शेर्पा जातिको बिबाह संस्कार

शेर्पा जातिको बिबाह संस्कार


शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा ( सानीआमा ) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।
त्यस्तै विविध “रु” अथवा “थर” हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै “लामा र च्यावा” हुनेको अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदी प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।
गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता “रु” र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।
शेर्पा जातिको विवाहमा पुयाउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई “ठिज्यङ” भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई “लोङज्यङ” भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई “पेज्यङ” भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट बिबाहको मिति तोकिएपछि बिबाहको तयारी सुरु गरिन्छ । बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ ।
बिबाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यको जानकारी सहित आफुनो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई बिबाहको कार्यव्रmममा सरीक हुन निमन्त्रणा “देन्ज्यङ” पठाउने काम हुन्छ ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म “सिपखोलु” को पुजा गरिन्छ । सिपाखोलु लाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको “दत्तर” र हातमा “फुम्बा” (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई “सुजर्यङ” भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई “क्याल्मी” भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ ।

जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु “लामा” बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ ।

जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यव्रmम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई “सील्ज्याङ” भनिन्छ । यस पछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ ।
यस पछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आप्mनो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई “मोला” भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ ।
यस पछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई “याङजी” गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै “एहोक एहोक.” भन्दै नाच्न थाल्छन, यस नाँचलाई “सिली नाँच” भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ ।
यसरी बिबाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई “टशिसोलुप” भनिन्छ । बिबाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई “कर्म लोउ” भनिन्छ ।















गीत






गीत


हावा चल्यो सिरी सिरी मायालुको गाउमा.......


.नौननी दिलै बस्यो ....कान्छीको रातो गालैमा

लौननी ज्यानै फस्यो ...कान्छीको मिठो बोलीमा l

-music ........music....music

मृग नयनी आखा तिम्रो,कोइली जस्तो मधुर बोलि l (२)

संसारैमा तिमि जस्ती राम्री देखिन मैले आरु कोहि l

हो हो...भुतुकै पार्यो ज्यानै लुट्यो l ( २)

बैसालु तिम्रो चलैले ....नसालु तिम्रो हेरैले l (२)

हावा चल्यो सिरी सिरी मायालुको गाउमा........

नौननी दिलै बस्यो ....कान्छीको रातो गालैमा

music ....music ....music .....

पहाडकी सानी हे कान्छी नानी,

तिमिनै मेरो हौ जिन्दगानी l

हो......पहाडकी सानी हे कान्छी नानी,

तिमिनै मेरो हौ जिन्दगानी....

सिंह देवीलाई साची राखी बनाउछु

मा तिमीलाई मेरो दिलकी रानी l

हो...भुतुकै पार्यो ज्यानै लुट्यो ,

लजालु तिम्रो मुस्कानले .......मस्किने तिम्रो बानीले,


हो.......लजालु तिम्रो मुस्कानले हे हे हे .. मस्किने तिम्रो बानीले l


नाम-अबिसेक लामा


हाल : अस्ट्रेलिया


इमेल : abis_lama@yahoo.com




The Promise

H.E. Tsem Tulku Rinpoche
We have some really wonderful exciting news to share! Seng Piow (Rinpoche's personal assistant) has been in contact with the owner of a very prestigious newly-built hotel in Malacca which is two hours drive from KL, Malaysia's capital city.

The 720-room Hatten Hotel will be officially opened soon with ministers to officiate the ceremony. The hotel's owner has agreed to place R

inpoche's books in each of the 720 rooms to represent the Buddhist text!

Rinpoche's much-awaited, revised book 
The Promise has been a great seller and a huge hit. 250 English and 250 Chinese copies (totalling to 500 books!) will be placed in the special suites and bigger rooms.

The remaining rooms will have copies of "Peace", "Be Greedy", "Why I Make Myself Unhappy", "If Not Now, When?", "108 Ways to Grab My Apples", and "Vajrayogini and Other Sacred Power Places in Nepal" will be placed in every single room...as we type, 3000 books are being delivered to the hotel!

ह्योल्मोको भेष भूषा

Kunsang Chyaba Hyolmo
के लाग्छ तपाईहरुलाई ? उहाँहरू ह्योल्मो होईन्न् ? जे ह्योल्मोमा जन्मे, आफ्नो पुर्खौलीदेखि बाउ बाजेबाट अहिले सम्म पुर्खौलीले लगाएको लुगा लगाएर ह्योल्मो बस्ने चाहि ह्योल्मो नहुने अनि ह्योल्मोमा कहिँ नभएको भेष भुषालाई ह्योल्मो भेष भूषा हो भनेर देखाउने चहि ह्योल्मो भेष भूषा रे।। कस्तो अा़चम्म !!!!यदि ह्योल्मोमा नपुगेको कोहि छन् भने यो हाम्ो ह्योल्मोमा उहिलेदेखि लगाई रहेको भेष भूषा हो! थूझिछे !!!
                          Hyolmo people of Hyolmo on the way to Gosainkunda...

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका



प्रेमप्रसाद पौडेल






हिजोसम्म दुर्गम, अशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छ, त्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।




चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड, २७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई हात पार्दै रसुवागढी, मध्ये भोटेकोशी, साञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन तथा विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।




क्यान्जेन गुम्वा पर्यटकीय स्थल

रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्‍याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् । कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगत, सामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।




रसुवागढी नाका, जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्‍याउन सक्छन् वा सम्भावना देखिएको छ, त्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्र, पर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्, जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।




यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्, यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्‍याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्‍याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्ड, लाङटाङसम्मका बस्तीहरू चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्‍याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्‍याउँछ, वनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्‍याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् ।