पा र सचिवालय सदस्यहरुमा क्रमस सोनाम दोर्जे लामा,सुशिला मगर,कुमार लामा,सुर्य लामा थप गरी २६ सदस्यीय सचिवालयको निर्माण गरिएको छ |
शुसी पुलामी, आबुधाबी

हङकङमा ३४ वर्षपछिकै सबैभन्दा शक्तिशाली टाइफून

हङकङ, २२ सेप्टेम्बर। साँझ करीव पौने सात बजेदेखि सुरु भएको ८ नं. को ताईफून (आँधीबेहरी)ले हङकङको जनजीवन अस्तव्यस्त बनाएको छ। एकैचोटी आँधीबेहरी र ठूलो वर्षाका कारण सर्वसाधारण सुरक्षित स्थानमा बसेका छन्। यसअघि, ठूलो आँधीबेहरी आउने संकेत पाएपछि सरकारले घर बाहिर वा कार्यस्थलमा रहेकाहरुलाई सुरक्षित गन्तव्यमा जान सूचित गरेको थियो। ताइफूनका कारण क्याथे प्यासिफिक, ड्रागनएयर र हङकङ एयरलाइन्सलगायतका थुप्रै अन्तर्राष्ट्रिय उडानहरु साँझ ६ बजेदेखि रद्द भएका छन्। त्यसैगरी, डिस्कोभरी बे र मुई वोबीच चल्ने फेरी सेवा र पिक टार्मलगायत अन्य सेवाहरु बन्द भएका छन्। मौसम विभागले हङकङमा जारी ताइफून ३४ वर्षपछिको सबैभन्दा शक्तिशाली हुने अनुमान गरेको छ। source : एचकेनेपाल डट कम

तामांग समाज युएईको अधिबेशन अक्टूबर ४ मा हुने ।






तामांग समाज युएईले आगामी  अक्टूबर  मा  आफ्नो अधिबेशन गर्ने निर्णय गरेको   आफ्नो  बर्षे कार्य कालको समाप्ति संगैसमाजको ९ अगष्ट ज़बील पार्क मा बसेको बैठकले चौंथो अधिबेशन गर्ने निर्णय गरेको थियो र यसको जिम्मा संस्थाका कार्यकारी अध्यक्ष महेश मोक्तानलाई दिएको थियो। सन २००५ मा स्थापना भई युएईमा कार्यरत तामांगहरूलाई एकजुट गर्दै संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सम्म तीनवटा अधिबेशन सम्पन्न गरिसकेको समाजको बर्तमान अध्यक्षमा राम मोक्तान रहनु भएको छ ।अहिले सम्म संस्थाले युएईको सातै वटा शहरमा आफ्नो शाखा विस्तार गरिसकेको अवस्था छ भने तामांग हरुको बाक्लो उपस्थिति रहेको क्षेत्रमा  इकाई कार्य समिति हरु पनि गठन गरेर सम्भवत युएईमा नै सबै भन्दा ठुलो संजाल भएको समाजको रुपमा  उभ्याउन सफल भएको छ ।हाल सम्म संस्था को केन्द्रिय कार्य समिति सहित ११ वटा शाखा बिस्तार भै सकेको छ । जसमा सात वटा छेत्रीय समिति सहित तामांगहरुको बाक्लो उपस्थिति रहेको क्षेत्र दुबईको सोनापुर,अलकुज र आबुधाबीको अल ऐन मा इकाई समिति रहेको छ ।
विभिन्न समयमा समाजले युएईमा रहेको तामांगहरुलाई एकिकृत गर्दै समयानुसार  आवश्यक कार्यक्रमहरु गर्दै आएको जसमा ल्होछार पर्ब, बुद्ध जयन्ति जस्ता तामांग संस्कृति पर्ब हरु संगै संस्थाको सदस्य हरु को सिप विकास गर्न को लागि भाषा तथा कम्प्युटर सम्बन्धि  माइक्रोसफ्ट अफिस  तालिम अनि क्यारियर ग्रोथको लागि CGC(Carieer Guidance & Counselling) जस्ता कार्यक्रम हरु गर्दै आयको छ । साथै गत बर्ष देखि नेपालमा तामांगहरुको बाक्लो जन संख्या रहेको जिल्लाको   स्कुलहरु मा  आर्थिक सहयोगको रुपमा नगद रु एक लाख (१,००,०००/-) प्रदान गर्दै आएको छ र यो वर्ष पनि निरन्तरता  दिने कार्यक्रम छ ।
कार्यकारी अध्यक्ष महेश मोक्तानले दिनु भएको जान कारी अनुसार अधिबेशनको सम्पूर्ण कार्यहरु तिब्र रुपमा  अगाडी बढी रहेको छ ।अधिबेशनको घोषणा सभा आगामी १४ अक्टूबरमा बखरी ईद बिदाको अवशर पारि एक समारोह आयोजना गरि सांस्कृतिक कार्यक्रम सहित गरिने छ ।

दुर्घटनामा दुई जनाको मृत्यु, १६ जना घाइते

दुर्घटनामा दुई जनाको मृत्यु, १६ जना घाइते ।।

                                 रसुवाको गत्लाङबाट धादिङ जान तिर्थयात्री चढेको गाडी गएराति दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दुर्घटनामा गत्लाङ–५ का ५५ वर्षीया रिम्जेन छोमो तामाङ र ६५ वर्षीया नाग्त्री तामाङको मृत्यु भएको हो । घाइते भएका १६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धुन्चे पठाइएको प्रहरी चौकी थाम्बुचेतका प्रहरी नायव निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घाइते भएका मध्ये सात जनाको अबस्था गम्भीर रहेको छ । घाइते भएका गाडी मालिक तथा चालक दावा गोम्बु तामाङको अबस्था समेत गम्भीर रहेको छ । घाइते हुनेमा अधिकांश बृद्ध र महिलाहरु रहेका छन् । गत्लाङ–५ बाट धादिङको सेरतुङको सिङ्लामा लाग्ने मेलामा सहभागि हुन जान लागेको गाडी गत्लाङको इग्रे भिर भन्ने स्थानमा दुर्घटना भएको हो । बा.२ ख २९५६ नम्बरको गाडी कच्चि सडकमा उक्लन नसकेपछि पछाडी हटेर अगाडी बढ्ने क्रममा पछाडी बग्दै दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कतारमा ४ नेपालीको मृत्यु,१३ जना चेपिए

कतारमा ४ नेपालीको मृत्यु,१३ जना चेपिए
हरी प्रसाद कोइराला ।
        दोहा, २९ भदौ । कतारको लुसेल शहरमा रहेको एक्सप्रेस अवेमा बन्दै गरेको पुलको सरिया झरेर ४ जना नेपालीको मृत्यु भएको छ भने । अन्य १३ जना चेपिएका छन् ।
अहिले सरियालाई क्रेनले उठाउन नसकेपछि स्थिति थप गम्भिर बनेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन् ।बिस्तुत समचार आउन बाँकी....