रसुवा खबर एमालेको पार्टी परिचालन अभियान



धुन्चे, रसुवा

नेकपा एमाले रसुवाले संबिधान सभा निर्वाचनका लागि पार्टी परिचालन तथा जन अभियान कार्यक्रम सुरु गरेको छ ।

जिल्ला कमिटीको आयोजनामा भएको बिस्तारित भेलामा एक महिने कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष छोवाङतेन्जिङ तामाङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । जेठ १५ देखि असार ८ गते सम्पन्न हुने गरी जिल्लाका सवै गाविसमा सञ्चालन हुने अभियानको बिस्तारित भेलाले पारित गरेको तामाङले बताए । निर्वाचनको तयारीमा पार्टी लागेकोले मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका सवै नागरिकलाई नाम दर्ताका लागि आब्हान गर्ने , जिल्ला अबिधेशन भदौ अन्तमा गर्ने र बिभिन्न किसिमका बाध्यताले जवरजस्ती अन्य पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई घर फर्क अभियान अन्तर्गत आफ्नो पार्टी प्रवेष गराउने पनि तामाङले बताए ।

पत्रकार सम्मेलनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बाग्मती अञ्चल संयोजक पशुपति चौलागाईले मंसिरको पहिलो साता भित्र संबिधान सभाको निर्वाचन हुनु पर्ने बताए । राष्ट्रिय एकता र संबिधान निर्माणका लागि एमालेले प्रयत्न गर्ने बताउदै प्रचण्ड आफैले चुनाव भाड्न खोजेको आरोप लगाउँदै त्यसको एमालेले प्रतिकार गर्ने बताए । अभियानमा गाउँ गाउँमा पुगेर पार्टी कार्यकर्ता भेट, सदस्यता वितरण तथा नविकरण, जनवर्गिय संगठन परिचालन, कमिटीहरू चलायमान गर्ने तथा बाँकी कमिटीको अबिधेशन गर्ने कार्यक्रम रहेको बताएको छ । अभियानका लागि एमाले केन्द्रीय स्कुल बिभाग सचिव ईश्वरी रिजाल तथा र राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य अशोक घिमिरेलाई पार्टीले तोकेको बताइएको छ ।

रसुवा खबर



रसुवा,जेष्ठ ५




मिति २०७०÷२÷४ र ५ गते लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष श्री पासाङ थोक्राको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकार बाट आ.व. ०६९÷०७० को लागि प्राप्त भएको रु.४०,०००००।– (चालिस लाख रुपैया मात्र) बजेटको परिधि भित्र रही कार्यक्रम तथा बजेट बारे छलफल भयो । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका २१ वटा उपभोतmा समितिका अध्यक्षहरु जिल्ला विकास समिति नुवाकोटका प्रतिनिधि तथा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलयका प्रमुख संरक्षण अधिकृत तथा सदस्य सचिवको उपस्थितिमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन योजनाको अधिनमा रही कार्यक्रम तथा बजेट तयार गरी विभाग पठाइएको र सोही कार्यक्रमहरु कार्यान्यनका लागि समितिको बैठक आयोजना गरिएको हो ।

यस बर्षमा सञ्चालन हुन कार्यक्रमहरु मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली तथा निर्देशिका अनुसार संरक्षण, सामुदायिक विकास, आयआर्जन र संरक्षण शिक्षा जस्ता शिर्षक अन्तरर्गत रहेका छन् ।

बैठकको निर्णय अनुसार रसुवा जिल्लाका ११ वटा उपभोतmा समितिहरुको रु.१४,९१०००।– नुवाकोटका ५ उपभोतmा समितिको लागि रु.६,६४,०००।– सिन्धुपाल्चोकका ५ उपभोतmा समितिको लागि रु.६,६५०००।– रकम छुट्याइ तथा मध्यवती व्यवस्थापन समिति र निकुञ्ज कार्यालयको व्यवस्थापन सहयोग अन्र्तगत कम्प्युटर, प्रिन्टर, खानेपानी, अवलोकन भ्रमण, व्यवस्थापन वैठक, अनुगमन मुल्यांकन लगायत क्षमता अभिबृदिमा रु.११,८०,०००।– गरी जम्मा रु. ४०,०००००।– बजेट विभाजन गरिएको छ ।
कार्यक्रम र बजेट यथासिघ्र सम्बन्धि उपभोतmा समितिको खाता मार्फत पठाई स्थानिय स्तरमा कार्यक्रम सञ्चालन तथा कार्यान्यन बारे उपभोतmा समितिको बैठकमा अन्य सरोकार वालाहरुको उपस्थितमा बैठक आयोजना पारदर्शि रुपमा अन्य निकायहरुको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने ।
प्रत्येक उपभोतmा समितिबाट सञ्चालित कार्याक्रमहरुको कार्य सम्पन प्रतिवेदन सम्बन्धि निकुञ्ज पोष्टको सिफारीस साथ पेश गर्ने तथा आवश्यकता अनुसार कार्यालयबाट प्राविधिक ओभर सियरलाई खटाउने । कार्य सम्पन्न प्रतिवेदन आगामी आषाढ १५ गते भित्र कार्यालयमा पठाईसक्ने ।
थोरै मात्रमा बजेट तथा कार्याक्रम प्राप्त भएता पनि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, उपभोतmा समिति तथा समुहको परिचालन गर्न प्रस्तुत बजेट उपयोगी हुने अपेक्षा गरिएको ।
लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको नियम अनुसार ५ वर्षे पदावधी अगामि आश्विनमा समाप्त हुने हुदा आगामि श्रावण महिना देखि मध्यवर्ती क्षेत्र भित्र पर्ने सवै गा.वि.स.का उपभोतmा समुहको आधारमा समुह गठन कार्य निकुञ्ज प्रशासनले अन्य स्थानिय प्रशासन तथा सुरक्षा निकायको समन्यमा अगाडि बढाउने ।