अबुधाबीमा हुने साँकृतिक साँझ २०७० को तैयारी पुरा


शुसी पुलामी, अवुधावी – केरला सोसियल सेन्टर अबुधाविमा हुन लागेको शुभ दिपावली साँझ २०७० को तयारी पुरा भएको छ । आगामी १५ नोभेम्बर २०१३ मा आबुधाविमा हुन थालेको नेपाल आदिवासी जनजाति युवा परिषद युएईको विशेष महाधिवेशन, घोषणासभा एवं शुभदिपावली साँकृतिक साँझ २०७० हुन लागेको समितिका संयोजक मोहन कुमार तामांगले जानाकारी दिएका छन् ।

८ नोभेम्बर २०१३ मा परिषदको सचिवालय आबुधाबिमा अध्यक्ष हरिबहादुर घर्तिमगरको अध्यक्षतमा भएको बन्दसत्रले विशेष महाधिवेशनले गर्ने, परिषदको विधान संसोधन, आगामी २ वर्षे नीति तथा कार्यक्रम बनाउदै नयाँ नेतृत्व चयन गरी सकेको भएपनि उक्त कुराको घोषणा १५ नोबेम्बर २०१३ मा विशेष महाधिवेशन, घोषणासभा स्थल केरेला सोसियल सेन्टर आबुधावी युएईमा मात्र हुने जानकारी प्रवक्ता सोनाम दोर्जे लामाले बताए ।


साथै उक्त विशेष महाधिवेशनमा हुने शुभ दिपावली साँकृतिक साँझको तयारी युद्द स्तरमा भै रहेको र उक्त साँकृतिक कार्यक्रममा उपस्थित दर्शक हरुलाई विगतका सांकृतिक कार्यक्रम भन्दा मिठो र भरपुर आनन्दको अनुभव दिईने परिषदका साँकृतिक विभाग प्रमुख एवं कलाकार सुमन सिङ्गदेन र सांकृतिक कार्यक्रम संयोजक चुमन काउछाले बताए ।

नयाँ प्रतिभावान महिला कलाकार निशा घले, जोया लामा, माइली स्याङ्बो, नानु मैया सुनार, उषा तामांग, गीता ठकुरी, प्रतिक्षा सर्मा, भानु लोचन, सुशिला मगर, बिमला तामांग, अनुपमा राई रहेका छन् भने नेपालका चर्चित एवं सफल डान्स मास्टर सन्तोष तामांगको प्रश्तुति सहित गायक चुमान काउछा, सुदन सिङ्गदेन र डान्सर विकल्प राईको प्रश्तुति हेर्न पाइने डान्स प्रशिक्षण दिइरहेका सन्तोस तामांगले वताए ।