skip to main |
skip to sidebar
नेपाल–चीन सीमामा रहेको ऐतिहासिक रसुवागढी भत्कियो {रसुवा खबर}
रसुवागढी भत्कियो रसुवा,,,,,,,ऐतिहासिक रसुवागढी मर्मत सम्भार अभावमा भत्किएको छ । समयमा सरोकारवाला निकायले मर्मतमा ध्यान नदिँदा भत्केको हो । नेपाल-चीन सीमामा रहेको टिमुरे १ स्थित रसुवागढी भन्सार कार्यालय पछाडि तीन मिटर भत्केको हो ।तलमाथि दुई वटा प्वाल रहेको उक्त गढी शत्रुले पारिबाट गोली हान्दा छेक्ने गरी बनाएको थियो । वारिबाट शत्रुलाई लाग्ने तर शत्रुले गोली हान्दा नलाग्ने गरी चार वटा गढी ४७ वटा प्वालसहित बनाइएको छ ।विसं १९१२ मा तत्कालीन अवस्थामा रणबहादुर शाहको नायबीमा बहादुर शाहको शासन कालमा नेपाल-तिब्बत युद्ध समयमा गढी निर्माण गरिएको थियो । गढी भत्किएपछि पनि स्थानीय प्रशासन र पुरातत्त्व विभागले समयमा मर्मत नगर्ने हो भने भत्कँदै जाने स्थानीय निमा छिरिङ तामाङले बताए।