कोसीमा पानीको बहाव बढ्यो (फोटो फिचर)



राजविराज, असार १० - यसवर्ष कोसी नदीमा पानीको बहाव समयअगाडि नै बढेको छ । खासगरी जुलाई १५ पछि कोसीमा बाढी आउने समय हो । तर, तीन साताअघि नै यसवर्ष कोसीमा पानीको बहाव बढेको छ ।


कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार सोमबार साँझ ४ बजे गरिएको मापन अनुसार प्रति सकेन्ड एक लाख २५ हजार क्यूसेक पानीको बहाव थियो । यो बहाव यसवर्षकै उच्च रहेको नियन्त्रण कक्षका इन्चार्ज सुखनन्दन प्रसाद सिंहले बताए ।


समयअघि मनसुन सक्रिय हुनु र पहाडी जिल्लामा भएको वर्षाले कोसीमा पानीको बहाव बढेको ब्यारेज नियन्त्रण कक्षको भनाई छ ।


उता कोसीमा पानीको बहाव बढेसँगै कोसीको पूर्वी र पश्चिमी तटबन्धको दर्जन बढी स्परमा पानीको दवाब बढेको छ ।