दिपावली २०७० को शुखद उपलक्ष्यमा सम्पुर्ण जातजाति,भाषा,धर्म र साँस्कृतिका समस्त मित्रहरु एवं समस्त नेपालीहरुमा शुख,शान्ती एवं संवृदीका साथै जातिय,भाषिक र साँस्कृतिक सहिस्णुताको शद्भाव कायम रहोस् भनि हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु | साथै "तिहार्" पर्व वली राजा सँग सम्वन्धित भएको र तिहारपर्वमा आज पर्यन्त पनि सर्वत्र देउसी भैलो खेल्ने चलन रही आएकोछ,सो देउसी भैलो खेल्दा भट्ट्याउनेले "वलिराजाको हुकुम हुँदा आएको हामी ......"जस्ता शब्दोच्चारोण गरिदै आएवाट तिहारपर्व ईतिहासको एउटा निस्चित कालखण्डमा बलिराजालेनै चलाएका थिए भन्ने प्रमाण झल्कन्छ | भैलो देउसरी जस्ता शब्दको नेपाली भाषा र सस्किर्त भाषामा कुनै खास अर्थनै छैन | यि ऐतिहासिक शब्द मगर भाषामा शब्द उच्चारण भएको भनेर बिभिन्न मगर भाषा विद्द्वान हरुले भैलो र देउसरी फ ए लो बाट भैलो र घे उ स रि बाट देउसरी अपभ्रम्स भएर आएको हो भनेर भन्दछन् | यसको मगर भाषामा अर्थ हुन्छ फ ए लो को अर्थ हो लाई बचाय यौ,घे उ स रि को अर्थ ]ठुलो धर्मात्माको राजालाई बचायौ अर्थात् "ठुलो धर्मात्मा वली राजालाई बचायौ" |
लुम्बिनी अञ्चल पाल्पा जिल्ला, बल्ढेङगढी गा.वि.स. वडा नं. ५ मा बल्ढेङगढी पर्दछ । त्यहीं ऐतिहासिक सामरिक किल्लाको उपस्थितिको कारण नै त्यस गाउँका नामकरण गरिएको हो । महाभारत श्रृङखलाको दक्षिणी भागमा पर्ने उक्त गढी पहिले पहाड मधेश गर्ने बाटोमा पर्ने हुँदा चौकी पनि बसेको थियो । मध्यकालमा यस गढीको ऐतिहासिक र सामरिक महत्व रहेको थियो बल्ढेङगढीमा पहिले मगर उमराउ बस्दथे र यसको निर्माण बलिहाङ राजाले गरेका थिए । ती बलिहाङ राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, द्यौंसी र भैलो खेल खेली यमराजसँग आफ्ना राजाको आयू बढाइदिन प्रर्थाना गरे । फलस्वरुप राजा बलिहाङ आकाल मृत्युबाट बचेका थिए । पछि त्यो साँस्कृतिक परम्पराको रुपमा विकसित भएर दर्शैंपछि तिहारमा द्यौंसी र भैलो खेल्ने मगराँतको परम्परा विकसित भएको लोक इतिहास पाइएको छ ।
इतिहासविद् एम एस् थापा मगर अनुसार लिक्षिबी कालिन समयमा बोल्ने बैसाली भाषा र हालको मगर भाषा हरुमा धेरै मेल खान्छ | ईतिहासका मर्मोद्घाटन स्पस्ट वक्ताको रुपमा ख्याती प्राप्त प्रो.डा.राजाराम सुवेदी समेतले [प्रज्ञा ६५ /१-१३] ले आफ्नो पुस्तकमा १२ मगरातको केन्द्र पाल्पाको बल्डेङ्गडी थियो जसका संस्थापक वलिहांङ् [राजा]थिए भँने त्यो राज्यको अन्तिम राजा रनविर रानामगर थिए भन्ने ईतिहासको मर्ममा लुकेको दुर्लव ऐतिहासिक तथ्यहरु रहस्योद्घाटन गर्नु भएकोले पनि वालिहांग राजा रानामगर थिए |राई,लिम्बु,मगर लगाएतका अधिकाम्स नेपालका आदिवासी जनजातीको भाषिक भिन्नत रहेपनी राजालाई [हांङ्] भन्ने गर्छन् भने खस भाषामा राजालाई राजा र संस्कृतभाषामा राजालाई राजन भनिने तथ्यवाट पनि दिपावली "तिहार्" पर्व नेपालका आदिवासी जनजाती हरुको चाडपर्व थियो भन्ने प्रमाणित हुन्छ | काग्,कुकुर र गाईतिहार बलिहांङ् राजासँग र भाईटिका सँग कुनै सरोकार नराख्ने हुँदा तत्काल ब्राम्हण शासकहरुले यो जनजातीको "तिहार्" चाडमा घोलिदिएको हो भन्ने नकार्न सकिन्न | हिन्दू धर्मका देविदेवता राम्,कृष्ण,दुर्गा,काली जस्ता अधिकांस देवी देवतालाई हेर्दा हिंसाबाट श्रीजित भएकोले र "तिहार"कुनै वली दिनेगरी काटमार नहुने हुँदा यो चाड गैर हिन्दुहरुको हो भन्ने सवालमा दुईमत छैन | तथापी विगतमा बाम्हणवादी शासकहरुले हिन्दू धर्मको चाडपर्व भनेर आम जनसमुदायमा भ्रम श्रीजना गरेको देखिन्छ | स्मरण रहोस् ईतिहास विद् एमएस थापामगरको प्राचिन मगरहरु र अख्खारीका पुस्तक अनुसार नेपालमा हिन्दू धर्मको विकास १२औं सताव्दिमा शंकरचार्य नेपालमा प्रवेस भए पछि मात्रै भएको थियो |स्वंयम भारतका प्रसिद्द ईतिहासकार प्रो.भण्डारले दोर्सो सताव्दी देखि चौथो सताव्दीको अन्त्य सम्म बाम्हणको धर्मलाई दर्साउने कुनै पनि भवन् वा वस्तुकला देखा परेको छैन | हात्तीको जस्तो सुड भएको गणेस देउता ईस्वी सन् सातौ सताव्दी भन्दा अगाडी थिएन | प्राचिन वैदिक धर्म धर्ममा र बाम्हण धर्म हिन्दू धर्ममा परिणत पाचौं सताव्दिमा भएको हो भनेर प्रस्ट भन्नु भएको छ | जवकी बलिहांङ् [राजा]को तिहार सम्वन्धी किंवदन्ती सताव्दिऔ पुरानो देखिन्छ | हरि घर्ति मगर {अध्यक्ष आदिवासी जनजाति परिषद युएई}


