अबुधाबीमा तामाङको दोस्रो वार्षिक भेला हुने


अवुधावी । तामाङ समाज युएई अबुधाबी क्षेत्रिय कार्यसमितिको दोस्रो वार्षिक भेला मुसाफाहमा हुने भएको छ । भेला आगामी नोभेम्बर ८ तारिखमा गल्फ गार्डेन रेस्टुरेन्ट मुसाफाहमा हुने समाजले जनाएको छ । प्रवासमा रहेका तामाङहरुलाई एउटै सामजिक साझा सन्जाल भित्र समेट्ने र तामाङ जातिको मौलिक सांस्कृति, भाषा, साहित्य एवम जातीय सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने प्रमुख उद्देश्यले गठन गरिएको भनिएको तामांग समाज युएइको सबै क्षेत्रमा फैलिएको एक मात्र जातीय संस्था भएको समाजको दाबी रहेको छ ।

रोजगारीका शिलशिलामा युएई, अबुधाबीस्थित बिभिन्न क्षेत्रमा रहनु भएको सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरु बोलाइएको दोस्रो वार्षिक भेलामा संस्थाको उदेश्य एवम लक्ष्यलाई मूर्तरुप दिनाको लागि सदस्यता बिस्तार तथा तामाङ समाज युएई, अबुधाबी क्षेत्रिय कार्यसमितिले अगाडी बढाएको एसएमएस खुत्रुके सेवा लाई प्रभावकारी बनाउने समाजयोजना गर्न लागिएको केन्दीय समितिका उपाध्यक्ष कमल लामाले बताए ।

तामाङ समाज युएई, अबुधाबी क्षेत्रिय कार्यसमितिको पहलमा थालिएको नेपालमा तामांग बाहुल्यता रहेको स्कुललाई आर्थिक सहयोग कार्यक्रम सपोर्ट माइ स्कुललाई प्रचारप्रसार तथा तामाङ समाज केन्दीय योजनालाई अबुधाबी क्षेत्रमा जानकारी गराउन दोस्रो वार्षिक भेलामा गरिएको आयोजकले जानकारी गराए ।